• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ जना घा,इते

चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ जना घा,इते

  • चैत्र १२, २०७७ बिहिवार २२:२३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 159
    SHARES
  • नवलपरासी । बुटवल-नारायणगढ सडक निर्माणका चिनियाँ ठेकेदार र मजदुर पक्षबीच कार्यालय हातामा कुटाकुट भएको छ। उक्त घटनामा परी ६ जना घाइते भएका छन् । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत रजहरमा रहेको चिनियाँ साइड अफिसमा बुधबार अपराह्न उनीहरु बीच कुटाकुट भएको हो। नेपाली मजदुरहरुले चिनियाँ पक्षले आज वार्तामा बोलाएर एक्कासी कुटपिट गरेको आरोप लगाएका छन् । त्यहाँ जिल्ला प्रहरीबाट खटिएका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरीका एसपी प्रकाश मल्लले दुबै पक्षबीच हात हालाहाल भएको भन्ने जानकारीका आधारमा प्रहरी घटना साम्य भएको र ६ जना घाइते भेटिएकोले उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको जानकारी दिए । बुटवल-नारायणगढ सडक आयोजनाअन्तर्गत दाउन्ने गैंडाकोट खण्डका इन्जिनियर तथा सूचना अधिकारी कृष्ण आचार्यले माटो र डिजल चोरीको अभियोग लगाएर १३ जनाको तबल रोक्का गरेर छानबिन थालेको चिनियाँ ठेकेदार पक्षले जानकारी गराएको सुनाए । उनका अनुसार नेपाली पक्षले चिनियाँले आरोप लगाएको र आफूहरुले नचोरेको दाबी गरेका छन् । १७ अर्बको लागतमा दुई वर्षअघि चिनियाँ कम्पनीले काम जिम्मा लिएको थियो । बुटवल-नारायणगढ सडक फराकिलो पार्ने कामको जिम्मा लिएको चाइना स्टेट इन्जिनियरिंग कर्पोरेसन लिमिटेड (सिएससीइसी)को हेल्चेक्र्याइँका कारण कामले तीव्रता पाएको छैन ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com