• २०७८, बैशाख २३ गते बिहिवार

ताजा अपडेट

NC calls PP meeting for May 8

१ घण्टा अगाडि

Prominent singer Pradhan passes away at 84

१ घण्टा अगाडि

ट्रेन्डिङ

images

 ओली–ठाकुरबीच निकटता, आगामी चुनावमा सहयात्रासम्म जानसक्ने

 ओली–ठाकुरबीच निकटता, आगामी चुनावमा सहयात्रासम्म जानसक्ने

  • ओएसनेपाल
  • चैत्र २९, २०७७ आइतवार ०७:११ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 212
    SHARES
  • काठमाडौं । कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी ९जसपा० को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ। ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा भएको जसपाका नेताहरू बताउँछन्।

    ठाकुरनिकट नेताहरू प्रधानमन्त्री र ओलीबीचको निकटता आगामी चुनाव र सत्ता सहयात्रासम्म जान सक्ने बताउँछन्।‘पोहोर फागुनमा प्रधानमन्त्री ओली महाराजगन्जस्थित मनमोहन अस्पतालमा भर्ना भएको बेलादेखि नै ओली र ठाकुरबीच निकटता बढेको हो,’ ठाकुरनिकट एक नेताले भने, ‘प्रधानमन्त्री मनमोहनमा भर्ना भएको बेला ठाकुरजी भेट्न जानुभएको थियो। त्यतिखेर प्रधानमन्त्रीज्यूले सन्चो भए माग पूरा गर्ने आश्वासन गर्दै विश्वास गर्न आग्रह गर्नुभएको थियो।त्यसपछि ठाकुरजी प्रधानमन्त्रीप्रति आशावादी देखिनुभएको हो ।’

    मनमोहन अस्पतालबाट डिस्चार्ज भएपछि पनि प्रधानमन्त्री र ठाकुरबीच बारम्बार भेटघाट र कुराकानी हुने गरेको ठाकुरनिकट स्रोतको भनाइ छ। यो भेटघाट कहिले एक्लाएक्लै र कहिले संयुक्त हुने गरेको छ।‘मधेस आन्दोलन ठाकुरजीको अगुवाइ र नेतृत्वमा भएको हो।त्यसैले आन्दोलनका बेला बन्दी बनाइएकाहरूको रिहाइ र मुद्दा फिर्ताका लागि पहल गर्ने जिम्मेवारी पनि ठाकुरजीकै काँधमा छ,’   नागरिक दैनिकमा छापिएको छ ।

    जसपाका ठाकुरनिकट नेता डा। सुरेन्द्र झा भन्छन्, ‘प्रधानमन्त्रीले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री र ठाकुरबीच निकटता बढ्दै गएको हो ।’ प्रधानमन्त्रीले ठाकुरलाई सरकारको नेतृत्व गर्नसम्मको प्रस्ताव गरेको झाले दाबी गरे।‘प्रधानमन्त्रीले ठाकुरसँग सरकारको नेतृत्व गर्ने अवस्था आउन सक्नेसम्म भन्नुभएको छ,’ उनले भने, ‘यस्तो प्रस्ताव अन्य पार्टीबाट आएको छैन ।’

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com