PUBLISHED ON: September 17, 2018

जापान पुगेर ३६ नेपालीद्वारा फुजी आरोहण !

काठमाडौँ, जापानमा रहेका ३६ जना नेपालीले एकैसाथ त्यहाँको सर्वोच्च शिखर फुजी माउन्टेन आरोहण गरेका छन्

काठमाडौँ, जापानमा रहेका ३६ जना नेपालीले एकैसाथ त्यहाँको सर्वोच्च शिखर फुजी माउन्टेन आरोहण गरेका छन् ।तीन हजार ७७६ मिटर उचाइ रहेको फुजी हिमालको आइतबार उनीहरुले सफलतापूर्वक आरोहण गरेको त्यहाँ कार्यरत नेपाली अधिवक्ता बलराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सो हिमाल जापानको यमानासी प्रिफेक्चरमा अवस्थित छ ।नेपाली समुदायलाई जापानको हिमाल चढाएर त्यहाँको वास्तविकता अनुभव गराउने र दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

आरोहणमा २८ पुरुष र आठ महिला गरी ३६ जना नेपाली तथा दुई जापानी नागरिकको सहभागिता थियो । सहभागी ३८ जनाले नै सफलतापूर्वक फुजी हिमाल आरोहण गरेका हुन् । जापानी समयअनुसार शनिबार राति १२ बजेर ३० मिनेटमा आरोहण शुरु भएको थियो । समूहले आइतबार दिउँसो सफलतापूर्वक आरोहण गरेको हो ।आरोहणको पथप्रदर्शकका रूपमा जापान नेपाल सोसाइटीका निर्देशक ओकुरा योसितोमी सहभागी हुनुहुन्थ्यो । उहाँले सगरमाथा एकपटक आरोहण गरिसक्नुभएको छ ।

जापान नेपाल सोसाइटीका अर्का निर्देशक शरदकुमार गौचनले कार्यकमको संयोजन गर्नुभएको थियो । उहाँले लामो समयदेखि जापानमा विभिन्न हिमाल आरोहण गर्दै आउनुभएको छ । जापानमा करीब ८५ हजार नेपाली बसोबास गर्दै आएका छन् । ३६ जना नेपालीको समूहले पहिलो पटक जापानको अग्लो फुजी हिमाल आरोहण गरी विश्व रेकर्ड कायम गरेका हुन् ।आरोहण गर्ने सदस्यमा जापानस्थित अन्तर्राष्ट्रिय अधिवक्ता एवं जापान नेपाल सोसाइटीका निर्देशक डा बलराम श्रेष्ठ, अर्थ मन्त्रालयका उपसचिव गगनबहादुर विक, जुनतेंदो विश्वविद्यालयका प्राध्यापक डा लक्ष्मीकुमार पराजुली, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, किराँत राई योयोक्खा जापानका पूर्वअध्यक्ष रमेश राई, नेपाल आइटी भेन्चरका कार्यकारी निर्देशक कमल अधिकारी, किराँत याक्थुङ्चुम्लुङ समाजका पूर्वअध्यक्ष रिद्धि तुम्वाहाम्फेलगायत विभिन्न क्षेत्रमा योगदान दिनुहुने महानुभावको सहभगिता थियो ।

September 17, 2018
PUBLISHED ON: September 17, 2018

किन बढ्दैछ थाइल्याण्डमा नेपाली पर्यटक ?

थाइल्याण्ड, नवलपरासीका सन्तोष न्यौपाने यतिबेला परिवारको साथमा पटाया शहरमा घुमघाममा व्यस्त हुनुहुन्छ । पटाया नजिकैको

थाइल्याण्ड, नवलपरासीका सन्तोष न्यौपाने यतिबेला परिवारको साथमा पटाया शहरमा घुमघाममा व्यस्त हुनुहुन्छ । पटाया नजिकैको समुन्द्र किनारमा पोखराका सुजन पोखरेललगायतको पाँच जनाको समूह आनन्द लिइरहेको थियो । सन्तोष र सुजन मात्र होइनन्, पछिल्लो समय थाइल्याण्ड नेपालीका लागि पर्यटकीय गन्तव्य बनेको छ ।नेपालीको महान पर्व दशैँ र तिहार आउँदै गर्दा पछिल्लोपटक नेपाली नागरिक घुम्नका लागि थाइल्याण्ड आउने क्रम बढ्दै गएको छ । नेपालबाट र विश्वका अन्य देशबाट पर्यटकीय आनन्द लिनका लागि दैनिक लाखौँ मानिस थाइल्याण्ड घुम्न आउने गर्छन् । यसरी नेपाली र विश्वका मानिसहरु थाइल्याण्ड जानुका कारण त्यहाँको आकर्षण स्थान, विश्व प्रख्यात थाई मसाज र यौन आनन्द हो ।पछिल्लोपटक थाइल्याण्डका लागि दैनिक करीब ५०० वटा प्रवेशाज्ञा लिएकामध्ये करीब ३०० वटा पर्यटन प्रवेशाज्ञा लिने गरेको नेपालका लागि थाइल्याण्ड राजदूतावासले जनाएको छ । करीब रु ४०÷५० हजारमै थाइल्याण्ड घुम्न जान पाइने भएकाले नेपालीमा थाइल्याण घुम्नु एक संस्कृति जस्तै बन्दै गएको छ ।

थाइल्याण्डमा पर्यटकका लागि घुम्ने मुख्य ठाउँ फुकेट सिटी, सिफी इसल्यान, बैँकक, छिङमाई, पाइ, कान्छाना बुरी, खाओसो नेशनल पार्क र लामपाङ हुन् । थाइल्याण्ड सरकारले पताया क्षेत्रलाई छुट्टै ‘रेड एरिया’ यौन व्यवसाय क्षेत्र छुट्याएर यौन व्यवसायलाई छूट दिएको छ ।जहाँ सहनै आफूलाई मन परेका युवती र युवकसँग यौन सम्पर्क राख्न सकिन्छ । यही यौन व्यवसायले गर्दा पनि थाइल्याण्ड सरकारले लाखौँ मात्रामा देश तथा विदेशबाट पर्यटन भित्र्याउन सफल भएको पाइन्छ ।थाइल्याण भ्रमणमा रहनुभएका काठमाडौँका कुमार पौडेलले भन्नुभयो,“थाइल्याण्ड अन्य देशको तुलनामा नेपालीका लागि नजिक पनि छ, रमणीय छ, आउन जान, खान बस्न हरेक हिसाबले पैसा पनि सस्तो छ, जे होस् नेपालीका लागि थाइल्याण्ड घुम्नका लागि सबै हिसाबले ठीक छ ।”

थाइल्याण्ड दक्षिण पूर्वमा अवस्थित एक रमणीय अनि रमाइलो र सुन्दर देश हो । थाइल्याण्ड कूल १४ द्वीप मिलेर बनेको छ । थाइल्याण्डमा विशेषगरी बुद्ध (९३ प्रतिशत), इस्लाम (करीब ५ प्रतिशत) र (अन्य २ प्रतिशत) धर्म मान्ने मानिस छन् ।थाइल्याण्डको क्षेत्रफल रु पाँच लाख १३ हजार १२० किलोमिटर रहेको छ । पानीको प्रतिशत ०.४ प्रतिशत (दुई हजार २३० किलोमिटर रहेको छ । सन् २०१६ को तथ्याङ्कलाई हेर्दा थाइल्याण्डको जनसङ्ख्या करीब रु ६ करोड ८८ लाख ६३ हजार ५१४ रहेको छ । सन् २०१० मा करीब ६ करोड ४७ लाख ८५ हजार ९०९ थियो । थाइल्याण्डको आम्दानीको मुख्य स्रोत पर्यटन (कूल आम्दानीको २० प्रतिशत) हो ।

September 17, 2018
PUBLISHED ON: September 16, 2018

साउदी जाने नेपालीहरुको लागि खुसीको खबर! नेपाल सरकारले गर्यो यस्तो व्यवस्था

काठमाडौँ,- सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम

काठमाडौँ,- सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ ।छ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले उचित पारिश्रमिक पाउन सकेका थिएनन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले साउदीमा काम गर्ने नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरबमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्ने प्रस्ताव तयार पारी मन्त्रिपरिषद्को बैठकमा पेश गरेको थियो । श्रममन्त्री गोकर्ण विष्टको विशेष सक्रियतामा मन्त्रालयले उक्त प्रस्ताव तयार पारेको हो ।

पुनरवलोकन गरिएको पारिश्रमिकअनुसार साउदी अरबमा काम गर्न जाने नेपालीले अब न्यूनतम एक हजारदेखि अधिकतम ११ हजार साउदी रियालसम्म पाउनेछन् । साउदीमा रोजगारीका लागि जाने नेपाली कामदारमध्ये अधिकांश अदक्ष कामदार छन् । सरकारले लेबर, क्लिनर, हेल्पर, स्विपर, अफिस ब्वाय र वाचमेनमा काम गर्न जाने व्यक्तिलाई अदक्ष कामदारका रुपमा वर्गीकरण गरेको छ ।ती कामका लागि साउदी जाने अदक्ष नेपाली कामदारले अब न्यूनतम पारिश्रमिक साउदी रियाल एक हजार (करीब नेपाली ३० हजार) पाउनेछन् । यसअघि साउदीमा काम गर्न जाने अदक्ष कामदारको परिश्रमिक साउदी रियाल ८०० (नेपाली करीब २२ हजार) निर्धारण गरिएको थियो । ती कामदारले खाना भत्ताबापत साउदी रियाल ३०० (नेपाली करीब नौ हजार) प्राप्त गर्नेछन् । यसअघि खाना भत्ताबापत कामदारले साउदी रियाल २०० (नेपाली करीब छ हजार) पाउँदै आएका थिए ।

सरकारले अदक्ष कामदारका लागि औषधोपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात सुविधा कम्पनी वा रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने व्यवस्थासमेत गरेको छ । न्यूनतम पारिश्रमिक र अन्य सुविधा वृद्धि भएसँगै एक अदक्ष नेपाली कामदारले आवास सुविधासहित कम्तिमा मासिक साउदी रियाल एक हजार ३०० (नेपाली करीब ४० हजार) पारिश्रमिक पाउने छन् ।मेशन, ब्लक मेकर, प्लास्टरमेन, कार्पेन्टर, मेकानिकल हेल्पर, इलेक्ट्रिकल हेल्पर, स्टिल पिक्स्चर, टायल फिक्स्चर, प्लम्बर, पाइप फिटर, वेल्डर, स्काफोल्डर, एसी मेकानिक, लाउन्ड्री म्यान, वासर मेन, शप एसिष्टेन्स, सेक्युरिटी म्यान, वेटर, अस्सिटेन्ट कुक, सेल्स म्यान र इलेक्ट्रिसियनलगायत अर्धदक्ष कामदारको पनि पारिश्रमिक पुनरावलोकन गरिएको छ । उनीहरुले अनुभव र सीपका आधारमा साउदी रियाल एक हजार २०० देखि एक हजार ५०० सम्म पारिश्रमिक पाउनेछन् । यसअघि अर्ध–दक्ष कामदारले साउदी रियाल एक हजार पाउँदै आएका थिए ।

सामान्य तालीम प्राप्त अर्ध–दक्ष कामदारले साउदी रियाल एक हजार २००, दुई वर्षको कार्यानुभव भएको व्यक्तिले एक हजार ३००, चार वर्ष कार्यानुभव भएको व्यक्तिले एक हजार ४०० र पाँच वर्षको कार्यानुभव वा आधारभूत दक्ष तह (लेभल–१) व्यक्तिले साउदी रियाल एक हजार ५०० पारिश्रमिक पाउने श्रम मन्त्रालयले जनाएको छ ।तालीमप्राप्त हलुका सवारी चालकको पारिश्रमिक साउदी रियाल एक हजार ३००, दुई वर्ष अनुभव भएको चालकको एक हजार ४००, चार वर्ष अनुभव भएको चालकको एक हजार ५०० र पाँच वर्ष अनुभव भएको हलुका सवारी चालकले साउदी रियाल एक हजार ६०० पारिश्रमिक पाउनेछन् । मालबाहक सवारी चालकले साउदी रियाल एक हजार ५००, दुई वर्ष अनुभव भएकाले एक हजार ८००, चार वर्षको अनुभव भएकाले एक हजार ९०० र पाँच वर्षको अनुभव भएकाले साउदी रियाल दुई हजार २०० पाउनेछन् । मालबाहक सवारी चालकलाई प्रत्येक यात्राको यात्रा भत्ता अनिवार्य उपलब्ध गराउनुपर्ने छ ।

आधारभूत तहको अनुभव र सीप भएका प्लान्ट अपरेटर, कन्स्ट्रक्सन सुपरभाइजरको पारिश्रमिक साउदी रियाल दुई हजार, फोरम्यानको साउदी रियाल दुई हजार २०० र कन्स्ट्रक्सन इक्युपमेन्ट अपरेटर, स्काफोल्डिङ सुपरभाइजर तथा ड्राउटसम्यानको न्यूनतम पारिश्रमिक साउदी रियाल दुई हजार ५०० हुनपर्ने व्यवस्था गरिएको छ ।अर्ध–दक्ष कामदारले पनि खाना भत्ताबापत साउदी रियाल ३०० पाउनेछन् भने कामदारको औषधोपचार, द्वितर्फी हवाई टिकट, आवास र यातायात सम्बन्धित कम्पनी वा रोजगारदाताले उपलब्ध गराउनुपर्नेछ । सरकारले आधारभूत अनुभव र सीप हासिल गरेका दक्ष कामदारले पाउने पारिश्रमिक पनि पुनारावलोकन गरेको छ । दक्ष कामदारले अब खानाभत्ता साउदी रियाल ५०० सहित न्यूनतम एक हजार २०० देखि तीन हजार साउदी रियाल पाउनेछन् ।बेकर्सको साउदी रियाल एक हजार २००, कुकको एक हजार ४००, फ्रन्ट अफिसको एक हजार ५००, एडमिनिसट्रेटिभ असिस्टेन्टको एक हजार ८००, कम्युटर अपरेटरको दुई हजार, फर्मासिस्ट, ल्याबरेटोरी र टेक्निसियन तथा मेडिकल असिस्टेन्टको दुई हजार २००, एकाउन्टेन्ट, ओभरसियरको दुई हजार ५०० र नर्सको न्यूनतम पारिश्रमिक साउदी रियाल तीन हजार तोकिएको छ ।

सरकारले विशेषज्ञता हासिल गरेका व्यावसायिक कामदारको पनि पारिश्रमिक पुनरावलोकन गरेको छ । अब साउदी अरबमा काम गर्न जाने एच आर एक्जिक्युटिभले साउदी रियाल पाँच हजार पारिश्रमिक पाउनेछन् । इन्जिनियर (कम्प्युटर सेफ्टी, टेलिकम, इलेक्ट्रिोनिक, मेकानिकल, इलेक्ट्रिकल र सिभिल) ले साउदी रियाल पाँच हजार ३००, म्यानेजरले पाँच हजार ५००, जनरल म्यानेजरले न्यूनतम पारिश्रमिक साउदी रियाल छ हजार ५०० प्राप्त गर्नेछन् । चिकित्सक (जनरल फिजिसियन) सर्जन र चार्टर्ड एकाउन्टेन्टको न्यूनतम पारिश्रमिक साउदी रियाल ११ हजार तोकिएको छ ।यसअघि सरकारले २०६९ सालमा साउदी अरबमा जाने अदक्ष–अर्धदक्ष नेपाली कामदारका लागि साउदी रियाल ८०० (नेपाली करीब रु २२ हजार) पारिश्रमिक निर्धारण गरेको थियो । पारिश्रमिक पुनरवलोकनसम्बन्धी व्यवस्था नेपाल राजपत्रमा प्रकाशित भएसँगै लागू हुनेछ । पारिश्रमिक पुनरवलोकनसम्बन्धी व्यवस्था कार्यान्वयमा आएसँगै रियादस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने रोजगारदाता कम्पनीको मात्र मागपत्र प्रमाणीकरण गराउने मन्त्री विष्टले जानकारी दिनुभयो । सरकारले पारिश्रमिक पुनरवलोकन गरेसँगै साउदी अरबमा कार्यरत आप्रवासी नेपाली कामदार लाभान्वित हुने छन् । हाल साउदीमा कार्यरत कामदारको हकमा पुनः श्रम स्वीकृति जारी भएपछि नयाँ पारिश्रमिक पाउन मार्ग प्रशस्त हुनेछ ।

प्रतिवर्ष करीब पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने र रोजगारीका अभावमा तीमध्ये करीब चार लाख युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । साउदी अरब नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो । विगत दश वर्षमा साउदी अरबमा सात लाख ६५ हजार २६८ नेपाली कामदार रोजगारीका लागि गएका मन्त्रालयले जनाएको छ । त्यहाँ नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन एवं वृद्धिबाट ठूलो संख्यामा रोजगारीका लागि जाने नेपाली कामदारको आयमा वृद्धि हुनुका साथै समग्रमा वैदेशिक रोजगारीलाई बढी प्रतिफलमुखी बनाउन सहयोग पुग्ने मन्त्रालयले विश्वास गरेको छ ।रियादस्थित नेपाली दूतावासले गत पुसदेखि साउदीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगायत अन्य करको कार्यान्वयनबाट कम आयस्रोत भएका नेपाली कामदारमाथि प्रत्यक्ष असर परेको भन्दै पारिश्रमिक पुनरवलोकन गर्न सरकारलाई सुझाव दिएको थियो । भारत, श्रीलङ्का, पाकिस्तान, फिलिपिन्सलगायत देशका कामदारका तुलनामा नेपाली कामदारको न्यूनतम पारिश्रमिक प्राप्त गर्दै आएका छन् । वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ ले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वैदेशिक रोजगामा जाने कामदारले पाउने न्यूनतम पारिश्रमिक तोक्न सक्ने व्यवस्था गरेको छ ।

September 16, 2018
PUBLISHED ON: September 16, 2018

रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेल नियुक्त

सेप्टेम्बर, बर्लिन ,रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेललाई नियुक्त गरेको छ । नेपाल सरकारले नवराज पोखरेललाई रोमानियामा

सेप्टेम्बर, बर्लिन ,रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेललाई नियुक्त गरेको छ । नेपाल सरकारले नवराज पोखरेललाई रोमानियामा ब्यापार, ब्यवसाय, पर्यटन, अध्ययन तथा भ्रमण लगायतका अन्य बिभिन्न उद्देश्यबाट बसोबास गर्दै आएका नेपालीहरुको हकहित संरक्षण गर्न र उनीहरुलाई कानूनी एवम् ब्यापारिक बिषयहरुमा सहयोग प्रदान गर्न बुखारेष्ट शहरलाई कार्य क्षेत्र बनाई अवैतनिक बाणिज्यदूतको पदमा नियुक्त गरेको हो ।

नेपाल सरकारको तर्फबाट सो पदको नियुक्ति पत्र, नेपाली झण्डा र अन्य सबै आधिकारिक कागजात जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले बर्लिन स्थित नेपाली राजदूताबासमा शुक्रबार हस्तान्तरण गर्नुभएको थियो। नव नियुक्त पोखरेलले अवैतनिक वाणिज्यदूतमा नियुक्त भएसँगै सरकारले आफूलाई प्रदान गरेको यो अवसर प्रति आभार प्रकट गरेका छन्।

सन २००९ देखी नै रोमानियामा अवैतनिक वाणिज्यदूतको आवश्यकता देखी सिफारिस गर्ने रसियाका तत्कालिन नेपाली राजदूत सूर्य किरण गुरुङ, यसको पहल गर्ने राजदूतहरु डा. रबि मोहन सापकोटा, मोहन कृष्ण श्रेष्ठ, ऋषिराम घिमिरे र गैरआवासीय नेपाली संघका तर्फबाट संरक्षक राम प्रताप थापा, आईसीसीका पूर्व अध्यक्ष देवमान हिराचन प्रति पोखरेलले आभार प्रकट सहित धन्यबाद ज्ञापन गरेका छन्।

खोटाङ जिल्लाको सावा कटहरेमा २०१९ सालको चैत मसान्तमा जन्मेका पोखरेलले खोटाङ, भोजपुर र झापाबाट आफ्नो माध्यमिक स्तरको शिक्षा हासिल गरेका थिए भने उच्च शिक्षा शुरुवात त्रि-चन्द्र र अमृत साइन्स क्याम्पस काठमाडौंबाट गरे। सन् १९८६ सालमा उनलाई रोमानियाको बुखारेष्ट युनिभर्सिटीबाट पत्रकारिता बिषयमा छात्रवृत्ति प्राप्त भएको थियो। तत्कालिन युनिभर्सिटी टप गरेका पोखरेलले केही समय पछि वातावरण संरक्षणमा स्नातकोत्तर पनि गरेका छन्।

September 16, 2018
PUBLISHED ON: September 13, 2018

बुवा-आमालाई धन्यवाद दिँदै २३ वर्षे नेपाली युवकले गरे अमेरिकामा पुलबाट हामफालेर आत्महत्या, सुसाइट नोटमा भेटियो यस्तो सन्देश

काठमाडौँ । अमेरिकामा एक नेपाली युवकले आत्महत्या गरेका छन् । क्यालिफोर्नियाको हल सान पाब्लो बस्दै

काठमाडौँ । अमेरिकामा एक नेपाली युवकले आत्महत्या गरेका छन् । क्यालिफोर्नियाको हल सान पाब्लो बस्दै आएका नवलपरासी रामग्राम वडा नम्बर २ का कृष्ण भट्टका २३ वर्षिय छोरा संचित भट्टले ११ तारिखका दिन पुलबाट हाम फालेर आत्महत्या गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार संचितले रातीको ९ बजे आँफैले कार चलाएर सान राफेलको पुलबाट हाम फालेर आत्महत्या गरेका हुन् ।


प्रहरीले संचितले लेखेको सुसाइट नोट पनि फेला पारेको छ । उनको सुसाइट नोटमा आँफुलाई जन्म दिएका बा आमालाई उनले धन्यवाद दिएका छन् भने आँफुले कसैका कारण आत्महत्या नगरेको कारण समेत खुलाएका छन् । उनले सुसाइट नोटमा भनेका छन् मैले कसैको केही नबिगारेको समेत छैन । उनले आत्महत्या गरेको कारण अहिलेसम्म खुल्न सकेको छैन । संचितको अन्त्यष्टी शुक्रबार क्यालिफोर्नियाको एल सोबरनेटमा गरिने बताइएको छ ।

September 13, 2018
PUBLISHED ON: September 12, 2018

मरुभूमिमा रहेका जनावारलाई पानी लिएर गएको ट्याङकर पल्टिँदा नेपाली डाक्टर बिष्णुबाबु तिवारीको मृत्यु

ओमान – सडक दुर्घटनामा परेर ओमानमा पशु चिकित्सक डा‌। बिष्णुबाबु तिवारीको ज्यान गएको छ ।

ओमान – सडक दुर्घटनामा परेर ओमानमा पशु चिकित्सक डा‌। बिष्णुबाबु तिवारीको ज्यान गएको छ । ओमनको रोयल दिवान कोर्ट अन्तर्गत अल वस्ता जंगली जनावर संरक्षण केन्द्रमा कार्यरत तिवारीको ट्याङकर पल्टँदा ज्यान गएको हो । मरुभूमिमा रहेको जनावारलाई पानी लिएर गएको ट्याङकर पल्टँदा गम्भिर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको स्रोतले जनाएको छ ।

दुखुम क्षेत्रस्थित मरुभूमिमा रहेका जंगली जनावरको उपचारमा सक्रिय तिवारी तनहुँका स्थायी बासिन्दा हुन् ।
सन् २०१४ देखि दिवान कोर्टमा काम गर्दै आएका उनी लामो समयदेखि पशु चिकित्सकका रुपमा कार्यरत थिए । उनको शव अहिले दुखुम अस्पतालमा राखिएको र बुधबार मस्कटमा ल्याई नेपाल पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ । दुर्घटनास्थल मस्कटबाट झन्डै ७ सय किलोमिटर टाढा पर्ने भएकाले शव ल्याउन सोचेजस्तो सहज नभएको बताइएको छ ।

September 12, 2018
PUBLISHED ON: September 11, 2018

रक्सी पिएर चेक रिपब्लिकमा नेपालीबीच झगडा हुँदा एकजनाको मृत्यु, दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २६ भदौ । चेक रिपब्लिकमा नेपालीहरूबीच रक्सी पिएर झगडा हुँदा एक जनाको मृत्यु भएको

काठमाडौं, २६ भदौ । चेक रिपब्लिकमा नेपालीहरूबीच रक्सी पिएर झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।जर्मनीस्थित नेपाली दूताबासले भने एक नेपालीको मृत्युको पुष्टि गरेपनि मृत्युको कारण र घटना बिबरण भने खुलाएको छैन ।हत्यामा संलग्न रहेको अभियोगमा स्थानीय प्रहरीले दुईजनालार्इ नियन्त्रणमा लिएको बताइएको छ ।

मृतक धादिङ स्थायी घर भएका २३ वर्षीय युवक भएको र उनी कोर्कोडिले सिआर स्पोल कम्पनीमा काम गर्न ३ महिना अघिमात्र चेक रिपब्लिक आएका खुलेको छ । फरार दुईजनालाई प्रहरीले दुई घण्टाको हेलिकोप्टर अपरेशनमार्फत प्रकाउ गरेको थियो ।

मृतकका परिवारले शव नेपाल झिकाउन परराष्ट्रमा निवेदन दिएका छन् ।
शुक्रबार राति ९ बजेपछि चारजना विदेशी कामदारहरूबीच आपसी झगडा भएको र त्यसक्रममा छुरी प्रहारबाट एकजनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।

September 11, 2018
PUBLISHED ON: September 10, 2018

निडर पत्रकार रवि लामिछाने जापान आउदै , यस्तो छ रहस्य (भिडियोसहित)

नेपाल पत्रकार महासंघ जापान शाखाको वार्षिक साधारण सभा आगामी सेप्टेम्बर २१ तारिख हुने भएको छ

नेपाल पत्रकार महासंघ जापान शाखाको वार्षिक साधारण सभा आगामी सेप्टेम्बर २१ तारिख हुने भएको छ । साधारणसभा टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा हुने भएको हो। साधारण सभा बिहान १२ बजे देखि शुरु हुनेछ । साधारण सभामा महासंघका हाल सम्मका गतिबिधिको समिक्षा गरिनुका साथै आर्थिक प्रतिबेदन प्रस्तुत गरिने पनि महासंघले जनाएको छ ।

साथै महासंघको स्मारिका ’प्रवास पत्रकारिता भाग -२’ को बिमोचन गरिनुका साथै पत्रकार अक्षय कोषको पनि घोषणा गरिने महासंघका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो । साधारण सभा सकिए लगतै महासंघले सोही दिन पत्रकार रबि लामिछानेको उपस्थितिमा बिशेष अन्तर्कृया कार्यक्रमको पनि आयोजना गरेको छ ।

खुल्ला अन्तर्कृया कार्यक्रम बेलुकी ६ बजे देखि शुरु हुनेछ । ‘लामिछाने संग समाज रुपान्तरण तथा सामाजिक समस्याहरुको निराकरणमा संचार माध्यम र संचारकर्मीहरुले खेल्ने भूमिका’लगायतका विषयमा जापानवासी नेपाली समुदायबीच अन्तरकृया गरिने बताईएको छ । कार्यक्रममा लामिछानेले आफ्नो पत्रकारिताको अनुभव तथा प्रभाव एवं वर्तमान नेपाली समाजमा संचार माध्यमले खेल्नु पर्ने भूमिकाका विषयमा आफ्नो प्रस्तुति राख्नेछन् । उक्त कार्यक्रममा आमसंचार तथा लामिछानेले प्रस्तुत गरेका समसामयिक विविध घटनाक्रमहरुका बारेमा पत्रकार लामिछाने संग सहभागिहरुले आफ्ना जिज्ञासाहरु राखि अन्तर्कृया गर्न सकिने पनि महासंघले जनाएको छ ।

रबि लामिछाने पछिल्लो समय सत्य तथ्य तथा निष्पक्ष समाचार संप्रेषण गरेर चर्चामा अाइरहने एक निडर पत्रकारका रुपमा चिनिने चर्चित पत्रकार हुन । महासंघको आयोजना तथा ईजिलिंक मनि ट्रान्सफरको सहयोगमा हुने उक्त कार्यक्रममा निशुल्क सहभागी हुन सकिने छ । कार्यक्रममा सहभागिताका लागि महासंघले जापानका सबै संचारकर्मीका साथै आम जापानबासीमा अपिल पनि गरेको छ । पत्रकार महासंघ जापान प्रवास पत्रकारितालाई मूलधारको पत्रकारिता संग जोड्दै पत्रकार तथा पत्रकारिताको हित र सवलिकरण एवं निश्पक्ष सहितको सन्तुलित समाचार सम्प्रेषणमा कृयाशिल रहेको छ ।

September 10, 2018
PUBLISHED ON: September 10, 2018

पछाडीबाट गाडीले ठक्कर दक्षिण कोरियामा ओमप्रकासको ज्यान गयो, शोकमा डुब्यो परिवार

सोल । इपिएस मार्फत कोरिया आएका एक नेपालीको शनिबार सवारि दुर्घट्नामा परि मृत्यू भएको छ

सोल । इपिएस मार्फत कोरिया आएका एक नेपालीको शनिबार सवारि दुर्घट्नामा परि मृत्यू भएको छ ।मृत्यु हुनेमा पर्सा जिल्ला गढि नगरपालिकाका ४६ बर्षिय ओमप्रकास चौधरी रहेका छन् ।उनलाई पछाडीबाट गाडीले ठक्कर दिएको सोही कम्पनिमा कार्यरत राज मल्लले वताएका छन् । ‘मार्टमा जानु भएको थियो । पछाडीबाट गाडिले ठक्कर दिएछ ।’ उनले भने ।

घट्नालगतै स्थानिय प्रहरीले घइते चौधरीलाई स्थानीय अस्पतलमा पुर्याएका थिए । त्याहाँ उपचार हुन नसकेपछि तत्काल यएरएम्बुलरनसबाट उनलार्ई आजु मेडिकल कलेज सुवन लगिएको र अस्पतालले केही समय पछि नै मृत घोषणा गरेको बताइएको छ ।क्कर दिने चालक किर्गिस्थानको भएको प्रहरीले जानकारी दिएको छ ।मृतक चौधरीको श्रीमती, एक छोरा र एक छोरी रहेको छ ।

September 10, 2018
PUBLISHED ON: September 10, 2018

पछाडीबाट गाडीले ठक्कर दक्षिण कोरियामा ओमप्रकासको ज्यान गयो, शोकमा डुब्यो परिवार

सोल । इपिएस मार्फत कोरिया आएका एक नेपालीको शनिबार सवारि दुर्घट्नामा परि मृत्यू भएको छ

सोल । इपिएस मार्फत कोरिया आएका एक नेपालीको शनिबार सवारि दुर्घट्नामा परि मृत्यू भएको छ ।मृत्यु हुनेमा पर्सा जिल्ला गढि नगरपालिकाका ४६ बर्षिय ओमप्रकास चौधरी रहेका छन् ।उनलाई पछाडीबाट गाडीले ठक्कर दिएको सोही कम्पनिमा कार्यरत राज मल्लले वताएका छन् । ‘मार्टमा जानु भएको थियो । पछाडीबाट गाडिले ठक्कर दिएछ ।’ उनले भने ।

घट्नालगतै स्थानिय प्रहरीले घइते चौधरीलाई स्थानीय अस्पतलमा पुर्याएका थिए । त्याहाँ उपचार हुन नसकेपछि तत्काल यएरएम्बुलरनसबाट उनलार्ई आजु मेडिकल कलेज सुवन लगिएको र अस्पतालले केही समय पछि नै मृत घोषणा गरेको बताइएको छ ।क्कर दिने चालक किर्गिस्थानको भएको प्रहरीले जानकारी दिएको छ ।मृतक चौधरीको श्रीमती, एक छोरा र एक छोरी रहेको छ ।

September 10, 2018
PUBLISHED ON: September 9, 2018

न्युयोर्कमा भव्य रूपमा तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको उद्घाटन

प्रवाशी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघर संस्थाहरूको स्थापना गर्नु

प्रवाशी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघर संस्थाहरूको स्थापना गर्नु भए पनि अधिकांस संघ संस्थाको कार्यालयहरू अहिले सम्म पनि झोलामा मात्रै सिमित रहेको देखिन्छ ।तर, भर्खरै मात्र स्थापना भएको तामाङ समाज अमेरिकाको ८ सेप्टेम्बर २०१८ को दिन प्रमुख अतिथि नेपाली महाबाणिज्य दुताबासका कार्यवाहक महाबाणिज्यदुत पुष्पराज भट्टराईले एक भव्य समारोहको साथ नेपाली डायस्पोराका सामुदायिक गतिबिधिलाई पुनर्परिभाषित गर्ने उद्देश्य सहित तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको भव्यरूपमा उद्घाटन गर्नु भएको छ । उद्घाटन समारोहमा अमेरिकामा रहेका १२ भन्दा बढी संघरसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहको सुभारम्भमा लामा गुरुहरूबाट शुभ समारोहको पुजाअर्चना गरि औपचारिक कार्यक्रमको सुरुवात गर्नु भएको थियो । उद्घाटन समारोहको सभापतित्व तामाङ समाज अमेरिकाका अध्यक्ष सानु माया तामाङले गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि कार्यवाहक महाबानिज्यदुत पुष्परज भट्टाराईले नेपाली डायस्पोराका संघ संस्थाहरुले परम्परागत शैली भन्दा फरक ढंगले आफ्नो गतिबिधिहरु संचालन गर्नु पर्ने र प्रवासमा रहेको नेपालीहरुले एकता प्रदर्शन गर्न सकेमा सम्पूर्ण नेपालीहरुको निम्ति भलाई हुने भनाई राख्नु भएको थियो । कुनै काल खण्डमा कुनै व्यक्ति वा शासकले गरेको त्रुटीलाई मुद्धा बनाएर वर्तमानमा त्यसको क्षतिपुर्ति खोज्नु भन्दा के कसरी आफ्नो समुदाय र समाजलाई अग्रगामी बनाउन सकिन्छ त्यसबारेमा डायस्पोराका आदिवासी समुदायका संघरसंस्थाहरु लागी परेमा हाम्रो समाज द्रुतगतिमा समृद्ध बन्न सक्ने धारणा भट्टराईले राख्नु भयो ।

तामाङ समाज अमेरिका भर्खरै स्थापना भएको भए पनि यो संस्थाले नेपाली डायस्पोराका संघ संस्थासँग हातेमालो गर्दै सामुदायिक गतिबिधिलाई पुनर्परिभाषित गर्न नेतृत्वदायी भूमिका निर्बाह गर्ने तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले प्रतिवद्दता जनाउनु भयो । नयाँ शैली र नयाँ आयामबाट तामाङ समाज अमेरिकाले नेपाली डायस्पोरामा आफ्नो नेतृत्व स्थापित गर्ने र स्थानीय मुलधारको राजनीतिमा समाबेश गर्न हाम्रो दोश्रो पुस्तालाई सक्रिय गराउने भूमिकामा तामाङ समाज अमेरिका रहने उहाँले स्पष्ट पार्नु भयो ।

उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव बाबुराम लामा, नेपाली जनसम्पर्क समिति विश्व संजालका सभापती विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव भोजराज थोकर, संगठन विभाग प्रमुख वेद खरेल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष छेपक गुरुङ, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, तमु परिवार न्युयोर्कका अध्यक्ष डम्मरजंग गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ, निवर्तमान वरिष्ठ उपाध्यक्ष मणि वाङडेल राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष भरत लामा, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङछिरिंग शेर्पा, प्रेम एण्ड पुनम फाउन्डेशनका अध्यक्ष प्रेम थोकर, गैरआवासीय नेपाली संघ अमेरिकाका सहकोषाध्यक्ष पवन योन्जन लगायतले शुभकामान मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली महाबाणिज्यदुतवास न्युयोर्कका कन्सुलर क्रिशु क्षेत्री, तामाङ सोसाइटी अफ अमेरिकाका निवर्तमान अध्यक्ष शान्त थोकर, गैर आवासीय नेपाली संघ अमेरिकाका बोर्ड अफ डिरेक्टर आङनिमा गेल्जे शेर्पा, पर्यटन प्रवर्द्दन समितिका संयोजक जाङबु शेर्पा गोले, न्युयोर्क समाचार अनलाईन् न्युजका गोकुल श्रेष्ठ, खसोखास साप्ताहिकका सम्पादक अनिल अधिकारी, गैर आवासीय नेपाली संघ, अमेरिका न्युयोर्क शाखाका अध्यक्ष रामहरि अधिकारी र नेपाल विद्धार्थी संघका अध्यक्ष प्रभात सापकोटाको उपस्थिति रहेको थियो। कार्यक्रम तामाङ समाज अमेरिकाका सचिव विनिता तामाङले संचालन गर्नु भएको थियो ।

 

September 9, 2018
PUBLISHED ON: September 7, 2018

अष्ट्रेलिया पुगेर अहिलेसम्मकै लज्जास्द काम गरे यि नेपालीले, वृद्धाश्रमका ८२ वर्षे वृद्धलाई निरन्तर कुटीरहेको दृश्य बाहिरियो

एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा कार्यरत एक नेपालीले वृद्धाश्रममा बस्दै आएका वृद्धमाथि अभद्र ब्यबहार गदर्दै उनलाई

एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा कार्यरत एक नेपालीले वृद्धाश्रममा बस्दै आएका वृद्धमाथि अभद्र ब्यबहार गदर्दै उनलाई कुटसम्मको हर्कत गरेका छन् । बुपा एज्ड केयर सिफोर्डमा बस्ने ८२ वर्षे वृद्धालाई जुत्तैजुत्ताले हानेर उनको टिसर्ट जबर्जस्ती तान्ने नेपाली हुन् ३५ वर्षे प्रकाश पौडेल । जुन भिडियो अहिले समाजिक संजाल र समाचारमाध्यमहरुमा भाइरल बनिरहेको छ ।

बुपा एज्ड केयर सिफोर्डमा बस्ने ८२ वर्षे वृद्धालाई जुत्तैजुत्ताले हानेर उनको टिसर्ट जबर्जस्ती तानेको भिडियोका कारण उनी चौतर्फी रुपमा आलोचनामा तानिएका हुन् । ती वृद्धले परिवारका सदस्यलाई आफूमाथि दुर्व्यवहार भइरहेको जानकारी दिए लगत्तै परिवारका सदस्यले कोठामा भएको सिसिटिभी फुटेज हेर्दा उक्त हर्कत देखिएपछि भिडियो नै परिवारले सार्वजनिक गरिदिएको हो । पीडितकी छोरी आइडा सिलिनले आफ्ना बुवामाथिको दुर्व्यवहारको घटनाले आफूलाई विक्षिप्त भएको प्रतिक्रिया दिएकी छिन् ।

अष्ट्रेलयाको प्रहरीले बृद्धमाथी गरिएको कुटपिट र दुब्र्यबहार आपत्तिजनक भएको बताएको छ । यद्यपी
वृद्धको कोठामा क्यामरा जडान गर्नु अवैधानिक भएको प्रहरीले जनाएको छ । क्योराको विषयमा विबाद सुरु भएपछि बृद्धकी छोरीले प्रतिक्रिया दिँदै भनेकी छिन् ‘बुवाको शरिरमा निलडाम देखेपछि मैले सिसिटिभी क्यामरा राखेकी हुँ,’। पौडेलको दुर्व्यवहारको भिडियो नेपालको सोसल मिडियामा पनि भाइरल बनिरहेको छ ।

September 7, 2018
PUBLISHED ON: September 7, 2018

मलेसियामा कामदारको न्युनतम तलव बढ्यो,नेपाली कामदार पनि लाभान्वित हुने

मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली धानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी

मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली धानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी वर्षदेखि यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५० रिंगिट पाउनेछन् ।यहाँका सेवा, निर्माण, उत्पादन, कृषि, सुरक्षा लगायत विभिन्न रोजगारी क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत छन् ।हाल मलेसिया प्रायद्वीपमा न्यूनतम पारिश्रमिक मासिक १ हजार रिंगिट छ भने सावाह र सारावक क्षेत्रमा काम गर्नेहरुका लागि ९२० रिंगिट कायम छ ।

वर्तमान सरकारको गठबन्धन पाकातन हरापनले गत मे ९ को १४ औं आमनिर्वाचनको आफ्नो चुनावी प्रतिवद्धतापत्रमै निजी क्षेत्रमा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५ सय रिंगिट पुर्‍याइने उल्लेख गरिएको थियो । तर उक्त प्रतिवद्धतापत्रमा उल्लेख गरिएभन्दा निकै कम रकममात्र वृद्धि गरिएको हो ।विदेशी कामदारहरुको व्यवस्थापन गर्न कतिपय श्रमसम्बन्धी नीतिहरु परिवर्तन गर्ने बताउँदै आएको मलेसियामा विदेशी कामदारको लेभी रकम उनीहरु कार्यरत रोजगारदाताले नै तिर्नुपर्ने नीतिगत प्रावधान छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

September 7, 2018
PUBLISHED ON: September 6, 2018

साउदीमा म्याग्दीका दुईसहित पाँच नेपाली अलपत्र

बेनी,-रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि

बेनी,-रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र पर्नुभएको हो ।

अजीब अल हाजिरी कम्पनीमा सवारी चालकको काम गर्दै आए पनि आफूसँगै कार्यरत साथीलाई कुटपिट गरेको र त्यसो नगर्न आग्रह गर्दा आफूमाथि समेत दुव्र्यवहार गरिएको अलपत्र पर्नुभएका भकिम्लीका छन्त्यालले टेलिफोनमा बताउनुभयो । कान्तिपुर मेनपावर कम्पनीमार्फत दुई वर्षका लागि त्यहाँ पुग्नुभएका उहाँलाई कम्पनीले तीन वर्ष पूरा नभएसम्म घर फिर्ता हुन नदिने धम्की दिँदै आएकामा अहिले आफूहरूलाई कुटपिट गरी साथमा रहेको मोबाइल र पर्ससमेत खोसेर कम्पनीबाट निकाला गरेपछि अहिले समस्यामा परेको उहाँको गुनासो थियो । अर्का पीडित मल्कबाङका घर्तीले भन्नुभयो, ‘‘हामी यहाँ अलपत्र परेका छौँ, कम्पनीले निकालेपछि एक दिन सडकमै बितायौँ, अहिले कहाँ बस्ने र के खाने त्यो पनि ठेगान छैन ।”

आफूहरूको पासपोर्ट, लाइसेन्सलगायतका सबै कागजपत्र कम्पनीले नै राखेको र नेपाल फिर्ता हुनबाट रोक्ने, कडा परिश्रम गर्न लगाउने, शारीरिक यातना दिने गरेपछि दूतावास र श्रम अदालत धाउँदासमेत आफूहरू घर फर्कने वातावरण नबेपछि थप समस्या भएकाले आफूहरू नेपाल फर्कन चाहेको बताउँदै उहाँहरूले सबै सरोकारवालालाई घर फिर्ताका लागि पहल गरिदिन अनुरोध गर्नुभयो ।

September 6, 2018
PUBLISHED ON: September 5, 2018

वडासदस्य काम खोज्दै विदेसिए, राजीनामा नै नदिई बहराइनमा गएपछि पुन चुनाव गर्न माग

पाल्पा – पाल्पाको रभ्भा गाउँपालिका वडा नम्बर ४ का वडासदस्य डेमानसिंह सारु रोजगारी खोज्दै विदेश

पाल्पा – पाल्पाको रभ्भा गाउँपालिका वडा नम्बर ४ का वडासदस्य डेमानसिंह सारु रोजगारी खोज्दै विदेश गएका छन् ।स्थानीय तहको चुनावबाट वडा सदस्यमा निर्वाचित सारु रोजगारीका लागि बहराइन गएका हुन् ।जानकारी र राजीनामा नै नदिई बहराइन गएपछि उनको सबै सेवा सुविधा रोक्का भएको हो ।

वडा सदस्यको वैदेशिक रोजगारीमा हिँडेपछि पुन चुनाव गर्न माग गर्दै गाउँपालिकामा निवेदन परेको छ । तत्कालिन एमालेबाट वडा सदस्यमा निर्वाचित सारु विदेसिएपछि नेपाली कांग्रेस हुमिनले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएरै वडा सदस्यको चुनाव गर्न माग गरेको छ ।यसअघि प्यूठानको स्वर्गद्वारी नगरपालिका १ का वडा सदस्य कोचिवाङका नारायण पुन मगर पनि काम खोज्दै कुवेत गएको थियो ।

September 5, 2018
PUBLISHED ON: September 5, 2018

हृदयघातका कारण कुवेतमा एक नेपालीको ज्यान गयो, अचानक मुटु दुख्यो भने लगत्तै भयो मृत्यु

कुवेत – हृदयघातका कारण कुवेतमा एक नेपालीको ज्यान गएको छ । धनुषा जानकी नन्दनी गाउँपालिकाका

कुवेत – हृदयघातका कारण कुवेतमा एक नेपालीको ज्यान गएको छ । धनुषा जानकी नन्दनी गाउँपालिकाका स्थायी घर भयका पन्चलाल कपारीको हृदयघातका कारण ज्यान गएको बताइएको छ । करिब आधा दशकदेखि कुवेतको कम्बाईन कम्पनीमा कार्यरत पन्चलाल कपारीको लाई गत सोमबार साँझ अचानक मुटु दुख्यो भनेपछी क्याम्प बोसको सहयोगमा अस्पताल पुर्याइएपछि उनलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।

स्रोतका अनुसार हाल मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ । पन्चलालको शव स्वदेश ल्याउने कानुनी प्रक्रिया पूरा गर्नलाई अहिले नेपाली दूतावास लागीपरीरहेको बताइएको छ । मृतक पन्चलालको नेपालमा श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन ।

September 5, 2018
PUBLISHED ON: September 5, 2018

कतारमा रहेका नेपाली कामदारलाई खुशीको खबर, अब कम्पनीको स्वीकृति बिना नै मुलुक छाड्न पाइने

काठमाडौं । विदेशी कामदारहरुले रोजगारदाता कम्पनीको अनुमति नलिई मुलुक छाड्न सक्नेगरी नयाँ नियम आएको छ

काठमाडौं । विदेशी कामदारहरुले रोजगारदाता कम्पनीको अनुमति नलिई मुलुक छाड्न सक्नेगरी नयाँ नियम आएको छ । मंगलबार कतारले विदेशी कामदारहरुका लागि नयाँ नियम ल्याएसँगै कतारमा रहेका विदेशी कामदारहरु खुशीले प्रफुल्लित भएका छन् ।  कतारको लागि आगामी विश्वकप आर्थिक हिसाबमा निकै महत्वपूर्ण हुने भएकोले उसले सबै किसिमको विवाद समाधान गर्दै अघि बढ्नका लागी ल्याएको नयाँ रणनीति अनुरुप नै यो नियम आएको बताइन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनको दोहामा रहेको कार्यालयले अब यो नियम लागू भएसँगै कामदारहरुले रोजगारदाता कम्पनीसँग अनुमति नलिइकन मुलुक छाड्न पाउने बताएसँगै यो नियम कार्यान्वयनमा आएको हो ।

नयाँ नियम आएसँगै नेपाली कामदारहरुले राहात महशुस गर्ने धेरैको अनुमान छ । श्रम तथा अधिकारवादी संगठनहरुले अहिले पनि कतारमा रोजगारी परिवर्तन गर्दा रोजगारदाता कम्पनीको पत्र आवश्यक पर्ने प्रणाली हटाउनका लागि माग गरेका बेला आएको नयाँ नियमले के उक्त मागलाई न्याय गर्ला त ?

September 5, 2018
PUBLISHED ON: September 5, 2018

अमेरिकामा हुने तीज विशेष कार्यक्रममा गायिका जुना प्रसाईले विशेष प्रस्तुती दिने, यस्तो छ तयारी

अमेरिका । कृयाटिभ नेपाल यूथ अर्गनाइजेशनले यस वर्ष अमेरिकामा आयोजना गर्ने कार्यक्रममा गायिका जुना प्रसाईले

अमेरिका । कृयाटिभ नेपाल यूथ अर्गनाइजेशनले यस वर्ष अमेरिकामा आयोजना गर्ने कार्यक्रममा गायिका जुना प्रसाईले पनि सहभागीता जनाउने भएकी छिन् । नेपाली नारीहरुको चर्चित पर्ब तीजको अवसर ८ सेप्टेम्बर २०१८, शनिबार तीजको रमाइलो २०७५ कार्यक्रम आयोजना गरिएको छ । तीज विशेष कार्यक्रममा अन्य मनोरंजनात्मक कार्यक्रम पनि हुनेछन् ।

कार्यक्रममा डिजे एसबाबुको डिजे धमाका हुनेछ। कार्यक्रममा प्रवेशका लागी अमेरिकन डलर २० लाग्ने आयोजकले जनाएको छ । जसमा डिनर र कम्प्लिम्मेण्ट ड्रिङ्क्सको समेत ब्यबस्था गरिएको छ। १० बर्ष मुनिका नानीहरुको लागि निशुल्क प्रवेश। कार्यक्रम एल सरिटोको कम्यूनिटी सेन्टर , 7007 Moeser Ln, El Cerrito, CA 94530 मा हुने आयेजकको भनाई रहेको छ ।

September 5, 2018
PUBLISHED ON: September 5, 2018

नयाँ नियमका कारण खाडीमा कार्यरत ५० हजारभन्दा बढी नेपाली चेलीहरु घर फर्कन पाएनन्

गैरआवसीय नेपाली संघ एनआरएनएको कार्यक्रममा दुबई आएका श्रम मन्त्रालयका उपसचिव विपीन आचार्यलाई नेपाली महिलाले घेरे

गैरआवसीय नेपाली संघ एनआरएनएको कार्यक्रममा दुबई आएका श्रम मन्त्रालयका उपसचिव विपीन आचार्यलाई नेपाली महिलाले घेरे । र, सोधे, लौ भन्नुहोस्, हामीलाई कुन कानुन् प्रयोग गरेर घर फर्किनबाट रोक्नुभयो ।
आचार्य अलमल्ल परे ।

उनीहरुले प्रश्न बर्साइरहे, के हामीलाई सरकारले देशमै ५०—६० हजारको जागिर दिन सक्छ ? सक्दैन भने किन हाम्रो मुख थुन्छ ? किन बाटो छेक्न ? किन खुसी लुट्छ ? उनीहरु रहेछन् दुवईमा कार्यरत नेपाली घरेलु कामदार ।

सरकारले डेढ बर्षदेखि महिलाकाे घरेलु कामदारको श्रम स्वीकृत रोकेको छ । पहिल्यैदेखि आएर काम गरिरहेकालाई पनि पुनः श्रम स्वीकृति दिँदैन । उक्त नियमका कारण खाडीमा कार्यरत ५० हजारभन्दा बढी महिला बिदामा घर फर्कन पाएका छैनन् । जानेलाई फर्किएर आउन रोकिन्छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

September 5, 2018
PUBLISHED ON: September 4, 2018

समय परिवर्तन गरियाे कतार एयरवेजको काठमाडौँ–दोहा उडानकाे समय

काठमाडौं । कतार एयरवेजले काठमाडौं–दोहा उडानको समय परिवर्तन गरेको छ । यही सेप्टेम्बर २ देखि

काठमाडौं । कतार एयरवेजले काठमाडौं–दोहा उडानको समय परिवर्तन गरेको छ । यही सेप्टेम्बर २ देखि आफ्नो काठमाडौँ–दोहा मार्गको उडान समय परिवर्तन गरेको जनाएको छ । नयाँ समयअनुसार सबै उडान काठमाडौँबाट ०२ः१० बजे प्रस्थान गरी दोहामा ०४ः४५ मा अवतरण गर्नेछ । नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी तथा महानिर्देशक सञ्जीव गौतमको पहलमा उडान समय परिवर्तन गरिएपछि अब काठमाडौँ शहर र विश्वका अन्य गन्तव्यहरुलाई अझ नजिक्याएको छ ।

यो परिर्वतनसँगै यस सेवा नयाँ २१ घण्टे सेवाअन्तर्गत परिचालन हुनेछ । यसले बिहानको समयमा अस्तव्यस्त रहने हवाई ट्राफिक व्यवस्थित गर्न थप सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ ।

September 4, 2018
PUBLISHED ON: September 4, 2018

सुतेकै अवस्थामा कोरियामा नेपाली युवा २९ वर्षे प्रमोदको मृत्यु

कोरिया- दक्षिण कोरियामा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ।मृत्यु हुनेमा कैलाली घर भई

कोरिया- दक्षिण कोरियामा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ।मृत्यु हुनेमा कैलाली घर भई तीन वर्षदेखि कोरियामा कार्यरत २९ वर्षका प्रमोद चौधरी रहेका छन् ।

चौधरीको सोमबार बिहान सुतेकै अवस्थामा मृत्यु भएको बताइएको छ ।चौँधरी छन्छन नाम्दो स्थित एक बंगुर फार्ममा कार्यरत रहेका थिए।

‘आइतबार साँझ सँगै खाना खाएर सुतेका सहकर्मीले चौधरी बिहान अबेरसम्म नउठेपछि उठाउन जादा उनको मृत्यु भइसकेको बताइएको छ ।

September 4, 2018
PUBLISHED ON: September 3, 2018

नयॉं शक्ति कतारको पहिलो अधिवेशन सम्पन्न , अध्यक्षमा देव परियार

नयाँ शक्ति पार्टी नेपालको प्रबास संगठन अन्तरास्ट्रिय नेपाली समाज कतारले संगठनको प्रथम ऐतिहासिक अधिवेसन ३१

नयाँ शक्ति पार्टी नेपालको प्रबास संगठन अन्तरास्ट्रिय नेपाली समाज कतारले संगठनको प्रथम ऐतिहासिक अधिवेसन ३१ अगस्ट शुक्रबार का दिन दोहाको सलवारोड स्थित ताज रेस्टुरेन्टको सभा हलमा सम्पन्न गरेको छ ।

संगठनका अधिवेसन आयोजक समिति संयोजक देव परियार ज्युले सभापतित्व गर्नु भएको उक्त कार्यक्रको प्रमुख अतिथि नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय कार्यकारी सदस्य एबम प्रबास बिभाग ईन्चार्ज देबेन्द्र पराजुली ज्यु हुनुहुन्थो । कार्यक्रको सहजीकरण संगठनका प्रबक्ता सन्तोष तिमिल्सेना ले गर्नु भएको थियो । कार्यक्रमका,सभापति प्रमुख अतिथि र बिशेष अतिथि ज्यु हरु ले व्यानर अनावरणका साथै बिरुवामा पानि हालेर कार्यक्रमको उदघाट्न गर्नु भयो को थियो ।

ध्रुब क्षेत्रिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा विभिन्न वैचारिक तथा सामाजिक संस्थाका प्रमुख ज्यु हरु लगायत एन.आर.एन.ए एन.सि.सि. / आई.सि.सि. का प्रतिनिधि ज्यु हरुले शुभकामना मन्तव्य राखनु भएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम हरु पनि भएका थिए ।

कार्यक्रम लाइ सम्बोधन गर्न नेपाल बाट आउनुभएका प्रमुख अतिथि देबेन्द्र पराजुली ले पार्टी को लक्ष्य,उदेश्य लगायत आगामी कार्ययोजना बारे प्रष्ट पार्नु भएको थियो साथै उहाँले नेपालको समसामुयिक राजनीतिक बिषयमा आफ्नो धारणा राख्दै दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारको काम प्रति निराशा जनाउनु भएको थियो । जनताले ले अब बारम्बार असफल भएका लाई विस्वाश नगर्ने र विकल्प खोजेको हुनाले त्यो विकल्प नयाँ शक्ति रहेको बताउनु भएको थियो। साथै कतार एउटा सानो नेपाल जस्तो रहेको महसुश आफु ले गरेको बताउदै नेपालका युवा जनशक्ति हरु यसरि खाडीमा सस्तो श्रम बेच्नु दु:खद रहेको बताउनु भएको थियो। र नयाँ शक्ति ले चाडै नै यसको विकल्प खोज्ने पनि बताउनु भएको थियो ।
संगठन ले प्रथम ऐतिहासिक अधिवेसन बाट लोकतान्त्रिक बिधि द्वारा संगठनका कार्यसमितिका पदाधिकारी हरु सर्व सम्मत निर्वाचित गरेको छ । अध्यक्षमा देब परियार निर्वाचित हुनु भएको छ ,उपाध्यक्षहरु मनोज दाहाल,अनिल परियार , मिन बहादुर चलाउने र अब्दुल करिम मिया निर्वाचित हुनु भएको छ,त्यसैगरि प्रवक्तामा सन्तोष तिमिल्सेना,महासचिबमा मान बहादुर डाँगी, सचिबहरु नब लामिछाने र रामहरी खनाल निर्वाचित हुनु भएको छ । तेसै गरि कोषाध्यक्ष रामजी सुबेदी, सह-कोषाध्यक्ष राजु नेपालि निर्बिरोध निर्बाचित हुनु भएको छ ।
त्यस्तै सल्लाहकार समितिको संयोजकमा दुर्गा सुनार निर्बिरोध निर्वाचित हुनु भएको छ, सल्लाहकारहरु शिबराज भट्टराई ,धुर्ब क्षेत्रि ,बिरेन्द्र महतो र राजेन्द्र पाराजुली निर्वाचित हुनु भएको छ । बिज्ञ-परिषद संयोजकमा कमल घिमिरे निर्वाचित हुनु भएको छ भने अनुशासन ,अनुगमन तथा प्रसिक्षण बिभाग प्रमुखमा सि.सि. सुबेदी निर्वाचित हुनु भयको छ । संगठन बिभाग प्रमुखमा रमेश सिंह खाति निर्वाचित हुनु भएको छ । क्रमिक रुपमा विभिन्न बिभाग हरुको पनि घोषणा गरिएको थियोे युवा शक्ति अध्यक्ष नबिन रेग्मी, महिला शक्ति अध्यक्ष मेनुका श्रेष्ठ जनजाति विभाग अध्यक्ष बिजय तामाङ , दलित शक्ति अध्यक्ष तारा सुनार ,मधेश शक्ति अध्यक्षमा ललित महतो निर्वाचित हुनु भएको छ । संगठन ले क्षेत्रिय अध्यक्ष हरु पनि निर्वाचित गरेको छ जसमा सनैया क्षेत्रको अध्यक्ष पुष्पराज भण्डारी ,दोहा क्षेत्रमा सुरज क्षेत्रि ,वक्रामा बिष्णु बि.क. ,वकिरमा लक्ष्मण सुबेदी र सैलियामा अर्जुन सुनार निर्वाचित हुनु भएको छ । त्यसैगरी केन्द्रीय सदस्यमा राजु पुडासैनी , लक्ष्यमण नहावाग पाण्डे ,किरण परियार ,टोप बहादुर परियार,राज राई ,राजेन्द्र ताम्रकार ,राम बहादुर खड्का ,नारद तामाङ ,दिपेश लोप्चन,बिजय परियार ,कमलेश महतो ,दिपेन्द्र शाह ,शितल उप्रेती ,इन्दल यादब ,सकिल मिया ,नुस्ता इस्लाम मिया ,अमृत चौधरी ,इसाक भाइजान,अर्जुन सेडाई निर्वाचित हुनु भएको छ । निर्वाचित सम्पूर्ण पदाधिकारी हरु लाई प्रमुख अतिथि र विशेष अतिथि ज्यु हरु ले खादा लगाएर सम्मान गर्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।
अधिवेशन कार्यक्रमको अवसरमा नयाँ शक्ती पार्टिको आर्थिक समृद्दी सहिदको सम्मुन्नत समाज निर्माणको महान अभियान लाई आत्मासाथ गर्दै निभिन्न पार्टी परित्याग गरि ३ दर्जन युवा हरु नयाँ शक्ती पार्टी प्रबेश गर्नु भएको छ नव प्रबेशी हरु लाई अध्यक्ष र प्रमुख अथिती ले स्वागत गर्नु भएको थियो ।
अन्त्यमा:कार्यक्रमका सभापति तथा संगठनका नबनिर्बाचित अध्यक्ष देब परियारले अहिले सम्म देशमा विभिन्न आनोदोलन र उपलब्धि हरु भए पनि जनताको आर्थिक स्थिति परिवर्तन नभयको गरिबि, बेरोजगारी,पछौटेपन र देशमा दिनानुदिन बढ्दै गएको भ्रस्टाचार लाई निर्मुल पारि देश लाई आर्थिक सम्रिद्दी को बाटो तिर लम्काउन नयाँ शक्ति को आवस्यकात देखिएको बताउनु भएको थियो साथै उहाले अन्तरास्ट्रिय नपाली समाज कतार ले कतारमा रहेका विभिन्न वैचारिक संगठन ,सामाजिक संस्थाहरु, एन.अर.एन.ए. र नेपाली राजदुतावास संग हातेमालो गर्दै विगतका दिन हरुमा झै मजदुर हरुको हक र हितका निम्ति अझ शसक्त ढंग ले काम गर्ने बताउनु भएको छ । तेसैगरी कार्यक्रम लाई भव्य र सव्य तरिकाले सम्पन्न गर्न उपस्थित संघ-सस्थाकाका प्रमुख तथा प्रतिनिनिधि हरु ,कलाकारहरु , पत्रकार नयाँ शक्तिका अभियान्ता शुभचिन्तक सबै लाई धन्याबाद दिदै कार्यक्रम सम्पन्न भयको घोषणा गर्नुभएको थियो ।

September 3, 2018
PUBLISHED ON: September 3, 2018

वैदेशीक रोजगारिको पिडा : रक्तचापको समस्याले अचेत् भएर ढलेपछि एक महिनादेखि अस्पतालमा

म्याग्दी- रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान (थापा) कुबेतमै ढल्नुभयो । रक्तचापको समस्याले अचेत् भएर ढलेपछि

म्याग्दी- रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान (थापा) कुबेतमै ढल्नुभयो । रक्तचापको समस्याले अचेत् भएर ढलेपछि उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरियो । गत साउन ६ गते अकस्मात स्वास्थ्यमा गम्भीर समस्या आएपछि उहाँलाई कोमामा ( अचेत अवस्था ) राखेर उपचार गरिएको थियो । दुई हप्तापछि सामान्य होशमा आउनुभएका किसानको स्वास्थ्य पूर्ण रुपमा सामान्य अवस्थामा फर्कन अझै सकेको छैन् । उहाँ अहिले पनि आफूले काम गर्ने कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराइरहनुभएको छ । घरखर्च जुटाउन प्रवास पुग्नुभएका घरमूली नै बिरामी परेर अस्पतालमा भर्ना भएपछि यता उहाँको परिवार चिन्तित बनेको छ । कुबेतको कुक्जे कम्पनीमा कार्यरत किसान प्रवासमै थलिएपछि परिवारको गुजारा चलाउने सपना भताभुङ्ग भएको छ । दुई वर्षदेखि उक्त कम्पनीमा कार्यरत उहाँको उपचारमा लाग्ने खर्च अहिलेसम्म कम्पनीले नै व्यहोरेको सोही कम्पनीमा प्रशासन शाखामा कार्यरत राखु साझापानीका कमल भण्डारीले जानकारी दिनुभयो ।

‘‘ किसानको स्वास्थ्यमा सामान्य सुधार आएपछि कम्पनी घर पठाउने तयारीमा थियो, हामीले उहाँको पूर्ण उपचार यहीँ गरेर मात्रै नेपाल पठाउने भनेका छौं, उहाँलाई नियम अनुसारको सहयोग गर्न कम्पनीले स्वीकारेको छ, स्वास्थ्यमा क्रमिक सुधार आएकाले छिट्टै घर पठाउन सक्छौँ भन्ने लागेको छ ’’, भण्डारीले भन्नुभयो । उहाँकाअनुसार बिरामी भएपछि लामो समयसम्म बोल्नसमेत नसक्ने अवस्थाका किसान अहिले सामान्य बोल्न सक्ने भए पनि अझै पूर्ण रुपमा स्मरणशक्ति फर्किसकेको छैन् । यता अस्पतालमा उपचाररत किसानको उपचार र उहाँलाई सहज रुपमा नेपाल पठाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुबेतले चासो दिएको छ । मोना कुबेतका संयोजक प्रेम विश्वकर्मा, महासचिव चन्द्र विश्वकर्मा, कोषाध्यक्ष कुष्णबहादुर खड्काले अस्पतालमा पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । बीमा बापतको क्षतिपूर्ति लिन दूतावाससँग आवश्यक पहलको आग्रह गरिएको मोना कुबेतका महासचिव विश्वकर्माले जानकारी दिनुभयो ।

September 3, 2018
PUBLISHED ON: September 2, 2018

मलेसियामा नेपाल् ट्रेड युनियन कांग्रेस (NTUC)गठन

आर एन चौधरी थारु, मलेसिया – नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाको प्रमुख आयोजनामा कांग्रेस निकट

आर एन चौधरी थारु, मलेसिया – नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाको प्रमुख आयोजनामा कांग्रेस निकट विशेष गरि मलेसियामा कार्यरत रहनु भएका नेपाली श्रमिकहरुको निम्ति काम गर्न “श्रमको सम्मान गरौं /श्रम शक्ति नै राष्ट्रको शक्ति हो” भन्ने मुल नाराको साथ नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) राष्ट्रिय समिति काठमाडौं नेपालको तदर्थ समिति गठन भएको छ।

कांग्रेस जनसम्पर्क समिति मलेसियाको अध्यक्ष चोलाकान्त पङ्गेनीको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदुतावास मलेसियाका द्धितिय सचीव प्रेमराज गौतम ,विशेष अतिथि एन.आर.एन.ए मलेसियाका उपाध्यक्ष टेक बहादुर थापा,नेपाल् आदिवासी जनजाती महासंघ मलेसियाको महासचिव सबिन लोप्चन तामाङ ,,अतिथिहरुमा आदिवासी जनजाती पत्रकार महासंघ शाखा मलेसियाको अध्यक्ष सुनाखरी मगर,प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापक/संरक्षक तथा पत्रकार आर एन चौधरी थारु,पत्रकार दीप खादी लिम्बू ,नेपाली प्रवासी सेतोरियो कराते संघ मलेसियाको प्रतिनिधि,पत्रकार दिप खादी लिम्बू ,साहित्यकार,श्रमिकहरु लगायतको उल्लेखनीय सहभागीता रहेको थियो।

समितीका महामन्त्री योगेन्द्र कोईरालाले सञ्चालन गरेको सो कार्यक्रमको उद्घाटन सभापति चोलाकान्त पङ्गेनी ,प्रमुख अतिथि प्रेमराज गौतम ,विशेष अतिथीले संयुक्त रुपमा दिप प्रज्वलन गरि गर्नु भएको थियो भने स्वागत मन्तव्य अस्मिता सुवेदी शर्माले राख्नु भएको थियो। योगेन्द्र प्रसाद कोईरालाको संयोजजत्वमा ९ सदस्यी तदर्थ समिती गठन भएको छ । जसको सह-संयोजकमा हरि कोईराला रह्नु भएको छ भने सदस्यहरुमा क्रमश:-गणेश रावत,सन्तोष प्रकाश रिजाल ,अस्मिता सुवेदी शर्मा,दिपक अधिकारी ,राजेन्द्र प्रसाद साह,डम्बर ओखडा र संरक्षकमा चोलाकान्त पङ्गेनी रहेका छ्न। कार्यक्रममा उपस्थित सभापति,प्रमुख अतिथि,विशेष अतिथि लगायत सम्पुर्ण अतिथि महानुभावहरुले गठनमा परेका सम्पुर्ण नयाँ नयाँ कार्यसमिती सदस्यहरु लाई मनतब्यको क्रममा बधाईको साथै सफल कार्यकालको निम्ति शुभकामना दिनुभएको थियो।

September 2, 2018
Popular



Comment
Latest Updates