काठमाडौँ । फुलबुट्टे सारी बोलको गीतबाट रातारात चर्चा कमाएका पल शाह र मलिका महतको जोडी अहिले भाइरल छ । यो जोडीको खोजी दर्शक, निर्देशकदेखि महोत्सबसम्म देखिन थालेको छ । यात्रा फिल्ममा अभिनय गरेर चर्चा कमाएकी मलिकाले छानेर मात्रै म्यूजिक भिडियोमा देखिने उनको बानीका कारण पनि उनी आज चर्चाको शिखरमा छिन् । फुलबुट्टे सारी र टाढा भए पनि दुई गीतको भिडियोमा साथ देखिएका पल र मलिकालाई दर्शकले पीएम जोडीको उपमा दिएसँगै यो जोडीलाई चलचित्रको पर्दामा ल्याउने तयारी गरिएको स्रोत बताउँछ ।
केन्द्रमोसन पिक्चर्सले यी दुवैलाई चलचित्रको पर्दामा ल्याउने तयारी सुरु गरेको हो। दुवै म्युजिक भिडियोपनि यहि कम्पनिले निर्माण गरेको थियो। यतिबेला चलचित्रको स्क्रिप्टको काम भैरहेको केन्द्रमोसन पिक्चर्स प्रतिनिधिले हामीलाई जानकारी गराएका छन्। स्क्रिप्टको काम भएका कारण यस विषयमा निर्माण यूनिटले अहिलेसम्म केही बोलेको छैन ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology