• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

सिन्धि हिन्दु अल्पसंख्यकलाई साथ दिने अमेरिकी सांसदको भनाई 

सिन्धि हिन्दु अल्पसंख्यकलाई साथ दिने अमेरिकी सांसदको भनाई 

  • चैत्र २६, २०७७ बिहिवार १०:४९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 97
    SHARES
  • पाकिस्तानमा सिन्धि हिन्दु समुदायमाथि मानवअधिकार हनन भइरहेको आलोचना भईरहँदा उनीहरुलाई समर्थन गर्ने अमेरिकी सांसदले बताएकी छिन् । 
    अमेरिकी सांसद इलेनोर होम्स नोर्टनले अमेरिकामा सिन्धि फाउन्डेसनले आयोजना गरेको लङ वाक अफ फ्रडम, नेचर एण्ड लभ शिर्षक पदयात्राको प्रशंसा गर्दै नोर्टनले सिन्धि समुदायलाई समर्थन देखाएकी हुन् । मानव अधिकार तथा जलवायु परिवर्तनबारे जनचेतना फैलाउन सिन्धि फाउन्डेसनले आयोजना गरेको तीन सय पचास माइल लामो पदयात्रा को सांसद नोर्टनले प्रशंसा गरेकी हुन् । कोभिड १९ माहामारि ले धेरै अलपसंख्यक समुदायहरुको अबस्था नाजुक बनेको र उनीहरुको हक अधिकारका लागि एक भई लड्नुपर्ने नोर्टनले जोड दिईन् । सिन्धि संस्कृतिले विविध धर्म सम्प्रदायबीच शान्ति, समावेशीता कायम गर्ने पनि उनले बताईन् । सिन्धि समुदाय जस्तै विश्वमा अन्य विभिन्न अलपसंख्यक तथा पिछडीएका समुदायहरुले पनि विभिन्न समाजिक समस्या झेल्नुपरेको उनले बताईन् ।

    यो पदयात्रा कार्यक्रमले मानवअधिकारको वकालत गर्न, जलवायु परिवर्तबारे जनचेतना जगाउन तथा समुदायहरुबीच पुलको काम गर्ने भन्दै यो पहललाई समर्थन गर्न मानबअधिकारकर्मीहरुलाई उनले आग्रह गरिन् । केही समयअघि अमेरिका, बेलायत र क्यानडामा आधारित सिन्धि मानवअधिकारबादी संगठन वल्र्ड सिन्धि कंग्रेसले पाकिस्तान धार्मिक असहिष्णु भएको देश भन्दै बेलायति सांसदहरु जीम सानोन, मेरी रिमर र डेभिड अलटोनलाई लिखित पत्र बुझाएको थियो । धार्मिक असहिष्णुता भएको पाकिस्तानमा बसोबास गर्न सिन्धि हिन्दुहरुलाई अत्यन्त कठिन भएको संगठनले उल्लेख गरेको थियो । सिन्ध प्रान्तमा हिनदुहरुमाथि अपहरण,बलपुर्वक धर्म परिवर्तन, बलपूर्वक चन्दा असुली जस्ता मानवअधिकार हननको क्रियाकलाप हुने गरेको पत्रमा उल्लेख थियो । पाकिस्तानमा पछिल्लो समय हिन्दुको मन्दिरहरुमा  आक्रमणको घटना बढिरहेको भएपनि सुरक्षाकर्मीले समेत घटनामाथि कारबाही नगरेको संगठनले टिप्पणी गरेको थियो । पाकिस्तानमा अल्पसंख्यक समुदायको सुरक्षाका लागि काम नगरेको भन्दै अन्तराष्ट्रिय मानवअधिकारबादी समुदायले आलोचना गर्दै आएको छ । स्रोत जी फाईभ

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com