छालामा एलर्जी भयो ? नआत्तिनुहोस् तपाइँको घरमै छन् ओखती — OSNepal

छालामा एलर्जी भयो ? नआत्तिनुहोस् तपाइँको घरमै छन् ओखती

LC (KTM) October 24, 2021 0

काठमाडौं । पछिल्लो दशक बढ्दो प्रदूषण र धुवाँधुलोका कारण मानिसको छालामा नकारात्मक असरहरू देखिन थालेको छ । प्रदूषणका कारण अनुहारमा डण्डीफोर तथा अनेक दाग आउने समस्या नै छालाको एलर्जी हो । छाला रातो या निलो हुनु, चिलाउनु तथा दाग देखिनु छालामा एलर्जीका लक्षण हुन् ।

कहिलेकाहीँ कीराको टोकाइबाट पनि यस्तो समस्या देखिनसक्छ । गलत औषधि, विभिन्न रसायनयुक्त साबुन, लोसनको प्रयोगबाट पनि छालामा एलर्जी हुनसक्छ । यस्ता एलर्जी कुनै केही दिनमै निको हुने खालका त कुनै महिनौंसम्म दुःख दिने खालका हुन्छन् । कतिपय एलर्जी एक ठाउँबाट सुरु भई शरीरभरि फैलने खालका हुन्छन् ।एलर्जी पूरै शरीरमा फैलिए घातक हुनसक्ने भएकाले तत्काल उपचार जरुरी छ । कतिपय एलर्जीको उपचार घरेलु सामग्रीको प्रयोगबाट पनि गर्न सकिन्छ । शरीरमा नकारात्मक असर नगर्ने त्यस्ता घरेलु ओखतीको प्रयोग गरी छालाको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

जैतुनको तेल– छालाको लागि भिटामिन ‘ई’ निकै उत्तम मानिन्छ । भिटामिन ‘ई’ को राम्रो स्रोत जैतुनको तेल पनि हो । यसले अनुहारलाई नरम राख्नुका साथै सुख्खा हुन दिँदैन । जैतुनको तेलमा थोरै मह मिसाएर लगाउँदा छाला चिलाउने समस्या कम हुँदै जान्छ । नियमित रूपमा यसको प्रयोग गरेर छाला चिलाउने समस्याबाट पूर्ण रूपमा मुक्त हुन सकिन्छ । यसैगरी जैतुनको तेलमा थोरै बेसार मिसाएर एलर्जी भएको ठाउँ वरिपरि लगाइयो भने पनि एलर्जीबाट छिट्टै राहत मिल्छ ।

बेकिङ्ग सोडा– एलर्जी भएको ठाउँ वरिपरि बेकिङ्ग सोडा लगाउँदा तत्काल छालाको रातोपन कम हुन्छ र चिलाउन पनि छोड्छ । बेकिङ्ग सोडामा थोरै पानी मिसाएर चिलाएको ठाउँ वरिपरि लगाउने, केहीबेर त्यसै छोड्ने र सफा पानीले धुने । एलर्जीको दोहोलो हुन्छ । बेकिङ्ग सोडालाई पानीको सट्टा नरिवलको तेलमा मिसाएर पनि लगाउँदा पनि राहत मिल्छ ।
ओट मिल– नास्तामा प्रयोग हुने ओट मिल छालाका लागि समेत निकै उपयोगी छ । थोरै ओट मिललाई पिस्ने, त्यसलाई तातो पानीमा मिसाएर लेदो बनाउने । उक्त लेदोले एलर्जी भएको ठाउँमा पखाल्ने । एलर्जीबाट छुट्कारा पाउन सकिन्छ ।

घिउकुमारी– घिउकुमारी छालासम्बन्धी समस्याका लागि रामवाण मानिन्छ । घिउकुमारीमा पाइने एन्टी फंगल तत्वले एलर्जीलाई पूर्ण रूपले नष्ट गर्छ । यसको लागि ताजा घिउकुमारी जेललाई एलर्जीको वरिपरि लगाउनुपर्छ । त्यसलाई २० मिनेट जति त्यत्तिकै रहन दिएर सफा पानीले धुनुपर्छ । यसो गर्दा छालासम्बन्धी एलर्जी मात्र नभई अन्य रोगबाट समेत मुक्त हुन सकिन्छ ।

बरफ– हातखुट्टा सुन्निएमा, पोलेमा, फुलेमा, चिलाएमा वा छालासम्बन्धी कुनै पनि समस्या भएमा चिकित्सकहरू वरफले सेक्न सुझाव दिन्छन् । सुन्निएको ठाउँमा वरफले सेकेको खण्डमा सुन्निएको भाग तुरुन्तै बस्न थाल्छ भने चिलाउन समेत कम हुन्छ ।
नीमको पात– छालासम्बन्धी समस्यामा नीमको प्रयोग लाभकारी मानिन्छ । नीममा एन्टी फगल, एन्टी एलर्जिक तथा एन्टी व्याक्टेरियल तत्व हुन्छ । नीममा पाइने यी तत्वकै कारण नीमलाई कुनै पनि रोगमा प्रयोग गर्न सकिन्छ ।

धनियाँ– धनियाँ एक प्रकारको आयुर्वे्दिक औषधि हो । छालाको रातोपन तथा सुन्निने समस्या कम गर्न धनियाँ निकै उपयोगी मानिन्छ । यो छालासम्बन्धी एलर्जीमा चामत्कारिक औषधी हो । पिसेको धनियाँलाई एलर्जी भएको ठाउँमा लगाएर त्यसलाई करिब २० मिनेटसम्म छोड्ने र त्यसपछि सफा पानीले राम्रोसँग सफा गर्ने । तीन चार दिनसम्म नियमित यो प्रक्रिया दोर्होयाए छालाको एलर्जी जरैदेखि निर्मूल हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर