PUBLISHED ON: September 1, 2018

झक्कड थापा भन्छन् नरेश पातलीभन्दा त म राम्राे गाउंछु, चर्चित संगीतकारहरु मेराे गीत गाईदिनुस् भनेर हैरान गर्छन् (भिडियो)

काठमाडौं । गायन प्रतियोगिता नेपाल आइडलको पहिलो सिजनमा भाग लिएका झक्कड़ थापाले त्यसमा अगाडी बढ्न

काठमाडौं । गायन प्रतियोगिता नेपाल आइडलको पहिलो सिजनमा भाग लिएका झक्कड़ थापाले त्यसमा अगाडी बढ्न त सकेनन्, तर सामजिक संजालमा भने प्रख्यात भए । नेपाल आइडल, सुर र गलाको परिक्षा हो, जहाँ झक्कड़ थापा असक्षम ठहरिए। तर, उनको निर्दोषीपाना र प्रस्तुतिकरणले सबैलाई आकर्षित गर्यो। कसैले मनोरंजनको लागि त कसैले त्यो निर्दोषीपना देखाउनको लागि भिडियो सेयर गर्दा गर्दै उनी भाइरल हुन पुगे ।

अहिले बाटोमा हिंड्दा मानिसहरुले चिन्ने र केहीले सहयोग समेत गरेको उनी बताउँछन्। झक्कड़ थापालाई अहिले पनि गीत गाउने र अभिनय गर्ने रहर छ, तर उनको बाध्यता भने अर्कै छ । झक्कड़ थापा भारतमा सामान्य काम गरेर पांच/छ हजार कमाउथे, अहिले भने उनी काम पाइने आशामा काठमाडौंमा आएका छन्। झक्कड़ थापाका बुवा पैसाको अभावमा उपचार गर्न नपाउँदा परलोक भए । झक्कड़को सानै उमेरमा विवाह भएको थियो ।

September 1, 2018
PUBLISHED ON: August 30, 2018

भोगलाग्यो भन्दै यति कमाउछन् देबिराम पराजुली ! (भिडियो सहित)

काठमाडौँ । बिगत लामो समयदेखि हास्य क्षेत्रमा क्रियाशील रहेका हास्य अभिनेता देबिराम पराजुली । उनलाई

काठमाडौँ । बिगत लामो समयदेखि हास्य क्षेत्रमा क्रियाशील रहेका हास्य अभिनेता देबिराम पराजुली । उनलाई जिरे खोर्सानी टेलीचलचित्र मार्फत आफ्नो छुटै पहिचान राख्न सफल भएका छन् । उनलाई जिरे खोर्सानी मार्फत “भोक लाग्यो” उपनामले पनि चिनिने गरिएको छ । पत्रमा भोक लाग्यो भएता पनि उनलाई वास्तविक जीवनमा भने त्यति भोक नलाग्ने पनि बताए ।

केहि समय अगाडी अमेरिकाको क्यालिफोर्नियामा स्टेज प्रोग्रामको लागि गएका र भर्खरै नेपाल आएका हुन् । स्वास्थ्यमा केहि समस्या भएका कारण भने उनले क्यारिकेचर गर्न सकेनन् । ओएस नेपालसंगको बिशेष कुराकानीमा उनले भने-” मैले केहि समयपछि फिल्म बनाउने सोच बने रहेको छु तर सोच विचार गरेर फिल्म निर्माण गर्छ ।” हेर्नुस् न्होक लाग्यो संग गरिएको रमाइलो कुराकानी:

August 30, 2018
PUBLISHED ON: August 30, 2018

ओठमा ओठ जुदाउदा यस्तो हुन्छ भन्छिन् नब गायिका अनुजा, हेर्नुस् भिडियो सहित

काठमाडौँ । पछिल्लो समयमा गायन क्षेत्रमा धेरै जना आइरहेका बेलामा अर्की एक लोकदोहोरी नब गायिका

काठमाडौँ । पछिल्लो समयमा गायन क्षेत्रमा धेरै जना आइरहेका बेलामा अर्की एक लोकदोहोरी नब गायिका अनुजा पुडासैनी पनि गीत संगीतको क्षेत्रम संघर्ष गरि रहेकी छिन् । रेग्मीका गीतहरु केहि बजारमा आइसकेका छन् भने कति गीत बजारमा आउँ बाकीनै रहेको छ । उनलाई पशुपति शर्मासंग गीत गाउने रसर पनि रहेको ओएस नेपालसंगको कुराकानीमा बताइन ।

रेग्मीले धेरै जना चलेका गायकहरुसंग काम गरि सकेकी छिन् । रेग्मीका धेरै सुमधुर भाकाहरु रहेका छन् । रेग्मीलाई धेरैले मायाको प्रस्ताप राखेको भताइन । उनको पढाई भने एस.एल.सी. पनि उतिर्ण नभएको बताएँ । रेग्मीलाई ओठमा ओठ मिलौदा के हुन्छ भन्दा उनले यस्तो जवाफ दिईन। हेर्नुस् यो भिडियो:

August 30, 2018
PUBLISHED ON: August 29, 2018

माग्ने बुडाले ल्याए कलाक्षेत्रमा आफ्नै बुडी, बुडिलाई कलाक्षेत्रमा ल्याउनुको यस्तो छ कारण (भिडियो)

काठमाडौँ । पछिल्लो सम्मा चर्चामा रहेको बिषय हो मनोज गजुरेल र मिना ढकालको डिभोर्सले ।

काठमाडौँ । पछिल्लो सम्मा चर्चामा रहेको बिषय हो मनोज गजुरेल र मिना ढकालको डिभोर्सले । आपसी समझदारी अनुसार गरिएको पारपाचुकेपछि मीनाले अंशबण्डावापत मनोज गजुरेलबाट ६५ लाख रुपैयाँ पाएकी छन् भने उनकी छोरीले ६० लाख रुपैंया प्राप्त गरेकी छन् । अहिले मीना आफ्नी छोरीसँग बस्छिन् भने मनोज छोरासँग छन् ।

त्यस्तै हुने दरले हो या अरु कारणले गर्दा केदार घिमिरे(माग्ने बुडा)ले आफ्नो श्रीमती सित देवी तिमल्सिनालाई कलाकारितामा ल्याएका छन् । सीतालाई माग्ने बुडीभन्दा खेरि म माग्ने बुडी होइन केदारको बुदिहो भनेर बताइन । बिगतका केहि समयदेखि उइ दुइ जोडी थिएटरमा सहकार्य गरि रहेको पनि बताए । बाकी कुरा भिडियोमा:

August 29, 2018
PUBLISHED ON: August 29, 2018

द भोइस अफ नेपालबाट बाहिरिएपछि यसरी आफ्नो दुखेसो पोख्दै आरिफ रौफ़, हेर्नुस् भिडियो सहित

काठमाडौं । नेपालमा रियालिटी शोहरुले बजारको बाढी आइरहेको बेलामा गायन सम्बन्धि अर्को ठूलो रियालिटी शो

काठमाडौं । नेपालमा रियालिटी शोहरुले बजारको बाढी आइरहेको बेलामा गायन सम्बन्धि अर्को ठूलो रियालिटी शो ‘ द भोइस अफ नेपाल’ नेपालमा भित्रि सकेको छ । नेपाल आइडलका होस्ट सुशील नेपाल, निर्देशक लक्ष्मण पौडेल लगायतको एउटा टिमले नेपाल आइडलको पहिलो सिजन पूरा गरेपछि दोस्रो सिजनबाट बाहिरिएको खबर फैलिएको थियो । द भोइस अफ नेपाल विश्व चर्चित रियालिटी शो द भोइसको फ़्रेञ्चाइज शो हुनेछ ।

द भोइस अफ नेपालको पहिलो अडिसनबाट बाहिरिएका आरिफ रौफ़ यतिबेला मिडिया सामु आएर आफ्नो दुखेसो पोखेका छन् । उनले आफ्नो आयनले सबैलाई लोभ्याउन सफल पनि बनेका थिए । उनि भन्छन्- ‘ आफुले पृथक दर्सक माझ दिने कोसिस गरेको र त्यसैले गर्दा केहि गलत भयो कि ।” बाकी यो भिडियो हेर्नुहोस्:

August 29, 2018
PUBLISHED ON: August 29, 2018

‘Bikini Airline’ announces flights from New Delhi [Watch Video]

OSNepal, Kathmandu, 29 August, Vietnam-based budget airline ViertJet, otherwise popularly known as ‘bikini airline’ is

OSNepal, Kathmandu, 29 August, Vietnam-based budget airline ViertJet, otherwise popularly known as ‘bikini airline’ is coming to India. The controversial airline has announced direct flights from New Delhi to Ho Chi Minh City. The airline will fly four times in every week and will begin operation sometime between July and August this year.

 

VietJet Air CEO Nguyen Thi Phuong Thao who shot to fame with draping women in nothing but skimpy bikinis. Thao then went on to become Vietnam’s first woman billionaire. The airline was in news only recently for parading lingerie models down the aircraft’s aisle that was flying the national football team. India will soon have Vietnam based low-cost “bikini airline” running in the country. VietJet Air is a Vietnam-based airline known for having air hostesses in bikinis and swimsuits.

According to report stated that VietJet currently travels in 60 routes, both domestically and internationally, and the company had witnessed a rise of 41.8 percent in its revenue from 2016 to 2017. Apart from the bikini-clad air hostesses, the airline also makes news for its sizzling annual calendar that features bikini models.

August 29, 2018
PUBLISHED ON: August 27, 2018

दीपाश्रीका बुवाले खोले भित्रि रहस्य, यस्तो रहेछ दिपको स्वभाव (भिडियो सहित)

काठमाडौँ । चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालले आफ्नो ४३ औं जन्मदिन मनाएकि छिन् ।

काठमाडौँ । चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालले आफ्नो ४३ औं जन्मदिन मनाएकि छिन् । चलचित्र क्षेत्रमा दीपाश्री निरौला रमाइलो र सकारात्मक सोंच भएकी व्यक्तिमा चिनिन्छिन् । छक्का पजा ३ रिलिजको काममाा व्यस्त रहेकी दीपा मात्र हैन उनको पारिवारक माहोल पनि निक्कै रमाईलो छ ।

चलचित्र क्षत्रेमा दीपाले लामो सममय देखि कलाकार दिपकराज गिरीसंग जोडी बाएर सहकार्य गरी रहेकी छिन् । कतिले उनीहरु प्रेममा रहेको बताउंने गर्छन् तर हालैमा दीपाको बुवाले दीपाक र दीपा मिल्ने साथी मात्र भएको भन्दै ज्वाईको खोजी गरी रहेको बताएका छन् । दीपाले रेडियो नेपालमा “रामविलास र धनिया” कार्यक्रम बाट दिपक राजा गिरिसँग मिलि काम गरेका थिए र अहिले पनि यो साथी निरन्तर चलिरहेको छ ।

August 27, 2018
PUBLISHED ON: August 22, 2018

आफ्नै जेठानीको खुकुरी प्रहारबाट घाइते भएकी गायिका सिता थापाकी छोरीले मिडिया सामु पोखिन यस्तो पिडा ! (भिडियो सहित)

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालकी संस्थापक कोषाध्यक्ष सिता थापा माथि खुकुरी

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालकी संस्थापक कोषाध्यक्ष सिता थापा माथि खुकुरी प्रहार थियो । आफ्नै घरमा उनकी जेठानीको खुकुरी प्रहारबाट घाइते थापाले बताए । अहिले घाइतेको अल्का अस्पतालमा उपचार भईरहेको छ । घरायसी झगडा भएको कारण गायीका स्वयम् ले खबर मिडियामा न आओस भन्ने आशय व्यक्त गरेका कारण उनलाई भेट्न गएका संचारकर्मीहरुले उनकै आग्रहमा समाचार लेखेनन् ।

अहिले भने जावलाखेल प्रहरी वृत्तमा उजुरी दर्ता भई कारवाही अगाडी बढेको कुरा समेत श्रोतले बतायो । यस बिषयमा प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीसँग जिज्ञासा राख्दा पिडित कलाकारलार्इ न्याय दिलाउन आफुहरु सकेसम्म लागि परेको बताउँछन् । सानो किचेनको निहुमा झगडा भएको र झगडाकै क्रममा खुकुरी हान्ने सम्मको स्थिति भएको थियो । यसरी घटनाको बिषयमा बोल्छिन सिता थापा:

August 22, 2018
PUBLISHED ON: August 22, 2018

विश्वकै गरिब पूर्वराष्ट्रपति, जसको यति छ सम्पति !

काठमाडौँ । उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिका राष्ट्रपति पद छाडिसकेपछि उनी सन् २०१५ यता उरुग्वेको सांसद

काठमाडौँ । उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिका राष्ट्रपति पद छाडिसकेपछि उनी सन् २०१५ यता उरुग्वेको सांसद रहँदै आएका थिए । तर आफ्नो कार्यकाल पुरा हुनु अघि नै उनले हालै सांसद पदबाट राजीनामा दिएका छन् । ८३ वर्षीय मुजिकाले लामो यात्राका कारण आफू थकित भएको जनाउँदै सांसद पदबाट राजीनामा दिएका हुन् ।

उनले राजीनामा पत्रमा आफ्नो दिमागले काम गरेसम्म एकता र विचारको युद्धबाट भने राजीनामा नदिने उल्लेख गरेका छन् । सादगीपूर्ण जीवन बिताउँदै आएका उनले राष्ट्रपति पदमा रहँदा सरकारी निवासमा बस्न अस्वीकार गरेका थिए । राष्ट्रपति रहँदादेखि नै उनी राजधानीको बाहिरी क्षेत्रमा रहेको एउटा फार्म हाउसमा बस्दै आएका छन् । सोही फार्म हाउसमा बसेर उब्जाएका कृषिउपजले उनको गुजारा चल्दै आएको छ ।

उनले राष्ट्रपतिकालमा आफ्नो अधिकांश पारिश्रमिक दान गरेका थिए । उनी पूर्वविद्रोही नेता हुन् । विद्रोहको आरोपमा उनलाई सन् १९७० मा गिरफ्तार गरिएको थियो । ९० को दशकमा उरुग्वेमा लोकतन्त्र स्थापनासँगै उनी रिहा भए ।

August 22, 2018
PUBLISHED ON: August 22, 2018

भोक नलाग्दा निम्त्याउछ यस्तो समस्या !

खाना खानु मन नलाग्नुलाई सामान्य नै मानिन्छ । तर, जहिले खान मन नलाग्नु या भोक

खाना खानु मन नलाग्नुलाई सामान्य नै मानिन्छ । तर, जहिले खान मन नलाग्नु या भोक नलाग्ने भएमा यो कुनै न कुनै समस्याको सङ्केत हो भनेर बुझ्नुपर्छ । अल्कास्थित काठमाडौँ डाइबिटिज एण्ड थाइराइड केयर सेन्टरकी डाइटिसियन एलिना गिरीका अनुसार अधिकांश समयमा पेट र कलेजोमा समस्या भएको छ भने भोक नलाग्ने, खानामा रुचि घट्ने हुन्छ । जब हामीलाई भोक लाग्छ र भोक लागेको बेला खान पाउँदैनौँ वा खान अल्छी मान्छौँ भने अब हामीलाई एसिडिटीले सताउन थाल्छ ।

भोक नलाग्दा उत्पन्न हुने समस्याहरु:
१) पेप्टिक अल्सर:- खाना नखाँदै भोक मेट्टिने, पेट डम्म हुने समस्याको अर्को कारण ‘पेप्टिक अल्सर’ पनि हुन सक्छ। पाचनप्रणाली सम्बन्धी अल्सरलाई ‘पेप्टिक अल्सर’ भनिन्छ। यस्तो हुँदा व्यक्तिलाई बस्न पनि अप्ठ्यारो हुन्छ र उठ्न पनि त्यसैगरी पेट घोचेजस्तो हुने, पेट फुलेर डम्म हुने, ढ्याउ आउने र पेट ढुस्स हुने अनि ढ्याउ गर्दा अमिलो पानी आउने जस्ता लक्षण देखा पर्छन् ।

२) ग्यास्ट्रोप्यारेसिस:- यो यस्तो अवस्था हो, जुनबेला हाम्रो पेटबाट खानेकुराहरू सही समयमा रित्तिएर सानो आन्द्रामा जान सक्दैन। हामीले खाएको खानेकुरा पचाउनको लागि विभिन्न चरणहरू पार गरेर जानुपर्ने हुन्छ। प्राम्भिक चरण हाम्रो पेटबाट सुरु हुन्छ र त्यसबाट खानाहरू रित्तिएर सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै मलद्वारबाट दिसाको रूपमा बाहिर निस्कन्छ। पेटबाट सानो आन्द्रामा खाना ट्रान्सफर गर्नको लागि ‘भेगस’ नामक स्नायुले पेटलाई खुम्च्याउँदछ । तर यदि यो ‘भेगस’ स्नायुमा कुनै कारणले क्षति पुग्यो भने पेटबाट सानो आन्द्रामा खाना पुग्न पाउँदैन र पेट डम्म भएको महसुस भैरहन्छ। साथै खाना पच्ने प्रक्रिया पनि सामान्यभन्दा ढिलो हुने हुन्छ।

३) कलेजोको रोग:- कलेजोसम्बन्धी जुनसुकै रोगलाई पनि ‘साइलेन्ट किलर’ भन्न सकिन्छ। किनभने कलेजोको रोग सजिलै निको हुँदैन तर यसले धेरै झन्झट दिने गर्छ। अत्याधिक मद्यपान गर्नाले अनि अधिक सिटामोल, फ्लेक्सन जस्ता पेनकिलरको सेवन गर्नाले कलेजोमा समस्या उत्पन्न हुन्छ ।

४) डिप्रेसन:- डिप्रेसन भनेको दिमागी रोग हो, जसले अन्य शारीरिक गतिविधिमा समेत प्रत्यक्ष प्रभाव पार्दछ। कसैलाई डिप्रेसनको कारण उसको हिँडाइको चाल, आनिबानीमा असर पुर्‍याउँछ भने कसैलाई भोक नलाग्ने, रिस उठ्ने, ग्यास्ट्रिक बढाउने गराउँदछ ।

August 22, 2018
PUBLISHED ON: August 19, 2018

अशोक दर्जीको घर पुग्दा यस्तो देखियो, हेर्नुस् भिडियो सहित

काठमाडौँ । केहि समयदेखि भाइरल बनिरहेका झापा उर्लाबारीका अशोक दर्जीको भोलि घर हस्तान्तर गर्ने कार्यक्रम

काठमाडौँ । केहि समयदेखि भाइरल बनिरहेका झापा उर्लाबारीका अशोक दर्जीको भोलि घर हस्तान्तर गर्ने कार्यक्रम रहेकोले यतिखेर अशोक दर्जी लगायतका टिम झापा पुगेको छन् । उनिसँग धेरै पत्रकारहरुको टोलीपनि झापा पुगेका छन् । अहिले अशोक दर्जीको घरको पुजाको लागि तयारी भैरहेको छ ।

घर निर्माणको सकिएपछि अहिले अशोक दर्जीलाई घर हस्तान्तरण गर्न लागिएको हो । अहिले अशोक दर्जी घर पुग्दा उनका परिवार निकै नै हर्सित भएका छन् । अशोक दर्जिमा पहिलेभन्दा केहि परिवर्तन आएकोले गर्दा उनका परिवारले अशोकलाई ठुलो अशोक दर्जी भनेर पनि बोले ।
हेर्नुस् यो रमाइलो कुराकानी:

August 19, 2018
PUBLISHED ON: August 19, 2018

बिश्वभर नेपाललाइ चिनाउदै यी रेसलर महिला, हेर्नुस् भिडियो सहित

काठमाडौँ । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन

काठमाडौँ । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका छन् । शनिबार एक कार्यक्रमको बीच फाउण्डेशनको रिवन काटेर पूर्व मन्त्री समेत रहेका बस्नेतले उद्घाटन गरेका हुन् । कलाकारिता र रेस्लिङ्ग खेललाई एकसाथ अघि बढाएकी नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का ‘यूनिका’ ले यो फाउण्डेसन सञ्चालनमा ल्याएकी हुन् । फाउण्डेशनले आगामी दिनमा रेस्लिङ्ग प्रति रुचि भएका हरेक नारीलाई खेलको व्यवस्था गरेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य तथा प्रमुख अतिथी बस्नेतले खेल क्षेत्रमा सम्भावना र चुनौती दुवै रहेको बताए । उनले खेल क्षेत्रले समेत राष्ट्र चिनाउने काम गरेको भन्दै यो फाउण्डेसनले राम्रो खेलाडी उत्पादन गर्न सफल रहोस् भनि शुभकामना दिए ।
उद्घाटन सँगै ९ खेलाडीबीचको रेस्लिङ्ग खेल देखाइएको थियो । भगवती खड्का, ड्रागम मुना र शोभा सुखरियाबीचको त्रिपक्षीय खेल निकै रोमाञ्चक रह्यो । ड्रागन मुनाले शोभा र यूनिकालाई हराएर जित हासिल गरिन् । यता उत्तम विष्ट र मनोज पार्करको बीच भएको रेस्लिङ्गमा भने उत्तम विजयी बने । अस्मिता जुरेली र अस्मिता राईको भिडन्त पनि निकै चुनौतीपूर्ण र रोचक रह्यो । मैदानमा भिड्दै गर्दा अस्मिताको गोडामा चोट लाग्न पुग्यो । यी दुईबीचको खेलमा भने अस्मिता जुरेलीले अस्मिता राईलाई हराइन् । यता अन्तिम खेल अन्तर्गत बबी पीटर कुमाल र सन्जित खम्बाबीको प्रतिस्पर्धालाई पनि कम आंकलन गर्न मिल्दैन । सन्जितलाई हराउदै बबीले खेलमा जित हासिल गरे ।

यि सबै खेलमा रेफ्रीको भूमिका गुणराज रुचालले निभाएका थिए । फाण्डेसनलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुरयाउनेव्यक्तित्वहरुलाई सम्मानपत्र र मायाको चिनोबाट सम्मानित गरिएको थियो । कार्यक्रममा कलाकार कमला रेग्मी, द्धन्द निर्देशक योगेन्द्र श्रेष्ठ, समाजसेवी शिव श्रेष्ठ लगायतका व्यक्तित्वको उपस्थिती रहेको थियो ।

August 19, 2018
PUBLISHED ON: August 19, 2018

स्वर भएका तर धन नभएका सपन श्रेष्ठले गाएको गीत भाइरल बन्दै ! (भिडियो सहित)

काठमाडौँ । देश तथा बिदेशका नेपालीहरुले निकै चासोका साथ सपन श्रेष्ठको गायन कलालाई उत्कृष्ट मुल्यांकन

काठमाडौँ । देश तथा बिदेशका नेपालीहरुले निकै चासोका साथ सपन श्रेष्ठको गायन कलालाई उत्कृष्ट मुल्यांकन गर्दै भबिस्यमा एक स्थापित गायक बन्न सक्ने संज्ञा दिएका छन् । उनले एक अन्तरबार्ता हेरेपछी चर्चित गायक कमल खत्रीले पनि सहयोगी हात अघि बढाएका खबरपनि बाहिरिएको छ ।

कमलले सपनको लागि मेहनत गरेर पहिलो गीत रेकर्ड गराउने प्रतिबध्ता जानेका छन् । सुनसरि रामधुनी ७ का सपनले अब रेकर्ड हुने पहिलो गीतको लागि शब्द र कम्पोज बिना पारिश्रमिक कमलले गर्दिने भएका छन भने रेकर्डिङ स्टुडियोमा पनि केहि छुट गराउने प्रतिबद्धता जनाएका छन् ।

August 19, 2018
PUBLISHED ON: August 19, 2018

दलित भएकै कारण मलाई श्रीमानले छोडे भन्दै रोइन रबिन बादी, हेर्नुस् भिडियो सहित

काठमाडौँ । करिब डेढ वर्ष पहिले बर्दिया बाँसगढी १ बेलवा बेतिनीका श्यामलाल ओलीसंग रबिन बादीले

काठमाडौँ । करिब डेढ वर्ष पहिले बर्दिया बाँसगढी १ बेलवा बेतिनीका श्यामलाल ओलीसंग रबिन बादीले विवाह गरेकी थिइन् र पछि उनि दलित भएकै कारण परिवारले घृणा गर्न थालेपछि श्रीमानले छाडेका छन् । अहिले उनि न्याय खोज्दै काठमाडौँ आएकी छिन् ।

केहि समय मायामा परेको र उनिहरुले बिवाह नि गरेको तर उनका श्रीमानले आफ्नो घर भने नलागेको अन्तर्वार्ताकै क्रममा भटेकी छिन् । उनीहरु बीच सन्तानको जन्म हुन् लागेपछि अबोर्सनपनि गर्ने कुरा भएको र पछि उनका श्रीमानले छोडेपछि मानब सेवा आश्रममा बस्दै आएकी छिन् । १२ बर्षदेखी पत्रकारितामा लाग्दै आएकी थिन ।

रबिनले आफ्नो नाम पछाडी मानब सेवा जोडेकी छिन् । उनमा धेरै खुबी रहेको छ । गीत संगीत प्रति पनि बिशेष लगभ रहेको छ । उनको नयाँ गीत बजारमा आउँ लागेको छ ।

August 19, 2018
PUBLISHED ON: August 18, 2018

अन्तरबार्तामै यसरि भक्कानिदै रोइन करिष्मा, हेर्नुस् यो भिडियो

काठमाडौँ । श्रीकृष्णबम मल्लकी पतिनी लक्ष्मी ढकालकी दिदीकी छोरी चर्चित मोडल करिश्मा ढकाललाई यो जोडीले

काठमाडौँ । श्रीकृष्णबम मल्लकी पतिनी लक्ष्मी ढकालकी दिदीकी छोरी चर्चित मोडल करिश्मा ढकाललाई यो जोडीले शेल्फी एक बोलको गीतबाट डेब्यू गराएका हुन् । करिश्माले लक्ष्मीको शेल्फी २ र ३ मा काम गरेपछि शेल्फी ४ मा उनलाई खेलाइएन ।

एउटै परिवारका सदस्य भएपनि करिश्मा र लक्ष्मीबिचको मनमुटाव उत्कर्षमा पुगेको छ । करिश्माले कुराकानीमा उनका सानाबाबु र सानीआमाले आँफुलाई आफ्ना दर्शक र श्रोताका अगाडी नराम्रो कमेन्ट गर्दै हिँडेको र थुकेको देख्दा आँफुलाई धेरै दुखा लागेको बताएकी छिन् ।

August 18, 2018
PUBLISHED ON: August 13, 2018

फॉंसीको सजाय हुनुपर्छ , यसको विकल्प छैन : सावित्री सुवेदी (अन्तरवार्ताको भिडियोसहित)

एभिन्युजको विशेष कार्यक्रमा बोल्दै महिला अधिकारकर्मी सावित्री सुवेदीले बलात्कार सवैलाई फासीको सजाए हुनुपर्ने अडान राखेकी

एभिन्युजको विशेष कार्यक्रमा बोल्दै महिला अधिकारकर्मी सावित्री सुवेदीले बलात्कार सवैलाई फासीको सजाए हुनुपर्ने अडान राखेकी छन् ।

नेपालको कानुन खुकुलो भएको भन्दै सवैको ध्यानाकर्षण गराएकी हुन् । देशमा स्थानीय सरकार हुदाहुदैपनि गम्भीर नभएको र प्रहरी प्रशासनको असहयोगले अपराधीहरु मौलाएको ज़िकिर गर्दै संविधान संसोधन गरेर फासीको सजाय दिनैपर्ने जोडदार माग राखेकी हुन । बाकी भिडियो बाटै :

August 13, 2018
PUBLISHED ON: August 7, 2018

भुमिका गिरीले तिजको गित मार्फत बिकृति अन्त्य गर्न ज्योति मगरलाई किन आग्रह गरीन । (हेर्नुहोस भिडियो)

तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम बढ्दो छ। यो बर्षको तीज गीतको भिडमा

तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम बढ्दो छ। यो बर्षको तीज गीतको भिडमा अलि फरक प्रेम कहानी लिएर ज्योति मगर र भूमिका गीरीको तीज धमाका गीत ‘विकृति’ युट्युबमा सार्बजनिक भएलगत्तै धमाका मच्चाएको छ। दुइ गायिकाहरु आपसमा आरोप प्रत्यारोप गरेर रोचक किसिमको गीत तयार गरेका छन्।दुवैको प्रस्तुतीकरणको आफ्नो आफ्नो फरक प्याटर्न रहेको छ। ज्योति मगर ग्ल्यामर प्रस्तुतिको लागि चिनिन्छिन भने भूमिका गिरि स्टेज प्रस्तुतिमा जातीय गुन्य चोली बढी प्रयोग गर्ने गर्छिन।

गीतमा पनि त्यहि किसिमका आरोपहरु भूमिकाले ज्योतिलाइ लगाउने र ज्योतिले त्यो आरोपको खण्डन गर्ने गरेका छन्। ज्योति मगर र भूमिका गिरीको स्वर रहेको गीतमा शब्द नेत्र अर्यालको र लय खेम सेंच्युरी रहेको छ भने गीतको भिडियो चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन्। त्यस्तै राजेश घिमिरेले खिचेको उक्त भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन्।भुमिका गिरीले तिजको गित मार्फत बिकृति अन्त्य गर्न ज्योति मगरलाई किन आग्रह गरीन । यस्तो रहेछ कारण( हेर्नुहोस भिडियो)

August 7, 2018
PUBLISHED ON: August 6, 2018

रुदै आफुले जित्नु को खोलिन रहस्य, जित पछि के गर्दै छन त २५ लाख । (हेर्नुस् भिडियो)

नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी सर्लाहीकी १८ वर्षीया कविता नेपाली पछिल्लो हप्ता देखि नै चर्चाको

नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी सर्लाहीकी १८ वर्षीया कविता नेपाली पछिल्लो हप्ता देखि नै चर्चाको शिखरमा चुलिएकी छिन् । चर्चामा रहँदा रहँदै उनी एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो बुगीवुगीको डान्सिङ सुपरस्टार बनिन् । फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि हात पारेकी छिन्।उपाधिसँगै उनले नगद २५ लाख पनि जितेपछि उनले उक्त रकम बुबा आमाको र आफ्नो सपनाको घर बनाउनमा खर्च गर्ने बताएकी छिन् । अन्तर्राष्ट्रिय फे्रन्चाइज बुगीवुगी रियालिटी सो नेपालमा एपीवान टेलिभिजनले पहिलोपटक आयोजना गरेको थियो ।

भारतको सोनी टेलिभिजन सँगको सहकार्यमा तथा सम्झौतामा एपीवान टेलिभिजनले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फेन्चाइजका रियालिटी सोहरू नेपाल आइडलपछि बुगीवुगी’ संचालनमा ल्याएको सा्ेतले जनाएको हो । डान्सिङ सुपरस्टारको उपाधि पाएपछि ओएसनेपालले कवितासँग गरेको विशेष कुराकारी र उनले ताजजितेपछिको खुशीको आशु पुछदै उनले हामीसँग के भनिन त हेर्नुहोस भिडियोमा ।

August 6, 2018
PUBLISHED ON: August 6, 2018

बुगी वुगी प्रगतिले गरिन् यति ठुलो गुनासो, बिहे बारे गरिन खुलासा….(हेर्नुहोस भिडियो)

एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम एक प्रतिस्पर्धीलाई उछिन्दै उनि दोश्रो भईंन ।

एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम एक प्रतिस्पर्धीलाई उछिन्दै उनि दोश्रो भईंन । पोखराकी प्रगतिले नगद ५ लाख जितेकी छिन् । यसैगरी फ्रस्ट रनरअप प्रगती पुन बनिन् । त्यसैतै भने सेकेन्ड रनरअप सरोज मोक्तान भए । भने उनले चार लाख नगद पाए । बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी थिए । तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए । त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन्।

यसैगरी फ्रस्ट रनरअप प्रगती पुन बनिन् । उनले ५ लाख रुपैयाँ जितेकी छिन् । भने सेकेन्ड रनरअप सरोज मोक्तान भए । भने उनले चार लाख नगद पाए । बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी थिए । तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए । त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन्।

August 6, 2018
PUBLISHED ON: August 5, 2018

सडकमा दुख पाएका आमाबुबाहरुलाई नवजीवन प्रदान गर्दै मानव कल्याण समाज (भिडियो)

भक्तपुर। संसारमा दीनदुःखीलाई आत्मतृप्त गराउनु बराबर अर्को सुख हुँदैन । यसै आसयको महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको एक अंश मनन गरौँ

भक्तपुर। संसारमा दीनदुःखीलाई आत्मतृप्त गराउनु बराबर अर्को सुख हुँदैन । यसै आसयको महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको एक अंश मनन गरौँ । त्यसैगरी, मुनि व्यासद्वारा रचित ग्रन्थमा लेखिएको छ– ‘परोपकार पुण्याय पापाय परपीडनम् !’ यसै सन्दर्भलाई आत्मसात् गर्दै आफ्नो कर्म क्षेत्रमा लाग्दालाग्दै पनि सडकमा अलपत्र परेका असहायको उद्धार गर्न भनी सेवामा समर्पित हुने अभियन्ताबाट सुरू गरिएको एक आश्रम भर्खरै मात्र संचालनमा आएको छ।

२०७५ साल बैशाख महिनाको २५ गते देखि चाँगुनारायण नगरपालिका–७, वागेश्वोरी, भक्तपुरमा संचालित मानव कल्याण समाजले परिवारबाट त्यागिएका मानसिक सन्तुलन गुमाएका, अशक्त, अनाथ, दीनदुःखीको संरक्षण गर्न उद्धार गरी सेवामा तत्पर सञ्चालक समिति गठन गरेको छ। सुमित्रा चौलागाई, विजय कुमार पोखेरेल, राम चन्द्र भण्डारी, सुदर्शन जोशी, हरि तिमल्सिना, कृष्ण मुराहरी पुडासैनी र सन्तोष निरौला गरेर ७ जनाको सदस्यद्वारा घर भाडामा लिएर संस्था सञ्चालन भएको हो।

‘दियो मुनिको अध्यारो झैँ भएको छ भक्तपुर जिल्ला त्यसैले यस जिल्लालाई उज्यालो बनाउन जरुरत छ। ‘ भन्छिन् सुमित्रा। विगत लामो समय देखि मानव सेवा आश्रममा निरन्तर सहयोग गर्दै आएको कारणले गर्दा पनि उनले भक्तपुरमा पनि यस्तो आश्रम जरुरत छ भनेर उनले मानव समाज कल्याण खोल्ने निर्णय गरेकी हुन्।

घरपरिवारद्वारा त्यागिएका, मानसिक सन्तुलन गुमाएका, असहाय, अनाथ, दीनदुःखीहरुको बाँच्न पाउने अधिकारको सुनिश्चितता एवम् गाँस, बास र कपासको व्यवस्था गरी स्वस्थ भएपछि आयआर्जनका निम्ति सीपमूलक तालिम र बालबालिकाको शिक्षाको व्यवस्था गर्ने र पीडितहरुको उपचारपछि तिनीहरुको थातथलो पत्ता लगाई परिवारसँग पुनर्मिलन गराउने यो संस्थाको उद्देश्य रहेको छ । यस भक्तपुर जिल्लालाई सडक मानवमुक्त गराई जरैबाट यस समस्यालाई निर्मुल पार्ने यस संस्थाको उद्देश्य रहेको छ।

आश्रममा आश्रितहरुलाई सेवा गर्न चाहनेले आफ्नो जन्मदिन, विवाह, व्रतबन्ध, चौरासी, वैवाहिक कार्यक्रम, वार्षिकी, पितृकार्य, सप्ताह पुराणमा एकदिन वा एक छाक खुवाएर यो संस्थालाई सेवा गर्न सक्नेछन्। भोकाएका, एक छाक तातो खान नपाएकालाई खुवाउनु नै सबै भन्दा ठुलो धर्म हो। खान पाएकाले त यसैउसै खान पाएका नै छन् तर भोकाको लागि भोजन गराउनु महापुण्यको काम हो।

आफू पनि बाँचौँ र अरुलाई पनि बाँच्न देऊ भन्ने उपदेशलाई चरितार्थ गर्दै सबै उदार दानदाताले होस्टेमा हैँसे गर्दै जाँदा ती असहाय आश्रममा आश्रित प्राणीको संरक्षणमा सहयोग पुग्नेछ ।

यस संस्थामा विभिन्न कारणबाट कष्टकर जीवन बिताउन बाध्य भएका विभिन्न उमेरका सडकमा असहाय, अशक्त, अपाङ्ग, मानसिक सन्तुलन गुमाएका र मागेर पनि खान असमर्थ अनि परिवारबाट त्यागिएका तथा दैवी प्रकोपमा परेर आफन्त गुमाई बिचल्लीमा परेका व्यक्तिहरुको उद्धार गर्ने गरिएको छ। हाल ४ वर्षको सानो बच्चा देखि ७५ वर्षको बृद्ध समेतलाई यस संस्थाले आश्रय दिईरहेको छ। हेर्नुहोस् भिडियो :

खोज्छन् सबै सुख भनी
तर त्यो कहाँ छ ?
आफू मिटाई अरुलाई
दिनु जहाँ छ ।

August 5, 2018
PUBLISHED ON: August 4, 2018

भेटिईन्- ७७ बर्षमा पनि जिमखाना जाने हजुरआमा । गीत गाउन र हसाउन साह्रै खप्पिस (भिडियो सहित)

काठमाडौंको काँडाघारीमै ७७ बर्षकी आमा भेटिएकी छिन्, जो निरन्तर १३ बर्षदेखि जिमखाना धाउने गर्दछिन् ।

काठमाडौंको काँडाघारीमै ७७ बर्षकी आमा भेटिएकी छिन्, जो निरन्तर १३ बर्षदेखि जिमखाना धाउने गर्दछिन् । यो उमेरमा पनि उस्तै जोश जाँगरका साथमा काम गर्ने र मिठा कुराले सबैलाई हसाउँने आमाले आफ्नो शरीरको रोगका कारण जिम जोईन गरेको बताईन् ।

काँडाघारीकी ज्ञानी थापा आमा सधैं जिममा भेटिन्छिन । जवान युवाहरुसँग जिम गर्दछिन् । उनलाई कुनै लाज लाग्दैन अनि कसैले केहि भन्ला कि भन्ने डर पनि छैन । आफ्नो स्वास्थ्यका लागि यो सबै गरेको उनको भनाई छ । आफ्नै छोराले खोलेको जिममा गुरु नै राखेर प्रशिक्षण गरिरहेकी आमा ज्ञान अब केहि बर्ष निरोगी भएर बाँच्न पाए पुग्यो भन्छिन् ।

गीत गाउन र दर्शक हसाउँन खप्पिस आमाले नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग कुरा गर्दै मान जवन आफ्नो राम्रोका लागि मात्रै नभै गरिब दुखीका लागि समर्पण गर्नुपर्ने बताईन् । हेर्नुहोस भिडियो

August 4, 2018
PUBLISHED ON: August 2, 2018

यी वृद्धका २० वर्ष मुनिका पाँच प्रेमिका, सबैको इच्छा पूरा गर्न चोरी गर्दा पक्राउ

एजेन्सी ।भारतको उत्तरी दिल्लीमा एक ६३ वर्षीय वृद्ध चोरी गरेको आरोपमा पक्राउ परेका छन् ।

एजेन्सी ।भारतको उत्तरी दिल्लीमा एक ६३ वर्षीय वृद्ध चोरी गरेको आरोपमा पक्राउ परेका छन् । तर, उनको चोरी कारणबारे थाहा पाएपछि मानिसहरु अचम्ममा परेका छन् । उनले आफ्नी प्रेमिकाहरुको सौख पूरा गर्न चोरी गर्नुपरेको बताएका छन् । आफ्ना पाँच प्रेमिकाको शौख पूरा गर्न र आफूलाई फिट राख्नका लागि चोरी गर्न सुरु गरेको बताएका ६३ वर्षीय बन्धु सिंह अहिले सम्म अविवाहित छन् । चोरिएको एक बाइक, दुई ल्यापटप, मोबाइल र पाँच हजार भारु नगदसहित पक्राउ परेका उनलाई हाल प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

जिल्ला पुलिसका अनुसार शनिबार राती सराय रोहिल्ला औद्योगिक क्षेत्रको एउटा फ्याक्ट्रीमा चोरी गरिरहेका बेला सिसिटीभीमा कैद भएका थिए । फ्याक्ट्रीका मालिकले उपलब्ध गराएको सिसिटिभी फुटेको आधारमा उनी पक्राउ परेका हुन् । दर्जनौँ प्रेमिका बनाइसकेको बताउने उनले आफ्नो पुरा जीवन मोजमस्ती र प्रेमिकाका लागि खर्च गरेको बताए । उनका अनुसार धेरैजसो प्रेमिकाको उमेर २० देखि ४० वर्षका छन् ।

उनले आफ्ना धेरैजसो प्रेमिका २० वर्षभन्दा कम उमेरको भएको पनि बताए । प्रेमिकाको इच्छा पूरा गर्न उनले मार्चमा यूनिक स्ट्यापगिन कम्पनीबाट ६ टनको कोइला चोरेका थिए जसको मूल्य चार लाख भारु भन्दा बढि थियो । मे महिनामा उनले एक पसलबाट ल्यापटप र पाँच हजार भारु चोरेका थिए । यस्तै जूनमा एक फ्याक्ट्रीबाट ७० हजार र ल्यापटप चोरेका थिए । आफूलाई आकर्षक देखाउन उनी जिम पनि जाने गरेको उनले बताए ।

August 2, 2018
PUBLISHED ON: July 17, 2018

७ लाख विधार्थीको नेत्रित्व गर्ने विजय देशमै केहि गर्न टिमसहित अष्ट्रेलियाबाट नेपाल फर्किने ( भिडियोसहित)

अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको साझा संगठन काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्स अस्ट्रेलिया (सिसा) को अध्यक्षमा पुन:

अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको साझा संगठन काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्स अस्ट्रेलिया (सिसा) को अध्यक्षमा पुन: नेपाली युवा केहि दिन अगाडी चयन भएका थिए । 

क्युन्सल्यान्डको केन्समा सम्पन्न राष्ट्रिय अधिवेशनले विजय सापकोटालाई सर्वसम्मत अध्यक्षमा चुनेको थियो ।‘ओएस नेपाल बिग अपरेशन’ को लाईभ कार्यक्रममा बोल्दै नेपाल फर्किने योजना सुनाएका हुन् । 

कार्यक्रम प्रस्तोता एच.बी ताम्राकारले विजय सापकोटासंग गरेको विशेष कुराकानि । 

बाकी भिडियोबाट :: 

July 17, 2018
PUBLISHED ON: July 9, 2018

दुनियाँको यो अनौठो मन्दिरः जहाँ थोत्रा गाडीका बिग्रीएका पाठपुर्जा चढाइन्छ, फुलप्रसाद दक्षिणाको काम छैन

भारतमा त्यस्तो एउटा मन्दिर छ जहाँ फुलप्रसाद चढाउने गरिन्न । फुलप्रसाद दक्षिणा भन्दा पनि त्यो

भारतमा त्यस्तो एउटा मन्दिर छ जहाँ फुलप्रसाद चढाउने गरिन्न । फुलप्रसाद दक्षिणा भन्दा पनि त्यो अनौठो मन्दिरमा गाडीका बिग्रिएका पाटपुर्जा, नम्बर प्लेट तथा घरमा रहेका थोत्रा औजारहरु लगेर चढाउने गरिन्छ ।आमरुपमा मन्दिरमा धुपबत्ति गर्ने तथा फूलप्रसाद, दक्षिण आदि चढाउने चलन भने छ ।

त्यो अनौठो मन्दिर भारतको हिमाचलमा छ । पुजारीहरुका अनुसार मानिसहरुले सदियौँ देखि यो मन्दिरमा घरका पूराना औजारहरु चढाउने गरेका छन् । समय बित्दै जाँदा मानिसहरुले गाडीका पाटपुर्जा र नम्बर प्लेटसम्म मन्दिरमा चढाउन थाले ।

यसरी गाडीका पाटपुर्जा तथा घरका औजारहरु मन्दिरमा चढाउनाले भगवानको कृपादृष्टि रहने र कुनै संकट नआउने आम विश्वास रहेको छ ।गाडीको कुनै पाटपुर्जा बारम्बार बिग्रेर दुख दिइरहेमा एकपटक बिग्रेको पाटपुर्जा लगेर मन्दिरमा चढाउने र त्यसपछि गाडी मर्मत गरेमा गाडी लामो समयसम्म नबिग्रने विश्वास गरिन्छ ।

बनशीरा देवतालाई जंगलका देवता भनिन्छ । यो मन्दिरमा न त कुनै छानो छ, न त कुनै पुजारी नै । तर यसको किर्ति निकै दूरसम्म छ । थोत्रामोत्रा चिज चढाउनका लागि टाढा टाढाबाट मानिसहरु यो मन्दिरमा धाउँछन् ।

July 9, 2018
Popular



Comment
Latest Updates