• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

‘जनताको ढाड सेक्ने गरी गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धी फिर्ता नलिए आन्दोलनको आँधीवेरी आउने

‘जनताको ढाड सेक्ने गरी गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धी फिर्ता नलिए आन्दोलनको आँधीवेरी आउने

  • ओएसनेपाल
  • फाल्गुण १८, २०७७ मंगलवार १८:३७ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 297
    SHARES
  • विज्ञप्ति । कोरोना महामारीबाट नागरिक जीवन अत्यन्तै असहज र कष्टकर भएको बेला सरकारले पेट्रोलियम पदार्थको पटक–पटक मूल्य वृद्धि गरेर जनतालाई सास्ती दिएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) ले विरोध जनाएको छ ।

    ‘नागरिकको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेको बेला जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिएको छ । एकातिर प्रधानमन्त्री भोक र रोगबाट जनतलाई जोगाउने भन्छन्, अर्कोतिर एक सातामा तीन पटक पेट्रोलियम पदार्थको मूल्य बढाउछन्,’ राप्रपा निकट युवक संगठनका अध्यक्ष फणिराज लोहनी (राजु) ले एक विज्ञप्ति जारी गर्दै भने ।

    पेट्रोलियम पदार्थको मूल्य बढाउनु भनेको सबै क्षेत्र र बस्तुमा मूल्यवृद्धि हुनु हो । त्यसर्थ पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि अविलम्व फिर्ता लिन युवक संगठनले माग गरेको छ ।

    ‘जनताको ढाड सेक्ने गरी गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धी फिर्ता नलिए राप्रयुसं (संयुक्त) ले आन्दोलनको आँधीवेरी सिर्जना गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

    जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिएको भन्दै अध्यक्ष लाहनीले आपत्ति जनाएका छन् ।‘कोरोना महामारीको कारण जनताको जनजीवन थला परेको बेला बारम्बार पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताप्रति उपेक्षा गरेको छ । सरकारको यस्तो कार्यबाट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) आश्चर्यचकित परेको छ,’ विज्ञप्तिमा उनले भने ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com