क्रिकेटमा बलिउड सेलिब्रेटीको चासो बढ्दो , रणबीर–दीपिकाले नयाँ आइपीएल टीम खरीद गर्दै — OSNepal

क्रिकेटमा बलिउड सेलिब्रेटीको चासो बढ्दो , रणबीर–दीपिकाले नयाँ आइपीएल टीम खरीद गर्दै

LC (KTM) October 24, 2021 0

बलिउडकर्मीको पेशा अब फिल्म उद्योग मात्र रहने । बलिउडका यस्ता सेलिब्रेटी जस्ले हरेक क्षेत्रमा लगानी गरेर आफ्नो साइड बिजनेस पनि चलाई नै रहेका छन् । सबैले आफुलाई मन परेको क्षेत्रमा लगानी गरिरहेका छन । यस्तै बलिउड र क्रिकेटको सम्बन्धलाई लिएर चर्चा गर्ने हो भने यी दुबै क्षेत्र एक अर्काको परिपुरक बनिरहेको देख्न सकिन्छ । बलिउडका नाम चलेका सेलिब्रेटीहरु शाहरुख खान, जुहि चावला, प्रिति जिन्टा, शिल्पा शेट्टी लगायतका सेलिब्रेटीहरुले आइपीएलको टिम चलाई रहेका छन् ।

अब यस रोलक्रममा बलिउडको चर्चित जोडी रणबीर सिंह र दीपिका पादुकोण पनि थपिने भएका छन् । यो जोडीले इन्डियन प्रिमियर लिग ९आईपीएल० को एउटा टिम किन्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । आईपीएलमा यसअघि ८ टोलीले प्रतिष्पर्धा गरिरहेको मा अब अर्काे सिजन देखी १० टिमबीच प्रतिष्पर्धा हुने भए संगै यसमा भारतका नाम चलेका ब्यवसायीहरु संगै दीपिका–रणवीरले पनि टीम खरीदका बिषयमा चासो देखाएका हुन् ।

दीपिका र रणवीरले थपिन लागेका नयाँ दुई टिममध्ये एउटा टिम किन्ने भारतीय सञ्चार माध्यम आजतले जनाएको छ । नयाँ दुई टोलीका लागि बोलकबोल भोली बाट सुरु हुँदैछ। आईपीएलमा शाहरूख खान र जुही चावलाको कोलकाता नाइट राइडर्स, नायिका प्रिति जिन्टाको पञ्जाव किङ्स, शिल्पा सेट्टीको राजस्थान रोयल्स लगायतका टीमहरुमा स्वामित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर