• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

रक्सी छाड्नेलाई १० हजार पुरस्कार दिने यि नेपाली को हुन् ? जान्नुहोस् यिनको बारेमा रोचक तथ्य

रक्सी छाड्नेलाई १० हजार पुरस्कार दिने यि नेपाली को हुन् ? जान्नुहोस् यिनको बारेमा रोचक तथ्य

  • ओएसनेपाल
  • फाल्गुण १९, २०७७ बुधवार १६:२३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 450
    SHARES
  • काभ्रे । जीवन सोचेजस्तो कहाँ हुन्छ र ! काभ्रे पिपलचौरका कविराज श्रेष्ठको हकमा पनि त्यस्तै भयो । ठिकठाक चलिरहेको थियो जीवन । अचानक श्रीमतीको निधन भएपछि उथलपुथल भयो कविराजको जिन्दगीको लय । श्रीमतीको निधनपछि उनी गहिरो कुलतमा फँसे । मदिरा बाहेक अर्थोक केही नचाहिने भयो उनलाई । श्रीमती वियोगमा परेका उनी मदिराका लागि जे पनि त्याग्न तयार भए । काठमाडौंको तिनकुनेदेखि काभ्रेको बनेपा र हेटौंडामा जोडेको करोडौं मूल्यको जग्गा जमीन उनले मदिरामा सिध्याए ।

    ‘त्यतिबेला बुबा र म आफैंले किनेको जग्गा समेत बेचे, अहिले त्यो जग्गा फिर्ता ल्याउनु पर्यो भने पाँच करोड चाहिन्छ होला’, उनले भने ।‘रक्सी नै सबथोक लाग्थ्यो मलाई, कयौं वर्ष म रक्सी खाएर बाटोमा लावारिस भएर सुतेको छु, रक्सी खान नपाउँदा हात काप्थ्यो’, उनी थप्छन्, ‘आत्मबल पनि कमजोर हुने, अनि त्यै भएर जुन बेला पनि नसामा बस्न रुचाउने भएँ ।’ विस्तृत भिडियो कुराकानीमा हेर्नुहोस् ।

    श्रीमतीको मृत्युले बिथोलिएको कविराजको जीवन ७ वर्षपछि भने लयमा आयो । अहिले उनले मदिरा सेवन छाडे । मदिराका कारण हुने व्यक्तिगत, आर्थिक तथा सामाजिक क्षतिका भुक्तभोगी उनी अचेल पनि रक्सी छाड्न अरुलाई पनि प्रोत्साहन गर्छन् ।त्यति मात्र कहाँ हो र, उनले मदिरा छाड्छु भनेर बचनबद्धता प्रकट गर्नेहरुलाई १० हजार रुपैयाँ समेत दिन्छन् । ‘रक्सी छाड्छु भनेर आउनु पर्यो एक महिनामा पाँच हजार दिन्छु, ६ महिनापछि थप पाँच हजार दिन्छु’, उनले भने ।

    kabiraj.jpg

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com