• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृ त्यु हुनेको सङ्ख्या १८० पुग्यो 

इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृ त्यु हुनेको सङ्ख्या १८० पुग्यो 

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार १३:२४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 120
    SHARES
  • जाकार्ता २६ चैत - इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृ त्यु हुनेको सङ्ख्या १८० भन्दा बढी भएको बिहीबार जानकारी दिइएको छ । जाकार्ताका सरकारी अधिकारीहरुले जनाएअनुसार यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् । यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले जानकारी दिएका  थिए । 

    यस प्रकोपबाट इन्डोनेसियामा १४० र इस्ट टिमोरमा ३७ जनाको मृ त्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले बिहीबार बिहान बताएका छन् । उनका अनुसार इस्ट टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृ त्यु भएको बताइएको छ । उता इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले जानकारी दिएका छन् । 

    बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको बताइएको छ  । वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुका बाढी र पहिरोको प्रकोपले सताउने सामान्य जस्तो नै भएको पाइन्छ । गत जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ शहरमा आएको बाढीका परी कम्तीका ४० व्यक्तिको मृ त्यु भएको थियो । इन्डोनेसियाको १२ करोड ५० लाख अर्थात देशको लगभग आधा जनसंख्या पहिरोको जोखिम रहेको क्षेत्रमा बस्ने गरेका पनि समाचारमा जनाइएको छ । (रासस÷एएफपी) 

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com