OSNepal आइतबार, मंसिर १९ २०७८

छरुवा खोलाले बगाएर एक वृद्धको मृत्यु

छरुवा खोलाले बगाएर एक वृद्धको मृत्यु

  • OSNepal
  • आइतबार, कार्तिक ७ २०७८


छरुवा खोलाले बगाएर एक वृद्धको मृत्यु
Reading Time: < 1 minute

धनकुटा, ७ कात्तिक-धनकुटाको चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा चौबीसे गाउँपालिका(५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्का रहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान खोला तर्ने क्रममा खड्कालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दिपककुमार रायले जानकारी दिए। छोरीको घर जाँदै गरेका खड्कालाई खोलाले बगाएर नजिक रहेको तमोर नदीमा पुर्‍याएको थियो। उनलाई स्थानीयबासीले उद्धार गर्दा मृत अवस्थामा फेला पारेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड