सल्यान २५ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टीकाअध्यक्ष्य केपी शर्मा ओलीले मुलुकमा दिउँसै रात पार्ने काम सुरु गरेको बताएका छन् । सल्यानमा आयोजित एक कार्यक्रममा अध्यक्ष्य प्रचण्डले केपी ओली नामले व्यक्तिद्वार संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र सम्द्धिको सपना किल्चिदिने र विदेशी शक्तिका सामू आत्मसमर्पण गरेको भन्दै दिउँसै रात पार्ने काम गरेको बताएका हुन् ।
सर्वोच्चले माग विपरित दिएको फैसलाले अचम्मित भएको बेला यो सिस्टममा सर्वोच्च अदालतले भनेपछि मान्दिनँ भन्न नपाइने भन्दै प्रचण्डले भने,'जबकि त्यो रिट पर्या थियो, नामको विवादमा । एमाले र माओवादी अलग गरिदिनुपर्यो भन्ने दाबी रिट निवेदकले गरेकै होइन । अदालतले नाम अर्को बनाउनुससम्म भन्ला भनेका थियौं हामीले, तर अनौठो भयो' ।
कार्यक्रममा प्रचण्डले ओलीको दिउँसै रात पार्ने कामको विरोधमा सबै जनता जागरुक हुनुपर्ने तर्क राखेका छन् । 'जनता सबैतिर जागरुक हुनुपर्यो, जनता सबै उठ्नुपर्यो,' प्रचण्डले भने । लामो संघर्ष पछि ल्याएको मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन आफु लागि परेको समेत बताएका छन् । मा आइपुगेको भन्दै प्रचण्डले त्यसको रक्षा गर्न आफू लागि परेको बताए ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology