‘कांग्रेसले अब कम्युनिष्ट सरकारको सत्ताच्युत गरेरै छाड्छ’

काठमाडौं ८ माघ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रहेका नेता किरण गिरीले नेपालको कम्युनिष्ट कहिल्यै लोकतान्त्रिक नहुने बताएका छन् । नेता गिरीले आज काठमाडौंको नागाजुर्न
Read Moreरिसाएका खगराजले भने हामीलाई कुहिएको फर्सी भन्ने ओली कुहिएको मोही हुन्
काठमाडौं-प्रधानमन्त्री केपी ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटिका सह(इन्चार्ज खगराज भट्टले कुहिएको मोही जस्तो भनेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरको
Read More
नेपालले कोरोना महामारीबाट पार पाउन खोपमा सहज पहुँच सुनिश्चित हुनुपर्छ
काठमाडौँ, ८ माघ – नेपालले कोभिड–१९ को महामारीबाट पार पाउन अत्यावश्यक औषधि तथा खरीद गर्न
काठमाडौँ, ८ माघ – नेपालले कोभिड–१९ को महामारीबाट पार पाउन अत्यावश्यक औषधि तथा खरीद गर्न सकिने खोपमा सहज पहुँच सुनिश्चित गर्नु अपरिहार्य भएकामा जोड दिएको छ ।एशिया सहयोग संवाद (एशिया कोअपरेशन डाइलग, एसिडी) को ‘नव प्राकृतिक, सुरक्षित एवं स्वस्थ पर्यटन’ विषयमा टर्कीको राजधानी अङ्कारामा आज भएको १७ औँ मन्त्रिस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा एसिडीका सदस्य राष्ट्र र निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानबीच सघन सहयोग एवं साझेदारी अपरिहार्य भएको बताउनुभयो ।
पर्यटन क्षेत्रसहित अर्थतन्त्र, जनजीविका र जीवनचक्रका सबै पक्षलाई कोभिड–१९ अघिको अवस्थामा फर्काउन सदस्य मुलुकबीच त्यस्तो साझेदारी एवं सहयोग अत्यावश्यक भएको उहाँको कथन थियो ।
भोक र रोगबाट आफ्ना नागरिकको जीवन रक्षा गर्नु नेपाल सरकारको उच्च प्राथमिकता भएको बताउँदै परराष्ट्रमन्त्रीले अर्थतन्त्रलाई गतिशील तुल्याउने तथा रोजगारीका अवसर गुम्न नदिन पर्यटनसँग सम्बन्धित गतिविधिमा स्वास्थ्यसुरक्षासम्बन्धी सबै नियम इमान्दारीपूर्वक कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।
पूर्वाधार विकास तथा तिनको गुणस्तर सुधार एसिडी क्षेत्रका सबै किसिमका सम्पर्क सञ्जालका निम्ति महत्वपूर्ण छन् भन्दै उहाँले नेपाजस्तो भूपरिवेष्टित देशका लागि अविकासको खाडल पुर्न तथा न्यायोचित एवं समावेशी विकासका निम्ति त्यस्ता पूर्वाधारको खाँचो रहेको बताउनुभयो ।
एशियाली देशहरुको शान्ति, स्थायित्वका साथै साझा विकास र समृद्धिका लागि सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, समझदारी, सहयोग र सहकार्य अझ घनिभूत हुनुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिनुभयो । एसिडीको वर्तमान अध्यक्ष राष्ट्र टर्कीले उक्त बैठक आयोजना गरेको हो । (रासस)

नेकपाको साधारण सदस्यबाट हटाइयो प्रधानमन्त्री ओलीलाई
सुर्खेत ८ माघ । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा
सुर्खेत ८ माघ । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट पनि हटाउने निणर्य गरेको छ ।
आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्न वीरेन्द्रनगर पुगेका नेपालले यस्तो निणर्य सुनाएका हुन् ।
पुर्व एमालेमा छँदै घाँडो भएका ओली एकीकरण पछि पनि घाँडै भएको अभिव्यक्ति दिएका नेपालले अब नेकपा पार्टीले यस्तो व्यक्तिलाई सधारण सभाबाट पनि नराख्ने भन्दै यस्तो निणर्य गरेको सुनाए ।
आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ’ नेपाले भने । केहि दिन अगाडी स्पष्टिकरण माग्न बालुवाटार पुगेका प्रचण्ड नेपाल समूहका नेतालाई ओलीले कुनै जवाफ दिएनन् ।
जसको कारण आजै पत्र मार्फत ओलीलाई नेकपा पार्टीको साधारण सदस्यबाट हटाउने भएको नेता नेपालले बताएका छन् ।
यता प्रधानमन्त्री ओली भने प्रचण्ड नेपाल कालो झण्डा बोक्ने सिनेमामा खेल्ने कालाकार मात्र भएको भन्दै टिप्पणी गर्दै आएका छन् । बैशाखमा चुनाव भएर छाड्छ र बहुमतको सरकार भएकाले जित पनि आफ्नै हुने भन्दै दावी गर्दै आएका छन् ।

मुद्धाको सुनुवाई गर्ने इजसालमा कमेडी सोमा जस्तो हाँसोको फोहोरा फुटेपछि …
काठमाडौं ८ माघ । संसद विघटन भएको एक महिना नाघिसक्दा पनि यसको विषयमा अदालतले आफ्नो
काठमाडौं ८ माघ । संसद विघटन भएको एक महिना नाघिसक्दा पनि यसको विषयमा अदालतले आफ्नो निणर्य दिन सकेको छैन ।
पाँच दिन देखि चलेको सुनुवाईमा दिनप्रति दिन नयाँ विषयले स्थान पाउँदै आएको छ । प्रधानमन्त्री ओलीको यति बेला चौतर्फी आलोचना र टिका टिप्पणी भइरहेको छ ।
संसद विघटन विरुद्ध सर्वोच्चमा परेको मुद्धाको सुनुवाईमा आज अधिवक्ताहरुले संसद विघटन गरेको सुचना राजपत्रमा प्रकाशिन किन नगरेको भनेपछि संवैधानिक इजलासमा सुनुवाईले नयाँ मोड लिएको छ ।
आजको बहसमा वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपानेले संसदीय व्यवस्थाको जननी नामक पुस्तकलार्य आधार मानेर ‘बेलायती संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउनेबाहेक सबै काम गर्न सक्छ’ भन्दै नेपालको संसद विघटनमा प्रधानमन्त्री कसरी एकल अधिकार पाउन सक्छन् भनी प्रश्न गरेका थिए ।
यही विषयलाई प्रधानान्यायाधिश चोलेन्द्र शमशेर राणाले हाँस्दै भने अहिले त प्रविधिले त्यो पनि सम्भव बनाइदिएको छ, पुरुषलाई महिला र महिलालाई पुरुष बनाउन लिंग परिवर्तन पनि सम्भव भएको छ नि !यही प्रसंगले आज इजसालमा कमेडी सोमा जस्तो हाँसोको गुञ्न्जायामान भएको थियो ।
साथमा यो पनि पढ्नुहोस्
ओलीको दुखेसो राजपरिवारलाई ुसवारी भयोु भन्ने हाम्रा पत्रकाहरुले हामीलाई हिँडे भन्छन्
काठमाडौ ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई सम्बोधन गर्दै स्वार्थमा लागि समाचार नलेख्न आग्रह गरेका छन् ।
काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोभन गर्दै ओलीले केही सञ्चार माध्यमले छुटो सुचना जनतालाई दिएर जनतामा भ्रम र्सिजना कार्य गरेको बताएका छन् ।
साथै उनले पत्रकाहरुले सम्बोधा समत गर्न बिर्सीएको प्रति हलमा उपस्थित भएका पत्रकाहरुको ध्यानाकषर्ण गर्दै भने हिजो राजतन्त्र हुँदा राजपरिवारका सदस्यलाई ‘हिड्नुभयो’ भन्दैनथ्यौं – ‘सवारी भयो’ भनिन्थ्यो, ‘हेर्नुभयो’ होइन- ‘नजर भयो’ भनिन्थ्यो । अहिले ‘उनी हिँडे, उनले खाए’ भनिन्छ।
तपाईँहरु पत्रिकामा यहि लेख्नुहुन्छ होइन ? अग्रेजको यु शब्दले प्रभावित भएका पत्रकाहरुले आफ्नो शिष्टचार आलार बिर्सिएको भन्दै आदार सम्मान गर्दैमा कोही बिरामी भएको छ र ? भन्दै राजाहरुलाई सवार भयो भन्ने शब्द आज आज हेरे भन्ने शब्दमा परिर्वनत भएको प्रति पत्रकाहरुको ध्यानाकर्षण गराएका हुन् ।

ओलीको दुखेसो : राजपरिवारलाई ‘सवारी भयो’ भन्ने हाम्रा पत्रकाहरुले हामीलाई हिँडे भन्छन्
काठमाडौ ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई सम्बोधन गर्दै स्वार्थमा लागि समाचार नलेख्न
काठमाडौ ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई सम्बोधन गर्दै स्वार्थमा लागि समाचार नलेख्न आग्रह गरेका छन् ।
आठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोभन गर्दै ओलीले केही सञ्चार माध्यमले छुटो सुचना जनतालाई दिएर जनतामा भ्रम र्सिजना कार्य गरेको बताएका छन् ।
साथै उनले पत्रकाहरुले सम्बोधा समत गर्न बिर्सीएको प्रति हलमा उपस्थित भएका पत्रकाहरुको ध्यानाकषर्ण गर्दै भने, हिजो राजतन्त्र हुँदा राजपरिवारका सदस्यलाई ‘हिड्नुभयो’ भन्दैनथ्यौं – ‘सवारी भयो’भनिन्थ्यो, ‘हेर्नुभयो’ होइन- ‘नजर भयो’ भनिन्थ्यो । अहिले ‘उनी हिँडे, उनले खाएु भनिन्छ। तपाईँहरु पत्रिकामा यहि लेख्नुहुन्छ होइन ?
“हामी आमा बुबा, हजुरबुवा हजुरआमा सबैलाई आदर सम्मान गर्छौँ, खुट्टामा ढोग्ने हामो चलन छ,” ओलीले भने, “बिहानै उठेर बुवा आमालाई खुट्टामा ढोग्दा रोग लागेर मर्यो भनेको कतै सुन्नुभएको छ ?” उनले भने, “हेल्लो, हाउआर यू भन्यो, सकियो । बाले हेरे ! आमा पनि ति थिइन् हेरिन् !”
अग्रेजको ‘यु’ शब्दले प्रभावित भएका पत्रकाहरुले आफ्नो शिष्टचार ,आदार बिर्सिएको भन्दै आदार सम्मान गर्दैमा कोही बिरामी भएको छ र ? भन्दै राजाहरुलाई सवार भयो भन्ने शब्द आज आज हेरे भन्ने शब्दमा परिर्वनत भएको प्रति पत्रकाहरुको ध्यानाकर्षण गराएका हुन् ।
साथमा यो पनि पढ्नुहोस्
अदालतले माग्यो राजपत्रमा प्रकाशित भएको संसद विघटनको सुचना .
काठमाडौं ८ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको संसद विघटनको विरुद्धको मुद्धाको सुनुवाईमा आज नयाँ विषयले प्रवेश गरेको छ ।
अधिवक्ता ओमप्रकाश आर्याले राष्ट्रपति कार्यालयको हरेक सुचना राजपत्र प्रकाशित हुँदै आएको नियमलाई निक संसद विघटन गरेको सुचनालाई राजपत्रमा प्रकाशित नगरी राष्ट्रपतिको वेबसाइडमा मात्र राखियो भनेर प्रश्न गरेका थिए ।
अधिवक्त आर्यालको प्रश्नलाई साथ दिएका अर्का अधिवक्ता टीकाराम भट्टराईले पनि रापजत्रमा प्रकाशित भएको संसद विघटनको सुचना कही कर्तै नदेखिएको भनेपछि आफुलाई यस विषयमा जानकारी नै नभएको भन्दै प्रधानान्यायाधिशले संसद विघटन गरेको सुचना राजपत्रमा छापिएको छैन त भनि प्रति प्रश्न गरेका थिए । यही विषयलाई लिएर अदालतले राजपत्रमा प्रकाशित संसद विघटनको सुचनाको माग गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले गरेको सिफारिसलाई राष्ट्रपति कार्यालयले राजपत्रमा प्रकाशित गरेको सुचना प्रधानान्यायाधिश चोलेन्द्र शमशेर राणाले मागेका हुन् ।

नेपाल आइपुग्यो कोरोना विरुद्धको खोप
काठमाडाँै, ८ माघ – कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल
काठमाडाँै, ८ माघ – कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो ।
‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूलावस्थामा खोप अनुदान सहयोग गरेकामा धन्यवाद दिँदै खोपले अब कोभिड–१९ रोगलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हस्तान्तरित ती खोपका मात्रा टेकुस्थित स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय भण्डारणमा राखिने छ । भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको उक्त कोभिशिल्ड नामक खोप माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने जनाइएको छ ।
उक्त पहिलो चरणमा आएको खोप स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहकलाई उपलब्ध गराइने छ । सो भारतीय राजदूत क्वात्राले खोप उपब्धतासँगै नेपालमा अब कोभिड–१९ महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले प्रदेश र जिल्ला अस्पतालमा खोप पठाइने जानकारी दिनुभयो । सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । अहिले पहिलो चरणमा ल्याइन ल्याइएको १० लाख मात्रा खोप दुई मात्रा दिँदा करिब पाँच लाख जनालाई लगाइने छ ।
सरकारले ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरिद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।(रासस)

बहुमतको सरकारले गरेको संसद विघटन पुर्नस्थापना हुँदैन : विष्णु पौडेल
काठमाडौं ८ माघ । नेकपाका ओली समुहका अर्थमन्त्री विष्णु पौडेलले मुलुक निवार्चनमा गइसकेकोले संसद पुर्नस्थापना
काठमाडौं ८ माघ । नेकपाका ओली समुहका अर्थमन्त्री विष्णु पौडेलले मुलुक निवार्चनमा गइसकेकोले संसद पुर्नस्थापना नहुेने जिकिर गरेका छन् ।
ओली समूहले गरेको प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पौडेलले यस्तो अभिव्यक्ति दिएका हुन् ।
मुलुक निवार्चनमा गइसक्यो बैशाख १७ र २७ गते निवार्चन हुन्छ चुनाव पनि ओली सरकारले नै जित्ने दावी गरेको पौडलले सर्वोच्च अदालतको सिनणर्य भने आफुहरुले स्विकार गर्ने बताएका छन् ।
बहुमतको सरकारले संसद विघटन गर्दा संसद पुर्नस्थापाना नहुने बताउँदै मन्त्री पौडेलले भने, ‘प्रचण्ड नेपाल समूह चुनावबाट डराएर आन्दोलनको पछि लागेको छ’ ।

ओली विरुद्ध आन्दोलन गर्ने प्रचण्ड नेपाल समूहका कार्यकर्ता पक्राउ
सप्तरी ८ माघ । नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहको कार्यक्रममा अवरोध गर्न खोजेको आरोपमा
सप्तरी ८ माघ । नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहको कार्यक्रममा अवरोध गर्न खोजेको आरोपमा प्रचण्ड नोपल समूहका कार्यकर्तालाई पक्राय गरेको छ ।
आज सप्तरीमा आयोजित केन्द्रिय सदस्य महेश बस्नेतको उपस्थितिमा हुन लागेको कार्यक्रमलाई अवरोध गरेको आरोपमा प्रहरीले करिब एक दर्जन प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रेम यादव, विनोद यादव र छेदी रजकसहित दर्जन कार्यकर्ता रहेको प्रचण्ड नेपाल समूहले जनाएको छ । ओली विरुद्ध सप्तरी सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गर्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आफ्ना कार्यकर्ताको रिहाई नगरे प्रचण्ड नेपाल समूहले आन्दोलनलाई थप कडा बनाएर लैजाने चेतावनी दिएका छन् ।।

१० लाख डोज कोरोना भ्याक्सिन लिएर काठमाडौं आइपुग्यो एयर इन्डिया
काठमाडौं, ८ माघ । भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोरोना खोप
काठमाडौं, ८ माघ । भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ । दिल्लीबाट एयर इन्डियाको जहाजले कोरोना भ्याक्सिन लिएर १२ बजे काठमाडौं आइपुगेको हो ।
भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम छ । खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिने बताइएको छ ।
सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ ।हिलो चरणमा आउने खोप निःशुल्क उपलब्ध भएको र हब खोप क्रमश भारतबाट ल्याइने स्वास्थ्यमन्त्री त्रिपाठीले बताए । कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा काम गर्नेलाई उपलब्ध गराउने सरकारको योजना छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले प्राथमिकताका आधारमा खोप उपलब्ध हुने जानकारी दिनुभयो ।भारतमा सेरम इन्स्टिच्युटको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्स खोप प्रयोगमा आएको छ । सो खोप एक जनाले दुई डोज लगाउनुपर्नेछ
यो पनि पढ्नुहोस
काठमाडौं-नायिका तथा मोडल एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’मा अभिनय गर्ने भएकी छन् । अनुरागमा यस अघि उनले अभिनय गरेपनि उनको अभिनय र फिल्मले खासै चर्चा पाउन सकेको थिएन् ।
अब घिन्ताघ मा फाइनल भइसकेकी उनले गौरव पहारीसँग जोडी बाँध्ने भएकी छन् । फिल्ममा यस अघि विपिन कार्कीलाई कुरा गरिएपनि उनले समय दिन नसकेपछि गौरवलाई फाइनल गरिएको हो ।
एलिजाले केही साता अगाडि मात्र यो चलचित्र साइन गरेकी थिइन् । चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । लचित्रलाई सामाजिक कथामा निर्माण गर्ने बताइएको छ ।एलिजाले फिल्ममा गौरवसँग काम गर्न पाउँदा खुशी लागेको बताएकी छन् ।

खसी र १० हजार पैसा नदिएको निहुँमा प्रधानाध्यापकको घाँटी रेटी विभत्स हत्या गर्ने विप्लवका कार्यकर्ता हतियार सहित पक्राउ
मोरङ ८ माघ । प्रधानाध्यापकको हत्या गरी फरार भएका विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका
मोरङ ८ माघ । प्रधानाध्यापकको हत्या गरी फरार भएका विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३२ वर्षीय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल उपनामका धनबहादुर विक रहेका छन् ।
विक मोरङको मिक्लाजुङ गाउँपालिका-१ निवासी सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई घरबाट बोलाएर जंगलमा लगेर घाँटी रेटी हत्या गरी फरार भएका थिए ।
संखुवासभाको साबिक मादी गाविस रामवेनी-७ हाल मादी नगरपालिका-४ ओखरबोट बस्ने विकलाई मोरङकै बूढीगंगा गाउँपालिका-४ स्थित औद्योगिक क्षेत्रबाट प्रहरीले हिजो बुधबार पक्राउ गरी हिरासतमा राखेको छ ।
विशेष सुराकीको आधारमा विकलाई एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने तीन थान म्यागजिनसहित पक्राउ गरेको हो । हत्याको जिम्मेवारी भने विप्लव समूहले लिइसकेको बुझिएको छ ।
अन्य हत्याराको खोजी पजि भइरहेको प्रहरीले जनाएको छ । शिक्षको हत्या खसी र १० हजार पैसा नदिएको कारण भएको प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाएको छ ।

दमननाथ ढुंगानाको प्रश्न अदालतले संसद पुर्नस्थापाना गरेपनि बहुमतको साथ पाउन सक्ने ओलीले किन संसद विघटन गरे ?
काठमाडौं ८ माघ । वरिष्ठ राजनीतिज्ञ दमननाथ ढुंगानाले बहुमतको साथ पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौं ८ माघ । वरिष्ठ राजनीतिज्ञ दमननाथ ढुंगानाले बहुमतको साथ पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले किन संविधान विपरित संसद विघटन गरेको भनी प्रश्न गरेको छन् ।
राजनीतिज्ञ ढंगानाले भनेका छन् , प्रतिनिधिसभा विघटन सिफारिस गर्दा प्रधानमन्त्री सुरक्षित हुनुहुन्थ्यो । अहिले सम्म खण्डित भएको जानकारी नदिएको नेकपा सरकारले अहिले पनि संसद पुर्नस्थापना हुँदा बहुमतको साथ हुन सक्छ भने किन संविधान विपरित ओलीलाई कम गर्न परेको भन्दै टिप्पणी गरेका छन् ।
गत आइबार देखि निरन्तर संसद विघटन विरुद्धको बहुमा लागि परेको अधिवक्ताहरुले पनि संसद विघटन ससंविधान विपरित भएको भन्द आएका छन् ।
अन्य दलका नेताहरु भने सुरुमा आन्दोलनमा तातिए पनि अहिले भने सेलाउँदै चुनावको तयारीमा लागेको देख्न सकिन्छ ।
ढुंगाना लेख्छन्, प्रतिनिधिसभा विघटन सिफारिश गर्दा प्रधानमन्त्री सुरक्षित हुनुहुन्थ्यो।त्यो बहुमत खण्डित भएको सूचना अहिलेसम्म सार्वजनिक छैन।सम्मानित अदालतको आदेशबाट सभा पुःन क्रियाशिल हुँदा पनि बहुमत प्र.म.को साथमा हुनसक्छ।तैपनि देखादेख संविधानविपरीत किन विघटन गर्नुपर्योरुप्रश्न अनुत्तरित छ।
साथै यो पनि पढ्नुहोस्
प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार राजस्व सङ्कलन गर्यो
तनहुँ, ८ माघ – जिल्ला प्रशासन कार्यालय तनहुँले रु एक करोड १७ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव ०७७÷०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजस्व सङ्कलन भएको जनाएको छ ।
राहदानी शुल्कबापत रु ९२ लाख १० हजार ५००, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क रु १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्टे«शन नवीकरण शुल्क रु पाँच लाख ३६ हजार २२० सङ्कलन गरेको छ । त्यसैगरी प्रशासनिक दण्ड, जरिवाना,जफत शुल्क रु दुई लाख आठ हजार ९००, हातहतियारको इजाजतपत्र दस्तुर रु ६५ हजार ६५० र अन्य प्रशासनिक सेवा शुल्क रु आठ हजार ७३० गरी उक्त राजस्व सङ्कलन गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र चार हजार ३४५, प्रतिलिपि नागरिकता दुई हजार १३४ नाबालक परिचयपत्र ११०, अङ्गिकृत दुई र एउटा नागरिकता रद्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्लाबाट सिफारिस गरिएका राहदानी एक हजार ९००, दु्रत सेवा सिफारिस ४००, राहदानी वितरण एक हजार २६१ रहेको छ । कार्यालयले विपद् पीडितका लागि रु बाह्र लाख ५९ हजार सहयोग गरेको छ । कार्यालयमा ४१ मुद्दा दर्ता भएकोमा सबै मुद्दा फछ्र्यौट भएको सो कार्यालयले जनाएको छ ।
त्यसैगरी कार्यालयले अन्य सिफारिस एक हजार ६०७, आदिवासी जनजाति प्रमाणित ८०८, पेन्सन सिफारिस ६६४ र दलित प्रमाणित १०३ सिफारिस गरिएको जनाएको छ । संस्था नवीकरण ४४८, हातहतियार नवीकरण ११५, हातहतियार नामसारी तीन, तिब्बती शरणार्थी परिचयपत्र नवीकरण १४०, संस्था नयाँ दर्ता ११, शरणार्थीका लागि यात्रा अनुमति पत्र सिफारिस एक जनालाई गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण लामो समय सेवा प्रवाह रोकिन पुगेका कारणले राजस्व सङ्कलनमा कमी आएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो । रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएको लकडाउनको आदेशपश्चात् रोकिएका विकास निर्माणका काम सुरक्षाका मापदण्ड अपनाएर शुरु गर्न लगाइएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
जिल्लाभित्रका राष्ट्रिय आयोजना तथा प्राथामिकतामा रहेका योजना तथा आयोजना र अन्य निर्माणका कार्यलाई क्रमशः अघि बढाउन सहजीकरण गर्दै अघि बढिएको प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

सनातन धर्म,संस्कृति र परम्परा ध्वस्त पारेर कुनैपनि राष्ट्र सबल र समृद्ध हुन सक्दैन : कमल थापा
काठमाडौं ८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष नेता कमल थापाले सनातन धर्म,संस्कृति र
काठमाडौं ८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष नेता कमल थापाले सनातन धर्म,संस्कृति र परम्परा ध्वस्त पारेर कुनैपनि राष्ट्र सबल र समृद्ध हुन नसक्ने बताएका छन् ।
थापाले भनेका छन्, परम्परा र संस्कृति कुनैपनि समाज र राज्यव्यवस्थाका आधारशीला हुने भएकाले परम्परा र संस्कृतिलाई समयानुकुल परिमार्जन गर्न सकिन्छ तर यसलाई ध्वस्त पारेर राष्ट्र सबल र समृद्ध हुन सक्दैन ।
नेता थापाले आज ट्वीटर मार्फत सनातन धर्म,संस्कृति र परम्पराको सत्यवोध हुन नसक्दा आम नेपाली जनता तथा राजनीति अन्यौल,अनिश्चितताको दलदलमा परेको बताएका छन् ।
नेता थापाको ट्वीट : परम्परा र संस्कृति कनैपनि समाज र राज्यव्यवस्थाका आधारशीला हुन्।परम्परा र संस्कृतिलाई समयानुकुल परिमार्जनगर्न सकिन्छ,गर्नुपनि पर्छ।
तर,सनातन धर्म,संस्कृति र परम्परा ध्वस्त पारेर कुनैपनि राष्ट्र सबल र समृद्ध हुन सक्दैन।यही सत्यवोध हुन नसक्दा हामी अन्यौल,अनिश्चितताको दलदलमा परेका छौं
साथै यो पनि पढ्नुहोस्
प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार राजस्व सङ्कलन गर्यो
तनहुँ, ८ माघ – जिल्ला प्रशासन कार्यालय तनहुँले रु एक करोड १७ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव ०७७÷०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजस्व सङ्कलन भएको जनाएको छ ।
राहदानी शुल्कबापत रु ९२ लाख १० हजार ५००, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क रु १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्टे«शन नवीकरण शुल्क रु पाँच लाख ३६ हजार २२० सङ्कलन गरेको छ । त्यसैगरी प्रशासनिक दण्ड, जरिवाना,जफत शुल्क रु दुई लाख आठ हजार ९००, हातहतियारको इजाजतपत्र दस्तुर रु ६५ हजार ६५० र अन्य प्रशासनिक सेवा शुल्क रु आठ हजार ७३० गरी उक्त राजस्व सङ्कलन गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र चार हजार ३४५, प्रतिलिपि नागरिकता दुई हजार १३४ नाबालक परिचयपत्र ११०, अङ्गिकृत दुई र एउटा नागरिकता रद्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्लाबाट सिफारिस गरिएका राहदानी एक हजार ९००, दु्रत सेवा सिफारिस ४००, राहदानी वितरण एक हजार २६१ रहेको छ । कार्यालयले विपद् पीडितका लागि रु बाह्र लाख ५९ हजार सहयोग गरेको छ । कार्यालयमा ४१ मुद्दा दर्ता भएकोमा सबै मुद्दा फछ्र्यौट भएको सो कार्यालयले जनाएको छ ।
त्यसैगरी कार्यालयले अन्य सिफारिस एक हजार ६०७, आदिवासी जनजाति प्रमाणित ८०८, पेन्सन सिफारिस ६६४ र दलित प्रमाणित १०३ सिफारिस गरिएको जनाएको छ । संस्था नवीकरण ४४८, हातहतियार नवीकरण ११५, हातहतियार नामसारी तीन, तिब्बती शरणार्थी परिचयपत्र नवीकरण १४०, संस्था नयाँ दर्ता ११, शरणार्थीका लागि यात्रा अनुमति पत्र सिफारिस एक जनालाई गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण लामो समय सेवा प्रवाह रोकिन पुगेका कारणले राजस्व सङ्कलनमा कमी आएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो । रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएको लकडाउनको आदेशपश्चात् रोकिएका विकास निर्माणका काम सुरक्षाका मापदण्ड अपनाएर शुरु गर्न लगाइएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
जिल्लाभित्रका राष्ट्रिय आयोजना तथा प्राथामिकतामा रहेका योजना तथा आयोजना र अन्य निर्माणका कार्यलाई क्रमशः अघि बढाउन सहजीकरण गर्दै अघि बढिएको प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा बिहीबारका लागि तय
काठमाडौँ, ७ माघ- प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ
काठमाडौँ, ७ माघ- प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको चौथो दिनमा आज छ अधिवक्ताले बहस गर्नुभयो ।
वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन गर्ते व्यवस्था संविधानमा नभएको उल्लेख गर्दै अदालतले संविधानमा भएको व्यवस्थाको व्याख्या गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभयो । उहाँले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा विघटन गर्नु ठीक वा बेठीकभन्दा पनि संविधानमा भएको व्यवस्थालाई ध्यानमा राखेर न्याय निरुपण गर्नुपर्नेमा बहस गर्नुभयो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले जनताको सर्वोच्चतालाई ध्यानमा राखेर सर्वोच्च अदालतले व्याख्या गर्नुपर्ने र संविधानमा लेखिएको कुरा व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई भएको हुनाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
अधिवक्ता अनिता जोशी मानन्धर, झल विक, नवराज पाण्डे, गोविन्द बसौला र सुजन नेपालले नेपालको संविधानअनुसार प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था संविधानमा नभएको र पाँच वर्षका लागि निर्वाचन गरिएको हुनाले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्नुपर्ने बहस गर्नुभयो । रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट उहाँहरुले बहस गर्नुभएको हो ।
अर्का रिट निवेदक कञ्चनकृष्ण न्यौपानेको बहस आजदेखि शुुरु भएको छ । उहाँले संविधानले पाँचवर्ष नपुगीकन निर्वाचनको परिकल्पना नगरेको हुनाले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्नुपर्ने तर्क पेश गर्नुभयो । रिट निवेदकका तर्फबाट आजसम्म १८ कानून व्यवसायीले बहस गर्नुभएको छ । बिहीबार पुनः रिट निवेदककै तर्फबाट बहस हुनेछ ।
मङ्गलबार अर्थात् सुनुवाइको तेस्रो दिन अधिवक्ता रुद्र शर्मा, हर्कबहादुर रावल, शिवकुमार यादव र शेरबहादुर ढुङ्गानाले बहस गर्नुभएको थियो । सुनुवाइको दोस्रो दिन अधिवक्ता दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गर्नुभएको थियो । विषयकेन्द्रित बहसको पहिलो दिन सन्तोष भण्डारी, बद्रीराज भट्ट, डा भीमअर्जुन आचार्य र सुनिल पोखरेलले बहस गर्नुभएको थियो । गत पुस ११ गतेदेखि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।
उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२ र २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भएको थियो ।
गत पुस १० गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशानुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गरिसक्नुभएको छ ।
अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिस र निर्णयको सक्कलप्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने र प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।
अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहनुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गर्नुभएको थियो ।
रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।
त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गर्नुभएको थियो ।
कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही तथा सो सिफारिसका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा, १३३ को उपधारा, २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ । (रासस) :

कोरोना सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप
काठमाडौँ, ७ माघ – नेपालमा सङ्क्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका
काठमाडौँ, ७ माघ – नेपालमा सङ्क्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका छन् । भारत सरकारको सहयोगमा नेपालमा कोभिड–१९ विरुद्धको कोभाशिल्ड खोप १० लाख मात्रा बिहीबारदेखि आउन थालेको हो । नेपालमा कोभिड–१९ को सङ्क्रमण पहिलो पटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीलाई गत वर्ष माघ ९ गते देखिएको थियो । त्यसपछि चैत १० गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा सङ्क्रमण देखिएको थियो ।
अहिलेसम्म नेपालमा दुई लाख ६८ हजार ३१० जना सङ्क्रमति भएका छन् । यस्तै दुई लाख ६२ हजार ६४२ निको, तीन हजार ६९३ सक्रिय सङ्क्रमित र एक हजार ९७५ जनाको सङ्क्रमणबाट निधन भएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले खोप आउने बित्तिकै लगाइने बताउनुभयो । “भारतबाट खोप आएपछि हामीले भण्डारण गर्नेदेखि सबै जिल्लामा पु¥याउनका लागि ढुवानी व्यवस्थापनको तयारी पुरा छौ”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले प्राथमिकरणमा परेका व्यक्तिलाई तुरुन्तै खोप लगाउन शुरु गर्नेछौँ ।”
उहाँका अनुसार उक्त खोप दुई मात्रा व्यक्तिलाई दिइनेछ । यसरी दुई मात्रा व्यक्तिलाई दिँदा करीब पाँच लाख जनालाई खोप दिइन सकिनेछ । “भारतमा दुई मात्रा दिइएको छ । पहिलो खोप दिएको चार हप्तापछि अर्को मात्रा दिइएको छ”, उहाँले भन्नुभयो, “नेपालमा पनि दुई मात्रा दिने सोचाइ बनाएका छौँ, तर अझै निर्णय गरेका छैनाँै ।” उक्त खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)मा सूचीकृत भने छैन ।
सरकारले डब्लुएचओमा सूचीकृत नभए पनि आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ अध्यादेशमार्फत संशोधन भएअनुसार अहिले कोभाशिल्ड खोप भारतबाट ल्याई नेपालमा प्रयोग गर्न थालिएको हो ।
खोपसम्बन्धी चार वटा मापदण्डमध्ये दुई पूरा भएपछि खोप लगाउनका डब्लुएचओको सूचीकृत हुनुपर्ने अनिवार्य छैन । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचीकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता हुनुपर्नाका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौँथो नेपालको औषधि व्यवस्थापन विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ ।
कोभाशिल्डलाई भारतले मान्यता दिइ दर्ता गरेको र त्यहाँका नागरिकमा लगाएको तथा नेपालको औषधि व्यवस्थापन विभागले पनि उक्त खोपलाई दर्ता गरेकाले खोपसम्बन्धी दुई मापदण्ड पूरा गरेकाले नेपालमा ल्याई लगाउन थालिएको हो ।
खोप शाखा निर्देशक डा गौतमले भारतमा दर्ता भई त्यहाँ नागरिकमा खोप लगाएपछि नेपाली जनतालाई पनि खोप लगाउन सकिने भएकाले ल्याउन थालिएको बताउनुभयो । उहाँका अनुसार उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । कोभाशिल्ड माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिन्छ ।
सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरणमा ल्याइन थालेको १० लाख मात्रा खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापकलाई दिइने छ । बिहीबार खोप आइसकेपछि भण्डारण गरेपश्चात् खोप क्रमशः प्राथमिकीरणमा परेकालाई दिइनेछ ।
यस्तै खोप गर्भवती महिला, स्तनपान गराइरहेका महिला, गर्भवती हुने महिलालाई भने खोपले हानि गर्दछ । ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी पनि तीव्ररुपमा अगाडि बढाएको उहाँले बताउनुभयो ।
भ्याक्समार्फत ल्याउने खोपका लागि सरकारले गत मङ्सिर १९ गते (डिसेम्बर ४ तारिक)मा कूटनीतिक पत्र पठाइसकेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।
अहिले विश्वमा फाइजर एण्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भि’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) तथा चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् । (रासस)

नेपालमा ९७.९ प्रतिशत कोरोना संक्रमत निको
काठमाडौँ, ७ माघ – पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८
काठमाडौँ, ७ माघ – पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हालसम्मको कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ३१० मध्ये दुई लाख ६२ हजार ६४२ जना निको भएका छन् । आज थप ३८३ जना डिस्चार्ज भएसँगै निको हुने ९७.९ प्रतिशत पुगेको छ । हालसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ । गत २४ घण्टामा थप छको मृत्युसहित हालसम्म मृ,त्यु हुनेको सङ्ख्या एक हजार ९७५ पुगेको छ ।(रासस)

चुनावी मैदानमा नेपाली कांग्रेस
काठमाडौं । नेपाली काँग्रेसले अगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि सबै मतदातालाई मतदाता नामावली अद्यावधिक
काठमाडौं । नेपाली काँग्रेसले अगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि सबै मतदातालाई मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज परिपत्र जारी गरी मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्लाका पार्टी कार्यसमितिलाई आग्रह गरेको छ ।
उमेर पुगेका व्यक्तिको नामावली अद्यावधिकका लागि ७ सय ५३ स्थानीय निकायमा आयोगले एक साथ कार्यक्रम सञ्चालन गर्न लागेको छ । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको नेपाली कांग्रेस अन्नत चुनावी मैदानमा जान तयार भएको देख्न सकिन्छ ।
गत पौष ५ गतै प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी निवार्चनको मिति घोषणा गरेकी थिइन् ।
केही दिन अगाडी मात्र निवार्चन आयोगले निर्वाचनसम्बन्धी कार्यक्रमबारे दलहरूसँग छलफल गरेको थियो ।

नेपाललाई भारत सरकारले दियो १० लाख कोरोनाको खोप
काठमाडौँ, ७ माघ – नेपाललाई भारत सरकारले कोभिड¬–१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको
काठमाडौँ, ७ माघ – नेपाललाई भारत सरकारले कोभिड¬–१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन लागेको हो । उसले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई पनि खोप अनुदान सहायतास्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । नेपालले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउन उपयुक्त जनसङ्ख्याका रुपमा तय गरिसकेको छ ।
आज मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ह्रदयेश त्रिपाठीले र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालेछिट्टै खोप आइपुग्ने जानकारी दिनुभयो । मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूलावस्थामा पनि औषधिलगायत आपूर्ति जारी राखेकामा सराहना व्यक्त गर्दै खोप अनुदान सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो ।
सीमित देशका सीमित क्षेत्रमा मात्रै खोप उत्पादन हुँदै आएको जानकारी दिँदै उहाँले भारतले दिन लागेको खोप नेपाली परिवेशअनुसारको भण्डारण र ढुवानी गर्न सक्ने रहेको बताउनुभयो । खोप उपलब्ध हुनुलाई नेपाल¬भारतका बीचको मित्रताको अनुपम उदाहरणका रुपमा लिँदै उहाँले भारत नेपाल र छिमेकीका विषयमा उपयुक्त निर्णय गरी अघि बढेकामा धन्यवाद दिनुभयो । आगामी दिनमा पनि खोपको खरीदमा भारत सरकारको सहयोग महत्वपूर्ण हुने उहाँको भनाइ थियो । उहाँले अहिले उपलब्ध खोप पर्याप्त नभएकाले बाँकी पारदर्शी रुपमा खरिद प्रक्रिया अघि बढाइने बताउनुभयो ।
भारतीय राजदूत क्वात्राले भारतमा खोप बनेको एक हप्ताभित्रै खोप पाउने केही मुलुकमध्ये नेपाल एक रहेको जानकारी गराउनुभयो ।“खोप आउनु भनेको यहाँका जनता पहिलो प्राथमिकतामा पर्नु, दुई देशको मित्रता प्राथमिकतामा पर्नु हो र छिमेकीलाई पहिलो प्राथमिकतामा राख्नु हो”, राजदूत क्वात्राले भन्नुभयो, “यसको प्रभावकारिता ७० प्रतिशत हुने अति महत्वपूर्ण कुरा हो ।” उहाँले नेपालमा पनि खोपको सफल उत्पादनको आशा व्यक्त गर्नुभयो । उहाँले विश्वमा सफल खोपमध्ये दुई भारतमा बनेको जानकारी दिनुभयो ।
नेपालसँगको शुरुआती चरणदेखि नै सहकार्य रहेको जानकारी गराउँदै उहाँले यसअघि पनि औषधीय सामग्री र उपकरणको आदानप्रदान भएको स्मरण गर्नुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ उद्धृत गर्दै उहाँले भारतको कोभिडविरुद्धको खोप उत्पादन तथा निर्यात क्षमता सबै वर्गका लागि लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो । सोहीअनुसार भारतले अनुदानका रुपमा खोप उपलब्ध गराउन लागेको उहाँले जानकारी दिनुभयो । प्रक्रिया पूरा गरी केही दिनभित्रै खोप नेपाल आइपुग्ने समेत उहाँले बताउनुभयो ।
राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी नेपाल भारत संयुक्त आयोगको बैठकको महत्वपूर्ण विषय कोभिडविरुद्धको खोप रहेको र समकक्षी भारतीय विदेशमन्त्री डा सुब्रमन्यम जयशङ्करसँग खोपका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको थियो भन्नुभयो । उहाँले कोभिड¬–१९ विरुद्ध दुवै देश संयुक्त रुपमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
खोप अभियानको तयारी पूरा
मन्त्री त्रिपाठीले नेपालमा खोप अभियानका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले खोप ल्याउने क्रममा कुनै पनि जटिलता नरहेको बताउनुभयो ।
“खोपका लागि उपयुक्त ७२ प्रतिशतमध्ये तीन प्रतिशत सफाइकर्र्मी चिकित्साकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र एम्बुलेन्सकर्मीलाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने छ”, मन्त्री त्रिपाठीले भन्नुभयो, “यसका लागि कानूनी, प्रशासनिक, आर्थिक सबै तयारी पूरा भएको छ ।” (रासस)

प्रधानन्यायाधिश राणामा देखियो ओली सरकारको छाँया
काठमाडौं ७ माघ । आइतबार देखि निरन्तर चलिरहेको संसद विघटन विरुद्धको मुद्धामा बहस चलिरहेको छ
काठमाडौं ७ माघ । आइतबार देखि निरन्तर चलिरहेको संसद विघटन विरुद्धको मुद्धामा बहस चलिरहेको छ ।
बहस सुरु भएको दिन देखि प्रधानन्यायाधिश चोलेन्द्र शसशेर राणामा भने प्रधानमन्त्री केपी ओलीको प्रभाव परेको देख्न सकिन्छ । लगातार बहुमतको सरकारले किन संसद विघटन गर्न नहुने भन्दै आएका प्रधानन्यायाधिश नै सरकारको पक्षमा उभिएको स्पष्ट देख्न सकिन्छ ।
आज भएको बहसमा पनि वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसँग र प्रधानन्यायाधिश राणाको बिच सवालजवाफ भएको छ ।
धारा ७६ (१) र धारा ७६ (२) प्रधानमन्त्रीले संसद घिटन गर्न नपाउने भन्दै जिकिर गरेका ज्ञावालीलाई राणाले भने , ‘धारा ७६ (३) अनुसार संसदको ठूलो दलको नेता प्रधानमन्त्री हुन नसक्ने स्थिति रहेमा धारा ७६ (१) वा (२) अनुसारको प्रधानमन्त्रीले किन संसद विघटन गर्न नपाउने’ ?
आफ्नो पार्टीको समस्या विना गल्तीका सांसदहरुलाई थोपरेर प्रधानमन्त्रीले साढेको जुधाइ बाच्छाको मिछाइ हुने कार्य गरेको बताएका थिए ।

‘प्रधानमन्त्री ओली ह’ त्यारा’
काठमाडौं ७ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नेकपा र कांग्रेसले
काठमाडौं ७ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नेकपा र कांग्रेसले मधेशीलाई विभिन्न लोभमा पारी फसाउन लागेको आरोप लगाएका छन् ।
जसपाको आज सप्तरीको राजविराजमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता महतोले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सम्बोधनका क्रममा नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी मात्र नभएर महाप्रतिगमनकारी भएको समेत टिप्पणी गरेका छन् ।
अब ओलीको अन्त्य निश्चत भएको ठोकुवा गर्दै महतोले भने, ‘मधेशीको अधिकारविना सुरुमा संविधान जारी गरे अहिले त्यही संविधानको पनि हत्या गरे’ ।
आक्रोशित मुद्रामा देखिएका महतोले मञ्चमै केपी ओली मुर्दावाद भन्दै ‘मधेशीको हत्या गर्ने ओली हत्या’ रा हुन्’ भनेका छन् ।
साथमा यो पनि पढ्नुहोस्
नक्कली जग्गा धनी बनाई जग्गा किनबेचको गरेको आरोपमा उद्योगका मन्त्रालयका अधिकृत र मालपोत कार्यालयका नासु यसरी परे पक्राउ
काठमाडौं ७ माघ । जग्गा किर्ते प्रकरणमा प्रहरीले आज दूई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उद्योगका मन्त्रालयका अधिकृत विनोद दाहाल र कलंकी मालपोत कार्यालयका नासु नारायण श्रेष्ठ रहेका छन् । उनीहरुलाई महानगरिय प्रहरी परिसरले छुट्टा छुट्टै ठाउँबाट पक्राउ गरेको हो । अधिकृत दाहाललाई धनगढी जान लाग्दा त्रिभुवन विमानस्थल र नासु श्रेष्ठलाई कलंकी मालपोतमाबाटै पक्राउ गरेको हो । काठमाडौं स्थित सामाखुसीमा रहेको जग्गालाई नक्कली जगा धनी बनाई जग्गा किनबेच गरेको विशेष सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । उक्त जग्गा धनि भने विदेशमा रहेको बुझिएको छ ।
साथमा यो पनि …
४० हजारमा इज्जत फाले यि दूई सरकारी कर्मचारीले
काठमाडौं ७ माघ । सेवाग्राहीसँग घुस लिँदै गर्दा भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई टंगालबाट खटिएको आयोगलको टोलीले पक्राउ गरेको हो । नक्सा अनुसार जग्गाको क्षेत्रफल बढी भएको भनी मिलाउनलाई श्रेष्ठद्धयले सेवाग्राहीसँग ४० हजार घुस लिएका थिए ।
विशेष सुचनाको आधारमा उनीहरुलाई अख्तियारले पक्राउ गर्न सकेको हो । अहिले उनीहरुमाथि थप अनुशन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।

संसद विघटन गरेर संविधानको हत्या भयो भन्नु ‘कोलाहल निरर्थक’ हो : कमल थापा
काठमाडौं ७ माघ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष नेता कमल थापाले संविधानको हत्या भयो भन्नु
काठमाडौं ७ माघ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष नेता कमल थापाले संविधानको हत्या भयो भन्नु निरर्थक भएको बताएका छन् ।
अध्यक्ष थापाले आज ट्वीटर मार्फत संसद विघटन गर्ने निणर्य प्रतिगमन भयो , ‘कु’भयो,सविधानको हत्याभयो भन्ने कोलाहल निरर्थक भएको जनाएका हुन् ।
यो समय ताजा जनादेशमा जानु उपयुक्त भएको भन्दै नेता थापाले १४ बर्षको अभ्यास,संविधानभित्रको अन्तर्विरोध,भ्रष्टाचार/ कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठेको बताएका छन् ।
संविधान भित्रको अन्र्तविरोध ,भ्रष्टचार कुशासनले वर्तमान व्यवस्थाको औचित्य माथि प्रश्न उठेको भन्दै नेता थापाले सविधानको हत्याभयो भन्नु निरर्थक भएको बताएका हुन् ।
नेता थापाको टवीट्: संसद विघटनवारे विवाद/फरकमत हुनु स्वाभाविक छ,तर विघटनको निर्णयले प्रतिगमन भयो, ‘कु’भयो,सविधानको हत्याभयो भन्ने कोलाहल निरर्थक छ। बरु गत १४बर्षको अभ्यास,संविधानभित्रको अन्तर्विरोध,भ्रष्टाचार/कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठेकोछ।यो अवस्थामा ताजा जनादेश उपयुक्त छ।
साथमा यो पनि पढ्नुहोस्
मैले छोराछोरीलाई विदेश पढ्न नपठाइ रोल्पा रुकुमका भीरपाखामा कुदाए : प्रचण्ड
काठमाडौं, ७ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नीबुहारी विना मगरले भैरवनाथ गणमा यातना खाएको बताएका छन् । ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा कुरा गर्दै प्रचण्डले विनाले राजनीतिमा ठुलो योगदान गरेको भन्दै यस्तो बताएका हुन् । उनले बिनाको प्रशंशा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डमाथि परिवारलाई बनाउनमै केन्द्रित भएको आरोप लगाइरहेपछि उनले भनेका छन् मेरा परिवार जेलनेल यातना भोगर आएका हुन्, गणमा यातना भोगर लापता बनाइएका होइनन् र ?’ यसअघि बुहारी विना मगरलाई खानेपानी मन्त्री र छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाइएपछि प्रचण्डमाथि परिवारलाई पदमा लान केन्द्रित भएको आरोप लागेको थियो । त्यस्तै उनले ‘म निसन्तान भइनँ मेरो दोष हो ।
केपीजी निसन्तान हुनुभयो, छोराछोरी भन्न परेन भने उहाँको दोष हो र ?’ प्रचण्डले भने । क्रान्तिमा परिवारका सबै सदस्य होमिएको रोल्पा रुकुमका भीरपाखामा आफ्ना छोरीहरु कुदेको छोराछोरीलाई विदेश पढ्न नपठाएको बताएका छन् ।
यो पनि पढ्नुहोस
अनुदानमा कोरोनाको खोप
भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।
भारतको बाह्य मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी छिमेकीहरु भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको जनाउँदै आजैदेखि नेपाल, भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई खोप उपलब्ध गराउने बताएको छ ।
अफगानिस्तान, श्रीलङ्का र मरिसस्बाट भने खोपको स्पष्ट आवश्यकतासम्बन्धी जानकारी प्राप्त नभएकाले ती देशमा आवश्यकताअनुसार पछि उपलब्ध गराइने जनाइएको छ ।

संसद विघटन विरुद्ध प्रचण्ड- नेपालको मोटरसाइकल र्याली
काठमाडौं ७ माघ । नेकपाको प्रचण्ड नेपाल समूहले आज काठमाडौंमा मोटरसाइकल ¥याली निकालेका छन् ।
काठमाडौं ७ माघ । नेकपाको प्रचण्ड नेपाल समूहले आज काठमाडौंमा मोटरसाइकल ¥याली निकालेका छन् ।
संसद विघटनको विरुद्धको निरन्तर सरकारको विरोधमा प्रदर्शन गर्दै आएको प्रचण्ड नोपल समूहले आज भने मोटरसाइकल र्याली निकालेको हो ।
यही माघ नौ गते देशव्यापी विशाल प्रदर्शन गर्ने तयारी गरेको यो समूहले आज काठमाडौंको भृकुटीमण्डपबाट मोटरसाइकल र्याली सुरु गरेर थापाथली, कुपण्डोल, सातदोवाटो हुँदै तीनकुनेमा पुगेर समापन गरेको छ ।
कृषि बजारका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रटा,चार मुद्दा
काभ्रेपलाञ्चोक, ७ माघ ( काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचार मुद्दा, दायर भएको छ ।
तामाघाटस्थित मसलाबाली विकास केन्द्र ९बागबानी०को स्वामत्विमा रहेको सात रोपनी जमीनमा बजार विकास निर्देशनालय हरिहरभवन ललितपुरले करीब २४ वर्षअघि कृषिउपज बजार सञ्चालन गर्न अनुमति दिएको थियो । उक्त भ्रष्टा,चार आरोपपत्रमा श्रेष्ठले वषौँदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाइ सरकारी सम्पत्तिको हिनामिना गरी व्यक्तिगत फाइदा लिँदै आएको बताइएको छ ।
साथै, समितिका अध्यक्ष श्रेष्ठले स्टल निर्माण गर्दा लागेको खर्च एवं भाडाबापतको रकम आयव्ययमेतको विवरण पारदर्शी ढङ्गले नराखी आफूखुशी कोषाध्यक्ष दिनेश अधिकारीको सहमति र मिलेमतोमा समितिको बैंक खातामा रहेको रु १४ लाख ३८ हजार ५०० निकालेको र उक्त हिनामिना भएको रकमलाई वैधता दिन लेखापरीक्षण प्रतिवेदन बनाउने एचके अधिकारी एण्ड एशोसिएटका सञ्चालक केशव अधिकारीसमेत तीन जनालाई आरोपपत्रमा कसूर उपर सजाएको माग दाबी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिका अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरमा सोही दफा १७ मा उल्लेख भए बमोजिम हिनामिना गरेको बिगोसहित निजहरुबाट असुल उपर हुने तथा लेखापरीक्षक अधिकारीलाई समितिको लेखापरीक्षण गरी गलत प्रतिवेदन दिएको पुष्टी भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९१० बमोजिम सजायाँको माग दाबी गरिएको छ ।
तत्कालीन बजार विकास निर्देशनालयले सहकारीमार्फत सञ्चालन गर्ने उद्देश्यले अनुमति दिएछि दुई वर्ष सहकारीमार्फत बजार सञ्चालन गरेको थियो । यसपछि स्थानीय क्लबले पनि करीब दुई वर्ष खेलकूदका कार्यक्रम सञ्चालनपछि श्रेष्ठले नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाइ सरकारी सम्पत्तिको हिनामिना गर्दै आएको जनाइएको छ ।
तत्कालीन निर्देशनालयले श्रेष्ठको समितिलाई उक्त बजार छाड्न पटकपटक आग्रह गरेको थियो । तर, स्टल निर्माण गर्ने जनाउँदै बागबानीको दर्जन आँपको रुखसमेत कटान गरिएको थियो । बागबानीले भने एक वर्षअघि सार्वजनिक सूचनामार्फत श्रेष्ठको समितिलाई उक्त स्थान छाड्न आग्रह गरेपछि पाँचखाल नगर कार्यालयले समितिविरुद्ध कुनैपनि प्रक्रिया नगर्न पत्राचार गरेको थियो ।

मात्र ! तिन मिनेट बसेर सकियो प्रदेश- १ को बैठक
काठमाडौं ७ माघ । प्रदेश १ आज बसेको हिउँदै अधिवेशनको बैठक मात्र तिन मिनेट बसेर
काठमाडौं ७ माघ । प्रदेश १ आज बसेको हिउँदै अधिवेशनको बैठक मात्र तिन मिनेट बसेर सकिएको छ ।
आज सुरुभएको प्रदेश प्रमुख प्रदीप कुमार भण्डारीले आह्रान गरेको पत्र पढेर बैठक सकिएको हो ।
नेकपाका दुवै समूहका नेताहरुलाई बैठकमा बोल्न भन निषेध गरिएको थियो ।
बैठक सुरु भएका तिन मिनेटमै सभामुखले बैठक सकिएको सुचना सभामा सुनाएका थिए ।
साथमा यो पनि पढ्नुहोस्
कृषि बजारका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रटा,चार मुद्दा
काभ्रेपलाञ्चोक, ७ माघ ( काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचार मुद्दा, दायर भएको छ ।
तामाघाटस्थित मसलाबाली विकास केन्द्र ९बागबानी०को स्वामत्विमा रहेको सात रोपनी जमीनमा बजार विकास निर्देशनालय हरिहरभवन ललितपुरले करीब २४ वर्षअघि कृषिउपज बजार सञ्चालन गर्न अनुमति दिएको थियो । उक्त भ्रष्टा,चार आरोपपत्रमा श्रेष्ठले वषौँदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाइ सरकारी सम्पत्तिको हिनामिना गरी व्यक्तिगत फाइदा लिँदै आएको बताइएको छ ।
साथै, समितिका अध्यक्ष श्रेष्ठले स्टल निर्माण गर्दा लागेको खर्च एवं भाडाबापतको रकम आयव्ययमेतको विवरण पारदर्शी ढङ्गले नराखी आफूखुशी कोषाध्यक्ष दिनेश अधिकारीको सहमति र मिलेमतोमा समितिको बैंक खातामा रहेको रु १४ लाख ३८ हजार ५०० निकालेको र उक्त हिनामिना भएको रकमलाई वैधता दिन लेखापरीक्षण प्रतिवेदन बनाउने एचके अधिकारी एण्ड एशोसिएटका सञ्चालक केशव अधिकारीसमेत तीन जनालाई आरोपपत्रमा कसूर उपर सजाएको माग दाबी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिका अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरमा सोही दफा १७ मा उल्लेख भए बमोजिम हिनामिना गरेको बिगोसहित निजहरुबाट असुल उपर हुने तथा लेखापरीक्षक अधिकारीलाई समितिको लेखापरीक्षण गरी गलत प्रतिवेदन दिएको पुष्टी भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९१० बमोजिम सजायाँको माग दाबी गरिएको छ ।
तत्कालीन बजार विकास निर्देशनालयले सहकारीमार्फत सञ्चालन गर्ने उद्देश्यले अनुमति दिएछि दुई वर्ष सहकारीमार्फत बजार सञ्चालन गरेको थियो । यसपछि स्थानीय क्लबले पनि करीब दुई वर्ष खेलकूदका कार्यक्रम सञ्चालनपछि श्रेष्ठले नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाइ सरकारी सम्पत्तिको हिनामिना गर्दै आएको जनाइएको छ ।
तत्कालीन निर्देशनालयले श्रेष्ठको समितिलाई उक्त बजार छाड्न पटकपटक आग्रह गरेको थियो । तर, स्टल निर्माण गर्ने जनाउँदै बागबानीको दर्जन आँपको रुखसमेत कटान गरिएको थियो । बागबानीले भने एक वर्षअघि सार्वजनिक सूचनामार्फत श्रेष्ठको समितिलाई उक्त स्थान छाड्न आग्रह गरेपछि पाँचखाल नगर कार्यालयले समितिविरुद्ध कुनैपनि प्रक्रिया नगर्न पत्राचार गरेको थियो । ९रासस०

प्रहरीले हात पार्यो अहिले सम्मकै ठुलो सफलता ५३६.५ ग्राम खैरो हिरोइन सहित नौजना पक्राउ
काठमाडौं ७ माघ । प्रहरीले ठुलो मात्रा खैरो हेरोइन सहित नौ जनालाई पक्राउ गरेको छ
काठमाडौं ७ माघ । प्रहरीले ठुलो मात्रा खैरो हेरोइन सहित नौ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले अहिले सम्मकै ठुलो परिणाममा ५३६.५ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।
पक्राउ पर्नेहरुको साथबाट प्रहरीले ६ लाख ७१ हजार नगद रुपैंया र ७.५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेहरुको परिचय भने खुलाइएको छैन ।
साथमा यो पनि पढ्नुहोस्
कृषि बजारका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रटा,चार मुद्दा
काभ्रेपलाञ्चोक, ७ माघ ( काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचार मुद्दा, दायर भएको छ ।
तामाघाटस्थित मसलाबाली विकास केन्द्र ९बागबानी०को स्वामत्विमा रहेको सात रोपनी जमीनमा बजार विकास निर्देशनालय हरिहरभवन ललितपुरले करीब २४ वर्षअघि कृषिउपज बजार सञ्चालन गर्न अनुमति दिएको थियो । उक्त भ्रष्टा,चार आरोपपत्रमा श्रेष्ठले वषौँदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाइ सरकारी सम्पत्तिको हिनामिना गरी व्यक्तिगत फाइदा लिँदै आएको बताइएको छ ।
साथै, समितिका अध्यक्ष श्रेष्ठले स्टल निर्माण गर्दा लागेको खर्च एवं भाडाबापतको रकम आयव्ययमेतको विवरण पारदर्शी ढङ्गले नराखी आफूखुशी कोषाध्यक्ष दिनेश अधिकारीको सहमति र मिलेमतोमा समितिको बैंक खातामा रहेको रु १४ लाख ३८ हजार ५०० निकालेको र उक्त हिनामिना भएको रकमलाई वैधता दिन लेखापरीक्षण प्रतिवेदन बनाउने एचके अधिकारी एण्ड एशोसिएटका सञ्चालक केशव अधिकारीसमेत तीन जनालाई आरोपपत्रमा कसूर उपर सजाएको माग दाबी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिका अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरमा सोही दफा १७ मा उल्लेख भए बमोजिम हिनामिना गरेको बिगोसहित निजहरुबाट असुल उपर हुने तथा लेखापरीक्षक अधिकारीलाई समितिको लेखापरीक्षण गरी गलत प्रतिवेदन दिएको पुष्टी भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९१० बमोजिम सजायाँको माग दाबी गरिएको छ ।
तत्कालीन बजार विकास निर्देशनालयले सहकारीमार्फत सञ्चालन गर्ने उद्देश्यले अनुमति दिएछि दुई वर्ष सहकारीमार्फत बजार सञ्चालन गरेको थियो । यसपछि स्थानीय क्लबले पनि करीब दुई वर्ष खेलकूदका कार्यक्रम सञ्चालनपछि श्रेष्ठले नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाइ सरकारी सम्पत्तिको हिनामिना गर्दै आएको जनाइएको छ ।
तत्कालीन निर्देशनालयले श्रेष्ठको समितिलाई उक्त बजार छाड्न पटकपटक आग्रह गरेको थियो । तर, स्टल निर्माण गर्ने जनाउँदै बागबानीको दर्जन आँपको रुखसमेत कटान गरिएको थियो । बागबानीले भने एक वर्षअघि सार्वजनिक सूचनामार्फत श्रेष्ठको समितिलाई उक्त स्थान छाड्न आग्रह गरेपछि पाँचखाल नगर कार्यालयले समितिविरुद्ध कुनैपनि प्रक्रिया नगर्न पत्राचार गरेको थियो । ९रासस०

९५ वर्षिय अधिवक्ताको प्रश्न:’ छोरी कुटेर बुहारी तर्साउने ओलीले किन कारवाही गर्न सकेनन् त आफुलाई काम गर्न नदिनेलाई ‘ ?
काठमाडौं ७ माघ । संसद विघटन विरुद्ध सर्वोच्चमा परेको मुद्धाको सुनुवाई आज पनि जारी रहेको
काठमाडौं ७ माघ । संसद विघटन विरुद्ध सर्वोच्चमा परेको मुद्धाको सुनुवाई आज पनि जारी रहेको छ ।
आज बहसका क्रममा अधिवक्ता चन्द्रकान्त ज्ञावालीले पार्टीको विवादको कारण गर्दा संसद विघटन गर्न नपाइने बताएका छन् । आजबाट अधिवक्तालाई आफ्नो बहस राख्न मात्र आधा घण्टाको समय निर्धारण गरिएको छ ।
अधिवक्ता ज्ञवाली पछि ९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गरेका सुरु गरेका छन् । बहसको क्रममा अधिवक्ता भण्डारीले संसद विघटन गर्नु पुर्ण रुपमा असंवैधानिक भएको स्पष्ट पारेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद विघटनको मुद्धामा बहस गर्ने क्रममा अधिवक्ता भण्डारीले भने , ‘प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचिएको छ ।’
उनले भने, ‘छोरी कुटेर बुहारी तर्साउने काम ओलीले गरेका छन्। उनले पार्टीका मान्छेलाई देखाइदिन संसद विघटन गरे। संसदको के कसुर थियो ? ‘ बारम्बार आफुलाई काम गर्न नदिएको भन्दै आएका प्रधानमन्त्रीले काम गर्न नदिनेलाई कारवाही गर्न सक्नु पर्यो नि ।
‘जनताको वारेसको विश्वासमा काम गर्ने प्रधानमन्त्रीले आफुलाई अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा पाएपछि संविधानले नदिएको अधिकार प्रगोग गरेर संसद नै विघटन गरिदिनु भयो र जनताको वारेसलाई स्वाहा पारिदिनुभयो’ भण्डारीले भने ।
साथमा यो पनि पढ्नुहोस्
कृषि बजारका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रटा,चार मुद्दा
काभ्रेपलाञ्चोक, ७ माघ – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचार मुद्दा, दायर भएको छ ।
तामाघाटस्थित मसलाबाली विकास केन्द्र (बागबानी)को स्वामत्विमा रहेको सात रोपनी जमीनमा बजार विकास निर्देशनालय हरिहरभवन ललितपुरले करीब २४ वर्षअघि कृषिउपज बजार सञ्चालन गर्न अनुमति दिएको थियो । उक्त भ्रष्टा,चार आरोपपत्रमा श्रेष्ठले वषौँदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाइ सरकारी सम्पत्तिको हिनामिना गरी व्यक्तिगत फाइदा लिँदै आएको बताइएको छ ।
साथै, समितिका अध्यक्ष श्रेष्ठले स्टल निर्माण गर्दा लागेको खर्च एवं भाडाबापतको रकम आयव्ययमेतको विवरण पारदर्शी ढङ्गले नराखी आफूखुशी कोषाध्यक्ष दिनेश अधिकारीको सहमति र मिलेमतोमा समितिको बैंक खातामा रहेको रु १४ लाख ३८ हजार ५०० निकालेको र उक्त हिनामिना भएको रकमलाई वैधता दिन लेखापरीक्षण प्रतिवेदन बनाउने एचके अधिकारी एण्ड एशोसिएटका सञ्चालक केशव अधिकारीसमेत तीन जनालाई आरोपपत्रमा कसूर उपर सजाएको माग दाबी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिका अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरमा सोही दफा १७ मा उल्लेख भए बमोजिम हिनामिना गरेको बिगोसहित निजहरुबाट असुल उपर हुने तथा लेखापरीक्षक अधिकारीलाई समितिको लेखापरीक्षण गरी गलत प्रतिवेदन दिएको पुष्टी भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९१० बमोजिम सजायाँको माग दाबी गरिएको छ ।
तत्कालीन बजार विकास निर्देशनालयले सहकारीमार्फत सञ्चालन गर्ने उद्देश्यले अनुमति दिएछि दुई वर्ष सहकारीमार्फत बजार सञ्चालन गरेको थियो । यसपछि स्थानीय क्लबले पनि करीब दुई वर्ष खेलकूदका कार्यक्रम सञ्चालनपछि श्रेष्ठले नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाइ सरकारी सम्पत्तिको हिनामिना गर्दै आएको जनाइएको छ ।
तत्कालीन निर्देशनालयले श्रेष्ठको समितिलाई उक्त बजार छाड्न पटकपटक आग्रह गरेको थियो । तर, स्टल निर्माण गर्ने जनाउँदै बागबानीको दर्जन आँपको रुखसमेत कटान गरिएको थियो । बागबानीले भने एक वर्षअघि सार्वजनिक सूचनामार्फत श्रेष्ठको समितिलाई उक्त स्थान छाड्न आग्रह गरेपछि पाँचखाल नगर कार्यालयले समितिविरुद्ध कुनैपनि प्रक्रिया नगर्न पत्राचार गरेको थियो ।

प्रचण्डले विना मगरको प्रशंशा गर्दै भने ‘मेरी बुहारीले राजनीतिमा ठुलो योगदान गरेकी छन् भैरवनाथ गणमा यातना खाएकी हुन् ‘
काठमाडौं, ७ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नीबुहारी विना मगरले भैरवनाथ
काठमाडौं, ७ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नीबुहारी विना मगरले भैरवनाथ गणमा यातना खाएको बताएका छन् । ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा कुरा गर्दै प्रचण्डले विनाले राजनीतिमा ठुलो योगदान गरेको भन्दै यस्तो बताएका हुन् । उनले बिनाको प्रशंशा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डमाथि परिवारलाई बनाउनमै केन्द्रित भएको आरोप लगाइरहेपछि उनले भनेका छन् मेरा परिवार जेलनेल यातना भोगर आएका हुन्, गणमा यातना भोगर लापता बनाइएका होइनन् र ?’ यसअघि बुहारी विना मगरलाई खानेपानी मन्त्री र छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाइएपछि प्रचण्डमाथि परिवारलाई पदमा लान केन्द्रित भएको आरोप लागेको थियो । त्यस्तै उनले ‘म निसन्तान भइनँ मेरो दोष हो ।
केपीजी निसन्तान हुनुभयो, छोराछोरी भन्न परेन भने उहाँको दोष हो र ?’ प्रचण्डले भने । क्रान्तिमा परिवारका सबै सदस्य होमिएकोरोल्पा रुकुमका भीरपाखामा आफ्ना छोरीहरु कुदेको छोराछोरीलाई विदेश पढ्न नपठाएको बताएका छन् ।