काठमाडौं २६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस प्रतिपक्षी दल भएकाले सत्ता सहयोगी सुन नमिल्ने बताएका छन् । हिजो एक कार्यक्रम मार्फत नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।आफ्नै पार्टी धेरै ठाउँमा चुकेकोले अगामी चुनाव जित्ने हो भने कांग्रेसले प्रतिपक्षीको भुमिका राम्ररी खेल्नुपर्नेमा नेता पौडेलको तर्क रहेको छ ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको नेतृत्वको चुनावमा कोही पनि जान चाहदैन । ओली रुखो, अहंकारी र आफ्नो लागि मात्र काम गर्ने भएकाले ओलीको नेतृत्वमा चुनाव निश्पक्षता हुँदैन भन्ने आफ्नो पार्टीलाई विश्वास नभएको नेता पौडेलको दावी रहेको छ । तिन वर्षको कार्यकालमा ओलीले मधेसीको मुद्धामा काम गर्न नसकेको बताएका पौडेलले यस्तो गुटको भेला गर्ने ओलीले आफ्नो माग पुरा हुन्छ भनेर सजपाका नेता महन्थ ठाकुरले किन विश्वास गरेको प्रति आफु आश्चर्यमा परेको समेत नेता पौडेलले बताए ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology