ओएसनेपाल, एचबी ताम्राकार ।नेपालकै गौरवको रुपमा रहेको राष्ट्रीय आबिस्कार केन्द्रका प्रमुख तथा वैज्ञानिक महावीर पुनको तिन दिने नवलपुर र चितवनको भ्रमण अत्यन्तै फलदायक बनेको छ।
नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बिद्यालयहरुको शैक्षिक स्तर कसरि सुधार्ने, गाउँमा उत्पादन भएको कृषिजन्य उपजहरु लाई कसरी प्रशोधन र बजारीकरण गर्ने, फोहर मैलालाई कसरी रिसाइकल गर्ने, गाउँमा कसरी अनुसन्धान केन्द्र खोल्ने र संचालन गर्ने भन्ने कुराहरुमा गहन छलफल भएको थियो ।
संञ्जालमा वैज्ञानिक पुन लेख्नुहुन्छ- 'गाउँ पालिकाले बजेटमा के कति रकम छुट्याउछन ? यी सबै कुराहरुको अनुसन्धान तथा बिकासको लागी मैले सुझाब दिएको रकम हरेक बर्ष पुँजीगत खर्चको बढीमा ५% रकम हो । हेरौ न त, हुप्सेकोट गाउँपालिकामा कत्तिको साहसी नेताहरु रहेछन।'
त्यसपछी चितवनको श्रीपुर भन्ने ठाउँमा भएको कार्यक्रममा कालो झिंगा (Black Soldier Fly) लाई पालेर त्यसको लार्भाबाट कसरी कुखुरा, माछा र अन्य जनावरहरुको दान बनाउने भन्ने थियो । यो कार्यक्रम राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा भाईबहिनीहरुले अनुसन्धान गरेका थिए र तालिम पनि उनीहरुले नै संचालन गरेका हुन् ।त्यो तालिममा दाङ, गुल्मी ,पाल्पा, बुटवल, पोखरा, तनहुँ, चितवन, भक्तपुर, खोटांग, झापा, मोरंग, इलाम जस्ता धेरै जिल्लाहरु बाट ३८ जना कृषकहरुले भाग लिएका थिए । यो कार्यक्रम कत्तिको उपयोगी र व्यवसायिकमुलक हुन्छ भनेर अबको केहि बर्षमा थाहा हुने वैज्ञानिक पुनको राय रहेको छ ।
कृषि तथा वन विश्वबिद्यालय रामपुरको प्राध्यापक ड़ा. अर्जुन कुमार श्रेष्ठज्युले बिशाल श्रेष्ठ भाईको समुहले गरेको निकै ठुलो स्ट्रबेरी (काफल)को फर्म पनि महावीर पुनले अवलोकन गर्ने अवसर पाउनु भएको थियो ।उक्त फर्ममा जाने आगन्तुकहरुले आफैले नै बारी बाट स्ट्रबेरी टिप्ने र पैसा तिरेर लैजाने व्यवस्था गरेर कृषि पर्यटनको अबधारणाको विकास गरेका रहेछन ।यो सवै देश हितकारी कामको प्रशंसा गर्दै पुनले सवैलाई धन्यवादपनि दिनु भएको थियो ।
आफ्नो ३ दिने भ्रमणको अन्तिम दिन भरतपुर पुगेपछी चर्चित पाईलट क्याप्टेन विजय लामासंग भेट गर्ने माहौलपनि जुरेको थियो ।वैज्ञानिक पुनले भने हामी गफ गर्दै गर्दै गुटुङ्गटुङ्ग काठमान्डौ आईपुग्यौ ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology