कठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको तारिफमा एउटा ट्विट गरेका छन् । शुक्रबार साँझ ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमाष्लले ट्वीट गर्दै भनेका छन् डा, सिके राउतसंगको सहमति, लिपुलेख - लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा प्रकाशन र विप्लव नेतृत्वको नेकपासँग सहमति ओलीका महत्तवपूर्ण राजनीतिक कदम भएको उनले उल्लेख गरेका छन् ।
रिमालले ओलीको तारिफ गर्दै अगाडी लेख्छन् ओलीले डा, सिके राउतसंगको सहमतिपछि पृथकतावादी अभियानको अन्त्य भएको दाबी गर्दै प्रधानमन्त्री ओलीको ऐतिहासिक कदमको भएको बताएका छन् । त्यस्तै लिपुलेख - लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा प्रकाशनला र विप्लव नेतृत्वको नेकपासँग सहमति गरि शान्तिपूर्ण राजनीतिमा ल्याउनुलाई अर्का दुई ऐतिहासिक कदम भएको दाबी गरेका छन् ।
यो पनि : नेकपा ओली समुहको संसदीय दलको बैठक आज बालुवाटारमा बस्ने, संसदीय दलको बैठकमा बामदेव जालान् ? :-
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेकपाको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । प्रधानमन्त्री ओली समूहका सांसदको बैठक बालुवाटारमा बस्ने छ । शुक्रबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ ।
दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ । यसैबीच, प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई शनिबार बस्ने आफ्नो समुहको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन् ।भैसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका हुन् । नेकपा विभाजनमा गौतम कुनै समूहमा पनि लागेका छैनन् । उनी पार्टी एकताको अभियान चलाइरहेका छन् । नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सांसदको मत लिनुपर्छ । नेकपामा प्रतिनिधि सभामा हाल सभामुख सहित १ सय ७३ सांसद छन् । त्यसैगरि राष्ट्रिय सभामा अध्यक्षसहित ५० सस्दय छन् ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology