• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अभिनेत्री सोनम कपुर ट्याक्सी चालकको व्यवहारबाट आत्तिएको खुलासा, लेखिन यस्तो स्टाटस

अभिनेत्री सोनम कपुर ट्याक्सी चालकको व्यवहारबाट आत्तिएको खुलासा, लेखिन यस्तो स्टाटस

  • फाल्गुण १७, २०७७ सोमवार ११:५८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < ३ मिनेट
  • 357
    SHARES
  • एजेन्सी- बलिउड अभिनेत्री सोनम कपुरले ट्याक्सी चालकको व्यवहारबाट आत्तिएको सामाजिक सञ्जालमा लेखेकी छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै लन्डनमा उबर ९ट्याक्सी० प्रयोग गर्ने मानिसहरू सचेत हुन आग्रह गरेकी छन्।
    हाल पति आनन्द आहुजासँग लन्डन बस्दै आएकी अभिनेत्री कपुरले ट्वीट गर्दै ट्याक्सी प्रयोग गर्दाको डरलाग्दो अनुभवले डगमगाएको उल्लेख गरेकी छन्। उनले सर्वसाधारणलाई ट्याक्सीको विकल्पको रुपमा लन्डनको सार्वजनिक यातायात रोज्न अनुरोध गरेकी छन्।

    ‘द जोया फ्याक्टर’ फिल्मकी अभिनेत्री कपुरले ट्वीट गरेकी छन्, ‘लन्डनमा ट्याक्सी प्रयोग गर्दा मैले सबैभन्दा डरलाग्दो अनुभव पाएँ। कृपया सावधान रहनुहोस्। नागरिक दैनिकमा खबर छ ।ट्याक्सीको साटो सबैभन्दा राम्रो र सुरक्षित सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गर्दछु। म एकदम आत्तिएको छु। ट्याक्सी चालक अस्थिर थिए। एक सुरमा कराइरहेका थिए। म आत्तिएको थिएँ।’

    सन् २०१८ मा व्यवसायी आनन्द आहुजासँग विवाह गरेकी उनी लन्डनमा बस्दै आएकी छन्। बलिउडकी सबैभन्दा फेसनेबल अभिनेत्रीको सूचीमा पर्ने उनीले ‘द जोया फ्याक्टर’, ‘सञ्जु’, ‘प्याडम्यान’, ‘प्रेम र तन धन पायो’, ‘निर्जा’, ‘डली कि डोली’ लगायत फिल्ममा अभिनय गरिसकेकी छन्।

    यो पनि पढ्नुहोस्

    नर्सरीबाट वार्षिक रु २० लाख आम्दानी

    म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र सतुवाका बिरुवा र फल बिक्री गरेर सो आम्दानी गर्न सफल हुनुभएको हो ।

    जिल्लामा नमूना टिमुर कृषकको रुपमा चिनिनुभएका उहाँले दुई टनेलमा ४० हजार टिमुरको बिरुवा बिक्रीका लागि तयारी अवस्थामा राख्नुभएको छ । त्यसैगरी घरमै नर्सरी स्थापना गरेर आयुर्वेदिक औषधिका लागि प्रयोग गरिने बहुमूल्य जडीबुटी सतुवाका बिरुवा पनि उत्पादन गर्नुभएको छ । उहाँले टिमुरका बिरुवा, फल र सतुवाका बिरुवा बेचेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी हुने जानकारी दिनुभयो । सतुवाका बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउनेको घुइँचो लाग्न थालेको उहाँँले बताउनुभयो । कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीलाई प्राथमिकतामा राखेर तीन रोपनी जमिनमा बिरुवासमेत लगाउनुभएको छ । उहाँले पहिलो वर्ष ग्रीन हाउस निर्माण, जग्गाको माटो परीक्षण गरी बाहिरी जिल्लाबाट सतुवा ल्याएर लगाउनुभएको थियो । “इन्टरनेटको प्रयोग गरी धेरै ज्ञान सिके, सीप भए सतुवाबाट राम्रो कमाइ हुने रहेछ”,कृषक बानियाँले भन्नुभयो । उहाँले समूहमा आउनेलाई रु ३५ र व्यक्तिगतरुपमा आउनेलाई प्रतिबिरुवा रु ५० का दरले सतुवाका बिरुवा बिक्री गरेको जानकारी दिनुभयो । अनुकूल हावापानी हुने र बाँझो जमिनमा सतुवा खेती गर्ने गरिएको छ ।

    गत वर्ष करिब रु १५ लाख बराबरको सतुवा र टिमुरका बिरुवा बिक्री गरेका उहाँले यस वर्ष त्योभन्दा बढी आम्दानी हुने आशा गरेको बताउनुभयो । “राम्रो आम्दानी हुने टिमुरसँगै सतुवा खेतीतर्फ लागेको छु, यस वर्ष रसुवाबाट अर्डर आएको छ”, उहाँले भन्नुभयो । निजी र सामुदायिक संस्थामार्फत सतुवा खेतीका लागि बिरुवा माग्ने गरेको उहाँको भनाइ छ । समुद्री सतहदेखि एक हजार ५०० मिटरमाथि उचाइसम्म सतुवा खेतीका लागि उपयुक्त हुने भएकाले तोरीपानी आसपासका क्षेत्र सतुवाका लागि उपयुक्त हावापानी, माटो भएकाले सोचेजस्तो आम्दानी भएको कृषक उहाँको भनाइ छ ।

    उहाँले हरेक वर्ष रु छ लाखभन्दा बढीको टिमुरको बिरुवा र टिमुर बिक्री गर्ने गरेको जानकारी दिनुभयो । एक वर्षमै ४० पाथी टिमुर घरबाटै बेच्ने गरेका उहाँको खेतबारीमा रहेको बोटमा नफल्दै स्वदेश तथा विदेशबाट बुकिङ हुने गरेको जानकारी बताउनुभयो । मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाको साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिको रूपमा प्रयोग गरिने भएकाले पनि टिमुरको बजार एशियाली र युरोपेली मुलुकमा समेत अत्याधिक माग रहेको छ ।

    टिमुरपछि उहाँ पछिल्लो समय सतुवा खेतीतर्फ आकर्षित हुनुभएको छ । उहाँले तीन वर्ष अगाडि इलामबाट रु एक लाख ११ हजारको एक केजी सतुवाको बीउ लिएर शुरु गरेको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक सतुवा खेतीमा लाग्नुभएको हो । टनेलमा सतुवाको नर्सरी बनाएका बानियाँ जिल्लामा सतुवाको व्यावसायिक बिरुवा उत्पादन गर्ने पहिलो कृषक हुनुहुन्छ । उहाँका अनुसार बजारमा सतुवाको माग र मूल्य टिमुरको जस्तै उच्च छ ।

    सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ । वनजङ्गलमा पाइने सतुवाको आधुनिक खेतीलाई समुदायमा एकल वा सामूहिकरुपमा करिब १० रोपनी जमिनमा अब छिट्टै खेती गर्ने योजना रहेको कृषक बानियाँले जानकारी दिनुभयो ।

     
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com