• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

नेकपा ओली समुहको संसदीय दलको बैठक आज,  संसदीय दलको बैठकमा बामदेव जालान् ?

नेकपा ओली समुहको संसदीय दलको बैठक आज,  संसदीय दलको बैठकमा बामदेव जालान् ?

  • ओएसनेपाल
  • फाल्गुण २२, २०७७ शनिवार ०९:३७ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 436
    SHARES
  • काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेकपाको संसदीय दलको बैठक शनिबार (आज) बस्ने भएको छ । प्रधानमन्त्री ओली समूहका सांसदको बैठक बालुवाटारमा बस्ने छ । शुक्रबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ । दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ । यसैबीच, प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई शनिबार बस्ने आफ्नो समुहको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन् ।

    भैसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका हुन् । नेकपा विभाजनमा गौतम कुनै समूहमा पनि लागेका छैनन् । उनी पार्टी एकताको अभियान चलाइरहेका छन् । नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सांसदको मत लिनुपर्छ । नेकपामा प्रतिनिधि सभामा हाल सभामुख सहित १ सय ७३ सांसद छन् । त्यसैगरि राष्ट्रिय सभामा अध्यक्षसहित ५० सस्दय छन् ।

    kp oli bamdev gautam.jpg

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com