• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

इमान्दारी (लघुकथा)

इमान्दारी (लघुकथा)

  • सुरेन्द्र महर्जन "अमर "
  • फाल्गुण १८, २०७७ मंगलवार २२:३५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < ३ मिनेट
  • 478
    SHARES
  • काले एउटा सोझो केटो, कहिल्यै झुठो बोल्ने उसको बानी छैन । जसले जे भने पनि मान्ने मनमा कहीँ कतै पाप छैन । मुख्यत इमाndaरीता नै कालेको महान गहना थियो बाटोमा कसैले केही बिर्सेर गए जसको सामान हो उसैलाई पुर्याउने कालेको इमान्दारीमा दिन बितेको थियो । दु:खीको सेवा सहयोग आफ्नो कर्म मान्ने र सबको भलो चिताउने बानी थियो । झगडा गर्ने छ्ल गर्ने काम कालेबाट कहिल्यै भएको थिएन । किन कि छ्ल गरेर कति दिन पो, मान्छेको जिन्दगी चल्न सक्छ र ? हिजो गर्यो आज गर्यो, तर भोलि ? पनि त्यस्तो गर्न सकिन्न । सँधै छल गरेर जिन्दगी पनि त चल्दैन ।

    हुन त मान्छेहरू छ्ल गरेर चोरी गरेर पनि आफ्नो जिन्दगी चलाउने गर्छन् । झगडा गरेर आफ्नो बहादुरी देखाउने पनि गर्छन् तर कालेको मनमा न त छल कपटपूर्ण भावना थियोे न त कसैलाई तर्साउने बानी नै थियोे । मान्छेहरूलाई झुक्याएर अरुको सामान आफ्नो हो भन्ने घृणित सोचाइ उसको थिएन । केवल इमान्दारी नै उसको पहिचान हो । इमान्दार हुने नै उसको सपना थियोे । अरूको दु:खमा साथी बनेर दु:खीहरूको साथी, मित्रहरूको परम मित्र, अरूको दु:खमा आफ्नो प्राण नै दिने एउटा महान बिचार राख्ने होला यसकारण उसले गर्ने कार्यको सबैले तारिफ नै गर्ने गर्थे । एक दिन काले कसैको दु:खमा साथ दिन दिनभरि खाना नभनी खाजा नभनी उसैको साथ कहिले कता कहिले कथा धाउँदै थियो । करिब ३ बजेको थियो मोबाइलमा घण्टी बज्यो अनि एक जना मित्रले एउटा काम पर्यो सहयोग गरिदिन आग्रह गर्यो ।

    कालेको काम सकिएको थिएन । उसले घडी हेर्यो र ३.३० सम्म आई पुग्ने बचन गर्यो । नभन्दै ३.३० मा काले कमल पोखरीमा जुन साथीले बोलाएको हो आफ्नो मोटरसाइकल चढेर त्यहीँ पुग्यो । पार्किङ स्थलमा धेरै नै मोटरसाइकलहरू थिए । एउटा ठाउँ खाली थियो त्यहीँ उसले आफ्नो मोटरसाइकल पार्किङ गर्यो र काममा लाग्यो । साथीको काम सकाएर मोटरसाइकल लिन पार्किङ स्थलमा लाग्यो । उसले चाबी मोटरसाइकलमा हालेर मोटरसाइकल चलाएर घर आउँदै थियो । अचानक मोबाइलमा घण्टी बज्यो, बाटोमा एकातिर मोटरसाइकल साइड लगाएर मोबाइल रिसिभ गर्यो ।

    "दाई तपाईं कता हो एक जना मान्छे तपाईंसँग भेट्छु भनेकोले कल गरेको के गरुँ" कालेको आफन्त भाइले भन्यो । कालेले भाइ म बाटोमा छु एकै छिन भाइलाई भेट्न आउँछु भन्यो । कालेको भाइ नाम चलेको एक सुन्दर अनि इमान्दार पत्रकार थियो । नभन्दै केही बेरमा मोटरसाइकलबाट काले भाइकोमा पुग्यो । मोटरसाइकल रोक्यो अनि आफ्नो रेनकोट छ, छैन भनेर अगाडिको फलामको लेगार्डमा हेर्यो । उसको त्यहाँ आफ्नो सामान झुन्डिएको थिएन अनि मोटरसाइकलबाट ओर्लेर हेर्दाखेरी, मोटरसाइकल आफ्नो नभएको थाहा पायो ।

    सिधै काले भाइकोमा पुगेर भन्न थाल्यो । "लौ यो मोटरसाइकल मेरो हैन साटासाट भएछ, चाबी कसरी मिल्यो एउटै रङ्ग थियो अहिलेसम्म यस्तो भएको थिएन के गरुँ भाइ ? मोटरसाइकल यहीँ छोडेर आफ्नो मोटरसाइकल लिन जाने कि ? के गर्ने भाइ, म त बेहाल भएँ भाइ,भन्दा भाइले "चिन्ता लिनु पर्दैन दाइ" बरु यो मोटरसाइकलवाले प्रहरीको उजुरी दिन जानु भन्दा पहिला आफ्नो मोटरसाइकल लिन र अरुको मोटरसाइकल पुर्याउने सल्लाह दियो । दुबै जना मोटरसाइकल चडेर पार्किङ स्थान गयो र अरुको मोटरसाइकल छोडेर आफ्नो मोटरसाइकल लिएर आफ्नो काम तर्फ लाग्यो ।

    surendra maharjan.png

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com