महानायक राजेश हमाल आजभोली म्युजिक भिडियो तिर व्यस्त हुन थालेका छन । उनी अभिनित भिडियोहरुले आजभोली निकै नै चर्चा पाउन थालेका छन ।प्राय माया पिरती र रोमान्टिक भिडियोमा देखा पर्ने महानायक यसपालि बने अली भिन्न शैलीको भिडियोमा देखा परेका छन ।
लगभग एक दशक अघि महानायक राजेश हमाल अभिनित नेपाली चलचित्र साथीले निकै चर्चा पाएको थियो । हालै उनी अभिनित साथी बोल रहेको गीत सार्वजनिक भएको छ । भिडियोमा उनी आफु भन्दा निकै नै साना भाईसंग साथीका रुपमा देखा परेका छन ।
चर्चित गायक टंक बुढाथोकीको शब्द संगीत रहेको छ भने उनीसंगै डि एस् ए स्टार २०१९ का बिजेता प्रसुन जङ पोखरेलको स्वर रहेको छ । कालिञ्चोकको मनोरम द्रिश्य समेटिएको गीतमा महानायक हमालले को हो तिम्रो साथी? भन्दै प्रश्न गर्छन् भने गायक तथा अभिनय समेत गरेका प्रसुनले प्रतिउत्तरमा 'मेरो आमाबुवा मेरो साथी' भन्न्ने उत्तर दिन्छन ।
गीतलाई समष्टिगत रुपमा एउटा सन्तानको आमाबाबु प्रति कस्तो सोच हुनुपर्छ भन्ने देखाईएको छ । यसरी एउटा सन्देशमुलक गीतले सबै उमेर समुहका व्यक्ती र विशेष गरी आज भोलीका गीतमा प्राय हुने माया प्रेमक गीत भन्दा केही फरक भएको महानायक हमाल, गायक बुढाथोकी र प्रसुन लगायत भिडियो निर्माण टिमको भनाइ रहेको छ ।
परिवर्तन इभेन्ट हाउसको प्रस्तुति रहेको भिडियोलाई पहिलोचोटि भिडियो निर्देशकका रुपमा डेब्यु गर्दै सञ्चारकर्मी तथा कुशल उद्घोषक राज बाराईलीले निर्देशन गरेका छन भने भिडियो कन्सेप्ट परिवर्तन इभेन्ट हाउसकि प्रेसिडेन्ट सोनिया जि आरको रहेको छ ।
त्यस्तै भिडियोलाई मुख्य रुपमा डाबर च्यवनप्रास र रियल जुसले प्रायोजन गरेको छ भने हस्पिट्यालिटी पार्टनर कालिञ्चोक होटेल, अब्रोड स्टडी पार्टनर ग्रेस इन्टरनेशनल, वोर्ड्रब पार्टनर ओरिजिन, ब्राइट फ्युचर सेकेण्डरी स्कुल, कालिञ्चोक दर्शनले विशेष सहयोग गरेको छ ।
गीतमा गायक तथा संगीतकार टंक बुढाथोकी तथा सन्जिव सुब्बाको एरेन्ज रहेको छ ।गीतको भिडियोलाई गायक टंक बुढाथोकीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गएरिएको छ ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology