• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

तराईका ‘लवण्डा डान्सर’, २९ वर्ष नेपालदेखि भारतसम्म (फिचर)

तराईका ‘लवण्डा डान्सर’, २९ वर्ष नेपालदेखि भारतसम्म (फिचर)

  • ओएसनेपाल
  • फाल्गुण २०, २०७७ बिहिवार १८:५६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < ३ मिनेट
  • 715
    SHARES
  • पर्सा । २९ वर्षदेखि महिलाको भेषमा नाच्ने गाउने एउटा पुरुष । जो जीवनमा पुरुष भन्दा महिलाको अवतारमा बढ्ता देखिए । नाच्ने गाउने काम नै पेसा बनाएका झण्डै ४५ वर्षका छोटेलाल पासवान विस्तारै महिलाको भेषमै रमाउन थाले ।पर्साको जिराभवानी गाउँपालिका–१, शान्तिनगरका छोटेलाल दाईको यो यात्रा बडो संघर्षमय छ । सर्पले टोकेर बुबा बितेपछि किशोर अवस्थामै घर छाडे उनले । घर छोडेपछि उनको पहिचान पनि फेरियो । उनी दाईबाट सबैको दिदि बने । छोटेलाल दाइको चाल फेरियो । बोल्ने शैली फेरियो । लगाउने पहिरन फेरियो ।
     
    उनि पूर्णरुपमा केटि बने । घरपरिवार चलाउने जिम्मेवारी आफ्नो काँधमा आएपछि छोटेलाल दाइले आफ्नो पहिचान पनि दाउमा लगाइदिएका थिए । उनी नाच समुहमा सामेल भए, अनि केटि बनेर देस दुनियाँमा धमका पिट्न थाले ।छोटेलाल दाई छोरो मान्छे, छोरी बनेर कम्मर मर्काउन थाले । छोरो मान्छे छोरी बनेर हजारौं दर्शकको ध्यान तान्न उनलाई कम्ता गाह्रो थिएन ।
     
    तर घरमा बसेर हलो, कोदालो चलाउन भन्दा छोटेलाललाई केटि बनेर दर्शकलाई लट्ठ बनाउन सजिलो हुन थाल्यो । दुई दिदिबहिनी र आमा पाल्न घरै छोडेर छोरोबाट छोरी बनेका छोटेलाल दाइले पहिलो महिना २ हजार कमाए । केही दिन उनलाई नाच्न र गित गाउन सिक्न प¥यो । उनमा केटिको स्वभाव बिस्तारै बढ्दै गयो । त्यसपछि विभिन्न नाच समुहमा छोटेलाल दाइको माग पनि बढ्न थाल्यो । उनको माग बढेसँगै आम्दानी पनि बढ्यो । राम्रो आम्दानी हुन थालेपछि घरका पनि खुसी भए । छोटेलाल दाई केटि बनेरै दर्शकका प्रिय बने ।
     
    कोशौ टाढाबाट उनको नाच हेर्न मान्छेहरु घण्टौं हिंडेर आउन थाले । उनी २२ बर्षसम्म नेपालमा नाचे । नाच समुहमा उनी नायिकाको भुमिकामा देखा पर्थे । गीत उस्तै मिठो । अभिनय अब्बल ।‘छोटेलाल दाई केटि बन्यो । केटासँग लवण्डा बनेर नाच्छ ।’ यो खबर डडेलो झै गाउँमा फैलियो । गित संगितको र अभिनयको दुनियाँको जमिरहेका उनलाई घर आउँदा सबैले जिस्काउथें । कतिले त लायकको केटो खोजेर बिहे गर्न सुझाए ।
     
    छोटेलाल दाई लाजले भुतुक्कै हुन्थें ।गाउँ घरमा साथी भाईले जति जिस्काए पनि उनकोे रफ्तार रोकिएन । बिदामा घर आउँदा मात्रै छोटेलाल दाईलाई आफु केटो मान्छे भएको भान हुन्थ्यो । उनलाई त्यती बेलै थाहा हुन्थ्यो, घरमा आफु भन्दा राम्री श्रीमती पनि छन् । उनको एक छोरो र दुई छोरी छन् । केटि बनेरै उनको जिवनस्तर फेरियो । दुई छोरीको बिहेबारी गरे । छोरोलाई पुग्ने सम्पती जोडिदिए ।
     
    आँफैले रोजेको पेसाले छोटेलाल दाइलाई सन्तोष मिलेका छ ।पर्साको जिराभवानी गाउँपालिका वडा नम्वर २ सान्तिनगरका छोटेलाल अहिले भारतको केन्द्रिय राजधानी दिल्लीमा बस्दै आएका छन् । जवानीले भरिपुर्ण हुँदा नायिका बनेर नाच समुहमा उनले तहल्का पिटे ।उमेर बढ्दै गएपछि उनी दिल्ली पसे ।
     
    कसैको घरमा छोराछोरी जन्मियो, विहेबारी भयो भने उनको समुह रमाइलो गर्न स्थानीयको दैलोमै पुग्छन् । गाउँछन् । नाच्छन् । घरधनीसँग पैसा झार्छन् । छोराछोरी आफ्ना आफन्त सबैले अब घरमै बस्न छोटेलाई दाईलाई दबाब दिन थालेका छन् । तर उनलाई घर बस्न मन छैन । घरमा बस्दा उनलाई छोरो मान्छे भएर बस्न पर्छ, जुन उनलाई निकै गाह्रो छ । अब उनलाई घरमा बसेर घरको काम गर्न आउँदैन । त्यसैले समय स्वास्थ्यले साथ दिउञ्जेल छोटेलाल दाई दिदि बनेरै नाच्ने सोच बनाएका छन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com