• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

प्रमुख प्रतिपक्षी दलको भूमिकाविहीन अवस्थाबाट देशको राजनीति तरल छ, देश संकटग्रस्त छ

प्रमुख प्रतिपक्षी दलको भूमिकाविहीन अवस्थाबाट देशको राजनीति तरल छ, देश संकटग्रस्त छ

  • ओएसनेपाल
  • फाल्गुण १८, २०७७ मंगलवार १८:०८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 239
    SHARES
  • पाँचथर । संसद पूनःस्थापनाका बाबजुद देशमा अन्योल र अस्थीरता निरन्तर रहेको समय राष्ट्रवादी शक्तिहरु प्रभावकारी रुपमा अघि बढ्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले बताएका छन् ।

    ‘राष्ट्रलाई एक ढिक्का राख्ने आधार नागरिकस्तरमा कायम रहेको राष्ट्रवादी भावना नै हो । सत्तारुढ दलको सत्ताको झगडा र प्रमुख प्रतिपक्षी दलको भूमिकाविहीन अवस्थाबाट देशको राजनीति तरल छ, देश संकटग्रस्त छ । यसर्थ राष्ट्रियता, प्रजातन्त्र र जनहितको पक्षमा राष्ट्रवादीहरु प्रभावकारी भूमिकामा आउन आवश्यक भएको छ,’ राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले भने ।

    राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) का जिल्ला उपाध्यक्ष रघुनन्दन तुम्बापोको स्मृतिमा मंगलबार आयोजित श्रद्धान्जली सभामा वक्ताहरुले स्वर्गीय तुम्बापोको सुकिर्ति र इमान्दार चरित्रको संस्मरण गरे ।राप्रपा पाँचथरका जिल्ला अध्यक्ष राजकुमार जोशीले भने, ‘राष्ट्रियतामाथि चौतर्फि प्रश्न उठीरहेको बेला रघुनन्दन तुम्बापो जस्तो सत्चरित्रका नागरिकको अभाव खट्किरहेको छ । उनको देन पार्टी र सिंगो समाजलाई उदाहरण बनीरहने छ ।’

    श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अप्रा उपरथी होम कुमार लावतीले भने, रघुनन्दन तुम्बापो एक कर्मठ, निष्ठावान राप्रपाका कार्यकर्ता थिए । उनलाई गुमाउँदा सम्पूर्ण समाज र पार्टीलाई नै अपूरणीय क्षति भएको छ ।मन्तव्य कै क्रममा जिल्ला उपाध्यक्ष कमल चेम्जोङले राष्ट्र निर्माणमा युवाहरुको सिर्जनशील भूमिकाको कदर गर्नु पर्नेमा जोड दिए । जिल्ला सदस्य गोपाल राईले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरे । 

    युवक संगठनका जिल्ला अध्यक्ष भूपेन्द्र कार्कीले रघुनन्दनसँग सहकार्य गरेको दिनहरु संस्मरण गर्दै उनले अधुरो छाडेको लक्ष्य प्राप्ति गर्ने प्रण गरे । संगठनका जिल्ला सचिव संजिव जोशीले शोकलाई शक्तिमा रुपान्तरण गरेर राष्ट्रवादी आन्दोलनलाई सही लक्ष्यमा पुर्याउने विचार राखे ।
     

     

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com