• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

चलचित्र ‘भारत’ बाट दर्शकको असाध्दै माया पाएकी सुन्दरी नायिका कैटरिना कैफले सार्वजनिक गरेका तस्विरले पायो चर्चा

चलचित्र ‘भारत’ बाट दर्शकको असाध्दै माया पाएकी सुन्दरी नायिका कैटरिना कैफले सार्वजनिक गरेका तस्विरले पायो चर्चा

  • ओएसनेपाल
  • फाल्गुण २२, २०७७ शनिवार १२:१३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < २ मिनेट
  • 1.2K
    SHARES
  • एजेन्सी  बलिउड चर्चित अभिनेत्री क्याटरीना कैफलले फिल्म ‘भारत’ बाट दर्शकको असाध्दै माया पाएकी छिन् । सुन्दरी नायिका भनेर चिनिने् कैफ बेलाबेलामा चर्चामा आउने गर्दछिन्
     
    ।उनि मेकअप विना पनि उतिकै सुन्दरी देखिने गर्दछिन् । दर्जनौ फिल्ममा अभिनय गरेर चर्चा बटुल्न सफल उनि अहिलेकी व्यस्त नायिका हुन् । फिल्मले क्याटरीनाको करिअरलाई थप फाइदा पु–याएको छ ।
     
    सामाजिक सँजालमा पनि उतिकै सक्रिय क्याटरीनाले बेला मौकामा आफ्ना सुन्दर तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । तस्विरहरु शेयर गर्ने क्रममा उनले यतिबेला पनि आफ्ना बिना मेकअपका तस्विरहरु शेयर गरेकी छिन् । विना मेकअप अभिनेत्रीलाई देख्दा उनीहरुका फ्यान भने उनीहरुको सुन्दरताको तारिफ गर्छन्।

    केही दिन अगाडि चर्चित अभिनेत्री कैटरिना कैफ बिना मेकअप विमानस्थलमा देखिइन्।अभिनयका कारण चर्चामा रहने क्याटरीना आफ्नो बोल्ड तस्विरका कारण पनि चर्चामा आउने गर्दछिन् । यी हुन् क्याटरीनाका विना मेकप तस्विरहरु जसलाई उनका फ्यानले अत्याधिक मन पराएका छन् ।

    यो पनि पढ्नुहोस्:स्मृति अक्षय कोषका लागि सहयोग-धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग घोषणा गर्नुभएको छ । नगर प्रमुख वडले आफ्नो जन्मदिनको अवसरमा रु ११ हजार १११ सहयोगको घोषणा गर्नुभएको हो ।

    नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्व तेजबहादुर खड्का ९तेजु० को स्मृतिमा स्थापना गरिएको यस कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् । हालसम्म कोष स्थापनाका लागि रु डेढ लाख बढी रकम सङ्कलन भएको शाखाका सचिव पवन महराले जानकारी दिनुभयो ।

    प्रेस युनियनले स्व पत्रकार खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । पत्रकार खड्का बाजुराको बूढीनन्दा धार्मिक तथा पर्यटकीयस्थलको रिपोर्टिङ गरेर फर्किने क्रममा बेपत्ता हुनुभएका थिए । बेपत्ता भएका खड्काको तीन वर्षपछि मात्रै कङ्काल भेटिएको थियो । डिएनए र घटनास्थलमा भेटिएका सामग्रीको आधारमा उहाँको मृत्यु भएको पुष्टि भएको थियो । स्व पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत हुनुहुन्थ्यो ।

    नगरसभामा तीन विधेयक पारित

    धनगढी उपमहानगरपालिकाको शुक्रबार सम्पन्न छैटौँ नगरसभामा तीनवटा विधेयक पारित भएको छ । सभाले ९न्यायिक समिति कार्यविधि० ऐन २०७४ को पहिलो संशोधन २०७७, धनगढी उपमहानगरपालिका स्वास्थ्यसम्बन्धी ऐन २०७७ र धनगढी उपमहानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणसम्बन्धी ऐन २०६६ को विधेयक पारित गरेको हो । 

    नगरप्रमुख वडले आफूहरु निर्वाचित भएर आएपछि १४ ऐन, चार नियमावली, ३२ कार्यविधि, तीन निर्देशिका र दुई आचारसंहिता गरेर ५५ कानून निर्माण गरेको जानकारी दिनुभयो । उहाँले १९ वडा कार्यालयमध्ये १६ वडाको आफ्नै कार्यालय भवन निर्माण, तीन स्वास्थ्य संस्थाबाट १० वडामा नगर स्वास्थ्य केन्द्र स्थापनालगायतका पूर्वाधार विकासले गति लिएको बताउनुभयो । सभामा वडले २७ विद्यालय भवन तथा शौचालय निर्माण गरिएको तथा धनगढीको बेहडाबाबा, जाखोरताल, शिवपुरीधामलगायतका धार्मिक पर्यटकीय ठाउँको गुरुयोजनाअनुसार काम भइरहेको पनि जानकारी दिनुभयो । 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com