रोनाल्डोलाई उछिन्दै मेसी बने सबैभन्दा बढी कमाउने खेलाडी



एजेन्सी । क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै बार्सिलोनाका लियोनल मेसी यो वर्षको सर्वाधिक कमाउने फुटबलर बन्न सफल भएका छन् ।

विश्व चर्चित पत्रिकाफोर्ब्सका अनुसार क्रिस्टियानो रोनाल्डोले सन् २०२० मा ११ करोड ७० लाख डलर कमाइ गर्दा बार्सिलोनाले १२ करोड ६० लाख डलर आम्दानी गरेका छन् ।

त्यस्तै ९ करोड ६० लाख डलर आम्दानी गर्दै तेस्रो स्थानमा नेयमार रहेका छन् भने चौथो स्थानमा पीएसजीकै अर्का खेलाडी केलियन एमबापे छन् ।

एमबाप्पेले ४ करोड २० लाख डलर कमाउन सफल भएका छन् । त्यस्तै ५ नम्बरमा मोहम्मद सलाह– ३ करोड ७० लाख डलर, ६ नम्बरमा पउल पोग्बा– ३ करोड ४० लाख डलर कमाउन सफल भएका छन् ।

Comment