काठमाडौँ २५ चैत । लोक सेवा आयोगले भारी संख्यामा कर्मचारी आवश्यकता भएको भन्दै विज्ञापन खुलाएको छ । आयोगले आज ४७१ जना कर्मचारीको माग सहित । राजपत्र अनंकित द्धितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहमा प्रतियोगात्मक परीक्षाले पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
आयोगले आन्तरिक प्रतियोगिता, महिला, खुला तथा समावेशी पदहरुमा नायब जल विज्ञान सहायक, इन्जिनयर, नायब मौसम विज्ञान सहायक, मेकानिक्स, अपरेटर, अमिन, नायब पशु स्वास्थ्य प्राविधिक, अ.हे.व,सहायक कम्प्यूटर अपरेटर, गणक, इलेक्ट्रिसियन, सिनियर मिस्त्री, मुद्रण सहायक,हेड फिल्ड असिस्टेन्ट,सिनियर गेम स्काउट लगायतका सेवाकालागि कर्मचारी माग गरिएको हो ।
आयोगले काठमाडौंका लागी ७८ जना, धनकुटाकालागि कुल ४८ जना, खोटाङमा ५ जना र इलामका लागि १४ जना माग गरेको छ । यस्तै , विभिन्न पद, सेवा, समूह र उपसमूहमा कार्यरत हुन हेटौंडा कार्यालयमा २७ जना, पोखरामा ५४ जना, बाग्लुङ कार्यालयकालागि २२ जना र बुटवलमा ३७,दाङ कार्यालयमा ३६ जना, सुर्खेत कार्यालयमा ३० जना, जुम्लाकालागि १२ जना, दिपायलमा २३ जना र महेन्द्रनगरका लागि १५ जनाकालागि दरखास्त आह्वान गरेको छ ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology