• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

आज अपत्यारिलो तरिकाले घट्यो सुनको मूल्य, सुन पसलमा सुन किन्नेको भिड

आज अपत्यारिलो तरिकाले घट्यो सुनको मूल्य, सुन पसलमा सुन किन्नेको भिड

  • ओएसनेपाल
  • फाल्गुण १८, २०७७ मंगलवार ११:१८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < २ मिनेट
  • 7.1K
    SHARES
  • काठमाडौँ । साताको दोस्रो दिन सुनको मूल्य ह्वात्तै घटेको छ । सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मुल्य आज तोलामा १ हजार ७०० रुपैंयाले घटेर प्रतितोला ८७ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार हिजो प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबार भएको थियो ।
    सुनचाँदी व्यवसाय महासंघका अनुसार आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ६५० रुपैंया कायम भएको छ । यस्तै, चाँदीको मुल्य पनि तोलामा ४० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
     
    हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३० रुपैंया रहेको थियो । सुनको मूल्य घटेसँगै आज सुनपसलमा मानिसहरुको घुइचो नै लागेको छ ।
     
    यो पनि : प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याए लगत्तै देश दौडाहामा कस्सिए ओली :- प्रधानमन्त्री केपी शर्मा ओलीलाई लागेको थियो सर्वोच्च अदालतले पनि आफ्नै पक्षमा फैला गर्छ । तर प्रधानमनत्रीको पुष ५ गतेको प्रतिनिधिसभाको विघटलको निर्णय विरुद्ध सर्वोच्च अदालत उभिएपछि नेपालमा सर्वोच्च अदालतका निर्णयहरु स्वागतयोग्य छन् भन्ने कुरा नेपाली जनताले बुझे । तर कुरा बुझेनन् प्रधानमन्त्री ओल्ीले ।
     
    एकलौटी शैलीमा हिँडिरहेका ओलीले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली देश दौडाहा निस्किएका छन् । इतबार आफ्नो निर्वाचन क्षेत्र झापा - ५ पुगेर विभिन्न पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका प्रधानमन्त्री ओली सोमबार पोखरा पुगेर उखान टुक्का हाल्न भ्याए ।
     
    सारा भाषण प्रचण्ड र माधव नेपाल विरुद्ध ओकलेर काठमााडैँ र्फिएका ओलीले आज पनि झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । बिहान ११ बजे झापाको भद्रपुर पुग्ने ओलीले मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । त्यसलगत्तै प्रधानमन्त्री ओली बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुनेछन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com