काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ५ सयले बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology