काठमाडौं चैत २५ । चीनबाट अनुदान स्वरुप आएको कोभिड १९ कोरोना भाइरस विरुद्धको आठ लाख डोज 'भेरोसेल' खोप आजबाट लगाइने भएको छ । देशका विभिन्न २३ वटा खोप केन्द्रमा लगाइने यो खोप १८ देखि ५९ वर्ष उमेर समुहलाई लगाइने भएको छ ।
चीनबाट अनुदान स्वरुप आएको यो भोरासेल खोप प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पहिलो चरणमा खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा खटिने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि दिइने छ ।
खोप अभियान काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवालगायत जिल्लामा सुरु भएको छ ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology