• २०७८, बैशाख २३ गते बिहिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

कोरोनाको नयाँ स्वरुपबाट बालबालिका उच्च जोखिममा

कोरोनाको नयाँ स्वरुपबाट बालबालिका उच्च जोखिममा

  • ओएसनेपाल
  • चैत्र २९, २०७७ आइतवार ०७:५७ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 230
    SHARES
  • काठमाडौं । नेपालमा कोरोनाको नयाँ स्वरुपको संक्रमण बालबालिकामा उच्च देखिएको छ । एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक हप्तामा दैनिक १५ प्रतिशतसम्म संक्रमण दर पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।शनिबार अर्थात २८ चैतमा तीन सय ३७ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका छन् । यो कुल संक्रमणको १५ दशमलव चार प्रतिशत हो ।

    २७ चैतमा दुई सय ८८ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसमध्ये ३४ जना १८ वर्षभन्दा मुनिका बालबालिका छन् । यो कुल संक्रमणको ११ दशमलव ८ प्रतिशत हो । २६ चैतमा ३ सय ३२ जनामा कोरोना पाजेटिभ हुँदा १५ दशमलव ३६ प्रतिशत अर्थात ५१ जना बालबालिका छन् ।यसबाहेक २५ चैतमा दुई सय ९८ जना संक्रमित भेटिएका थिए । त्यस दिन आठ दशमलव ३९ प्रतिशत अर्थात् २५ जना बालबालिका छन् ।

    त्यसको अघिल्लो दिन २४ चैतमा दुई सय ६० जनामा कोरोना पुष्टि हुँदा २६ जना बालबालिका थिए । यो कुल संक्रमणको १० प्रतिशत हो ।त्यसअगाडि २३ चैतमा दुई सय ६६ जनामा कोरोना पजिटिभ देखिँदा ६ दशमलव ०१ प्रतिशत अर्थात १६ जना बालबालिका थिए ।

    यसबाहेक २२ चैतमा एक सय ७६ जना कोरोना संक्रमित भएकोमा सात दशमलव ९५ अर्थात १४ जना बालबालिका छन् ।यता २१ चैतमा एक सय २८ जनामा कोरोना पुष्टि हुँदा आठ दशमलव ८९ प्रतिशत अर्थात ११ जना बालबालिका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समीर अधिकारीका अनुसार कोरोनाको दोस्रो लहरमा धेरै बालबालिका संक्रमित भएका छन् । नयाँ पत्रिकामा खबर छ । 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com