काठमाडौं । जमिन मुनी फल्ने मुला अनेक प्रजातीका हुन्छन् । विश्वको कुनै पनि ठाँउमा सजिलै उत्पादन हुने मुला तरकारी ,सलाद तथा विभिन्न रोगको लागि प्रयोग गरिन्छ । यसलाई काँचै तथा पकाएर खान सकिन्छ । यसको कलिला पातलाई साग बनाए खान सकिन्छ भने अलि छिपिएको पातलाई सुकाएर गुन्द्रुक पनि बनाउँन सकिन्छ ।
गुन्दु्रकलाई पनि काँचै साधेर वा पकाएर सुप खान सकिन्छ । मुलालाई सानो पिस बनाएर काटेर सुकाएमा यसको चाना बन्छ जसलाई पकाएर खान सकिन्छ । मूलाको गेडालाई अचार बनाएर पनि खान सकिन्छ भने यसको तेल पनि निकाल्न सकिन्छ । यस्तो बहुयपयोगी तरकारी मुलालाई यस्ता रोगको लागि पनि प्रयोग गर्न सकिन्छ ।
मूला काँचै नियमित खाएमा तथा यसको पातको तरकारी बनाएर खाएमा जुनसुकै किसिमको पायल्सलाई पनि लाभदाय मिल्छ ।गर्मीको प्रभाव देखि खट्टी डकारहरु आउँछ भने एक कप मूलाको जुसमा मिश्री मिसाएर पीउने गरेमा यसबाट छुटकारा पाउन सकिन्छ ।
मधुमेह रोग भएकाहरुले यसको सेवन गर्दा स्वास्थ्यमा राम्रो गर्छ , मृगौलाको खराबीले पिसाब बन्न बन्द भएमा मूलाको रसको मात्रा मिलाएर खानाले फेरि पिसाब बन्न सुरु गर्छ ।बिहान उठ्ने बित्तिकै खाली पेटमा मूलाको रस खानाले केही दिनमानै पिलियो रोगबाट छुटकारा पाउन सकिन्छ । खान मन नलागेको बेला यसको गेडालाई भुटेर अचार बनाएर खाएमा खानमा रुचि हुन्छ ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology