• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै  मिल्नुपर्छ : वरिष्ठ नेता महतो

वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै  मिल्नुपर्छ : वरिष्ठ नेता महतो

  • ओएसनेपाल
  • फाल्गुण १८, २०७७ मंगलवार १७:२४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 135
    SHARES
  • कैलाली, १८ फागुन -जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताउनुभएको छ । जसपाले आज धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै मिल्नुको विकल्प नरहेको बताउनुभयो । “यो गोलचक्करबाट नेपाललाई मुक्ति चाहिन्छ”, उहाँले भन्नुभयो, “जबसम्म गोलचक्करबाट नेपाललाई मुक्ति मिल्दैन तबसम्म नेपालको कहिल्यै समृद्धि हुन सक्दैन र कहिले पनि नेपाली जनता अधिकार र पहिचान पाउन सक्दैनन् ।” 

    वरिष्ठ नेता महतोले संविधान र शासन पटक पटक परिवर्तन हुने तर विचार र व्यवहार चाहिँ परिवर्तन नहुनुले नै देशमा समस्या निम्तिएको बताउँदै कुर्सी र स्वार्थका लागि मुलुकमा पटक पटक राष्ट्रघात काम भएको आरोप लगाउनुभयो । उहाँले जनता समाजवादी पार्टी नै यो देशको वैकल्पिक राजनीतिक शक्ति बन्ने र त्यसले देशको विधमान समस्यालाई समाधान गर्ने बताउनुभयो । मुलुकको परराष्ट्र नीति कस्तो हुनुपर्दछ भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उहाँले परराष्ट्र नीति कुनै पार्टी वा व्यक्तिको नभई देशको हितमा हुनुपर्ने उल्लेख गर्नुभयो ।(रासस) 
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com