• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

भोलिदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउने, ४८ खोप केन्द्र तोकिए

भोलिदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउने, ४८ खोप केन्द्र तोकिए

  • ओएसनेपाल
  • फाल्गुण २२, २०७७ शनिवार ०९:०१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 240
    SHARES
  • बैतडी, २२ फागुन -पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई यही फागुन २३ गतेदेखि कोरोना  विरुद्धको खोप लगाइने भएको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा  जिल्लाका पाँच स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको हो । ती स्थानीय तहका प्रत्येक वडामा गरी ४८ खोपकेन्द्र तोकिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । 

    यही फागुन २७ गतेसम्म सञ्चालन हुने अभियानमा खोप लगाउन आउने व्यक्तिले उमेर खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्नेछ । दश स्थानीय तहमध्ये चिकित्सक भएका पाँच स्थानीय तहमा मात्रै हाल खोप अभियान सञ्चालन गरिन लागिएको प्रमुख भट्टले बताउनुभयो । दशरथचन्द, पाटन, पुर्चौडी र मैलोली नगरपालिका तथा दोगडाकेदार गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । उहाँले भन्नुभयो, “खोप लगाइसकेपछि हुनसक्ने आवाञ्छित घटना व्यवस्थापन लागि चिकित्सकसहित मेडिकल टोली भएको स्थानीय तहमा अभियान सञ्चालन गर्दैछौँ ।”

    हाल जिल्लामा १३ हजार डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि जिल्लामा दुई हजार ७०० बढीलाई कोरोनाविरुद्धको खोप लगाइसकेको छ ।  खोप लगाउने प्राथमिकताको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिएका कर्मचारी र दोस्रो चरणमा पत्रकार, कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधिलगायतलाई खोप लगाइएको थियो ।    पहिलो चरणका लागि जिल्ला अस्पतालमा मात्रै एउटा मात्रै खोप केन्द्र तोकिएको थियो भने दोस्रो चरणमा पाँच खोपकेन्द्र तोकिएका थिए । यसैबीच पहिलो चरणमा पहिलो डोज लगाएकालाई दोस्रो डोज वैशाख ७ गते र दोस्रो चरणमा खोप लगाएकालाई जेठ ९ गतेदेखि दोस्रो डोज दिइने जनाइएको छ ।  (रासस) 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com