काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई लाग्दै आएको एउटै आरोप सँधै पद चाहिने ? प्रमको पद पाए दौडिहाल्ने ? भन्ने हो । तर आज आएर उनी आँफैले आँफु हालको वर्तमान अवस्थामा प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमोचन समारोहमा बोल्दै उनले मलाई प्रधानमन्त्री हुने चाहना नै छैन भनेर मुख खोलेका छन् ।
काँग्रेसमा सरकार जाने कि नजाने भन्ने विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको बताउँदै प्रचण्ड र माधव नेपाल समुहलाई पनि देउवाले आफ्ना बारेमा प्रस्ट पारेका छन् । देउवाले अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्न नुहनेमा आफू सुरुदेखि नै स्पष्ट रहेको पनि सो अवसरमा उल्लेख गरेका छन् ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology