• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न राष्ट्रवादी शक्ति एकढिक्का हुनुपर्ने : अध्यक्ष थापा

धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न राष्ट्रवादी शक्ति एकढिक्का हुनुपर्ने : अध्यक्ष थापा

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार ०७:०६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 54
    SHARES
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न मुलुकमा राष्ट्रवादी शक्ति दलगत स्वार्थ त्यागेर अब एकढिक्का हुनुपर्नेमा जोड दिनुभएको छ । राप्रपा मकवानपुरद्वारा   हेटौँडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सवद्र्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणका निम्ति अबको विकल्प भनेकै राप्रपा भएको दाबी गर्नुभयो ।

    उहाँले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रिय हित नहुने बताउनुभयो । प्रमुख दलले सत्ता र शक्तिको निमित्त मात्रै प्रतिस्पर्धा गर्ने होडबाजीले देशमा राजनीतिक दुर्घटना निम्तिने खतरा बढेको उहाँको भनाइ थियो । प्रशिक्षण कार्यक्रममा नवनिर्वाचित वडा तहदेखि जिल्ला कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको राप्रपा जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com