केतनको 'परदेशी आयो'मा बिपिन कार्कीको गज्जब अभिनय, हेर्नुहोस् भिडिओ — OSNepal

केतनको ‘परदेशी आयो’मा बिपिन कार्कीको गज्जब अभिनय, हेर्नुहोस् भिडिओ

LC (KTM) October 24, 2021 0

काठमाडौं। गायक केतन क्षेत्रीको आवाजमा रहेको कर्णप्रिय गीत ‘परदेशी आयो’को भिडिओ रिलीज भएको छ । भिडिओमा अभिनेता बिपिन कार्कीले मनछुने अभिनय गरेका छन् ।

चाडवाड चलिरहेको समयमा रिलीज यस गीतमा अर्थोपार्जनको लागि मुलुक बाहिर गएका एक युवाको कथा दर्शिएको छ । ग्रामिण भेगको एक युवा जसकी श्रीमती, दुई लालाबाला सन्तान र बाबु आमा छन् । उनिहरु सबैलाई छोडेर परदेशीनुको पीडा यो गीत तथा भिडिओमा देखिन्छ ।

प्रकाश सापकोटाले रचना गरेको यस गीतमा सुवास भुषालको संगीत रहेको छ । देवेन्द्र नेपालले निर्देशन गरेको भिडिओमा बिपिनको साथमा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्मा लगाएतको अभिनय रहेको छ । दिपेश उपाध्याय र दिप्सन डंगोलले छायांकन गरेको भिडिओका सम्पादक बिकाश दाहाल हुन् । भिडिओः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर