• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

१० घण्टा लगाएर ७७ फिट लामो विशालकाय सर्प बनायो यो परिवारले, बाटो हिड्दा सर्प देख्नेहरु सबै परे चकित 

१० घण्टा लगाएर ७७ फिट लामो विशालकाय सर्प बनायो यो परिवारले, बाटो हिड्दा सर्प देख्नेहरु सबै परे चकित 

  • ओएसनेपाल
  • फाल्गुण १८, २०७७ मंगलवार १२:०३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.4K
    SHARES
  • एजेन्सी-अमेरिकाको कोलोराडो प्रदेशमा एक परिवारले बरफको एउटा ठूलो सर्प बनाएका छन् । उक्त सर्प बनाउने कलालाई धेरैले मन पराएर आश्चर्यमा समेत परेका छन् ।मन मूजली र उनका पाँच भाइ बहिनीले १० घण्टा लगाएर यो विशालकाय बरफको सर्प बनाएको समाचारमा जनाइएको छ ।  सर्पको लम्बाई  ७७ फिट ९२३ मिटर०  रहेको छ । सोसल मिडियामा एउटा भिडियो सेयर गरिँदै छ जसमा मन मूजलीको समूहले यो सर्प बनाउन कति मिहिनेत गरिएको छ भनेर देखाइएको छ ।

    tiger_x0zRSTE0K9.jpg

    सर्पलाई  आफ्नो आमाको घरको बगैँचा अगाडि बनाएका छन् । मूजलीले भनेका छन् यो समूहले सुरुमा सर्पको आकार बनायो, त्यसपछि त्यसमा स्प्रे पेन्टले रङ भरे र सेडिङ गरे  ‘जब हामी साना थियौं तब हाम्रा पिताले हामीसँग मिलाएर यस्तो बनाउने गर्नुहुन्थ्यो । हामी रमाइलो गर्नका लागि यस्ता चिज बनाउने गर्छौं ।’मूजली भन्छन्, ‘उनीहरु तस्बिर खिच्नका लागि रोकिने गर्छन् ।

    snake_ipYORUWUGk (1).jpg

    ’उनीहरुको फेसबुक पेजमा थुप्रै मानिसहरुले उनीहरुले बनाएको बरफको सर्प देखेको र उनीहरुले परिवारको उत्कृष्ट कामको तारिफ गरेका छन् ।वरिपरिबाट हिँड्ने मानिसहरु र छिमेकीहरु बरफको यो ठूलो सर्प देखेर चकित पर्ने गरेको बताइएको छ । यस अघि उनीहरुले  बरफको एउटा शानदार बाघ बनाएका थिए जसलाई स्थानीय मिडियामा असाध्यै देखाइएको थियो ।  स्नो आर्ट चर्चित भएको थियो । 

    snake1_xtr8ULQY2q.jpg

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com