कलाकार विल्सन विक्रम राईले भेटे केपी ओली, खिचाए तस्विर — OSNepal

कलाकार विल्सन विक्रम राईले भेटे केपी ओली, खिचाए तस्विर

LC (KTM) October 24, 2021 0

झापा, ७ कात्तिक-एमाले अध्यक्ष केपी ओली तीन दिने झापामा भ्रमणमा छन् । आइतबार बिहान काठमाडौंबाट झापा आइपुगेका उनले पारिवारिक र छिमेकीसँग भेटघाट गरेका छन् ।

झापाको भद्रपुर–१ स्थित पृथ्वीनगरमा ९३ वर्षीय बुबा मोहन ओलीलाई भेट्न पुगेका उनले सो क्रममा भाइ, भाइबुहारीसहित छिमेकीसँग पनि भेटघाट गरेका छन् ।
परिवारका सदस्यसँग कुराकानीपछि पुराना नेता, ज्येष्ठ नागरिक, गाउँलेसँग भेटघाट गरेका उनलाई छिमेकी कर्णबहादुर कार्कीले सञ्चो बिसञ्चो सोधे । ओलीले पनि उनकाबारे जिज्ञासा राखे ।

छिमेकी मन्दिरा कोइरालाले ओली आउँदा भेट हने र आफूहरूको गुनासो सुन्ने गरेको बताइन् ।अर्की छिमेकी कुमारी लिम्बूले ओलीलाई मास्क खोल्न लगाइन् । लिम्बूले मास्क खोल्न भनेपछि ओलीले खोलेका थिए ।

त्यसपछि उनीसँग ओलीले फोटो पनि खिचे ।सोही क्रममा कलाकार विल्सन विक्रम राईले ओलीलाई भेट्न पृथ्वीनगर पुगेका थिए । उनले पनि ओलीसँग तस्बिर खिचे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर