एजेन्सी-हरिणको सिंगमा माकुराको जालो भरिएको एक तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । अफ्रिकी मुलुक बोत्स्वानामा हरिणको सिंगमा माकुराको जालो भरिएको तस्विर बाहिर आएको हो । कालाहारी वन्यजन्तु आरक्षमा हरिणको सिंगमा माकुरोले जालो बनाएको देख्दा पर्यटकहरू समेत अचम्मा परेका थिए ।
सफारीमा गएको समूहले हरिणको टाउकोमा फोहर अड्केको भन्ठानेर छुटाउन खोज्न जाँदा पर्यटकहरूले माकुराको बाक्लो जालो भएको थाहा पाए । हरिणका दुई सिंगको बीचको भागमा माकुराको जालो भरिएर माथि सम्म आएको छ । उक्त हरिणको सिंगमा मात्र नभइ अनुहारमा समेत जालो फैलिएको थियो ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology