• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

 राष्ट्रपति भण्डारीले तेजाब आ'क्र'मणमा परेकी पिडित  मुस्कानलाई  बधाई दिदै अमेरिकी सरकारको पनि गरिन प्रशंसा

 राष्ट्रपति भण्डारीले तेजाब आ'क्र'मणमा परेकी पिडित  मुस्कानलाई  बधाई दिदै अमेरिकी सरकारको पनि गरिन प्रशंसा

  • ओएसनेपाल
  • फाल्गुण २२, २०७७ शनिवार १३:२३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 809
    SHARES
  •  काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई ते'जा'ब आ'क्र'मण'विरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा बधाई दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज अपराह्न ट्वीट गरी खातुनले तेजाब आ'क्र'मणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद   दिनुभएको छ । 

    यो पनि पढ्नुहोस्:किशोरीलाई आत्मरक्षा तालीम-पछिल्लो समय देशमा महिला हिंसाका घटना बढिरहेकाले कैलालीको गौरीगङ्गा नगरपालिकाले किशोरी आत्मरक्षा तालीम सञ्चालन गरेको छ । नगरपालिकाले शुक्रबारदेखि तीन माध्यमिक विद्यालयमा एकैसाथ शुरु गरेको तालीममा सक्षम छोरी अभियानले सहजीकरण गरिरहेको छ । यस प्रकारको तालीमले समाजमा हुने महिला हिंसामा कमी आउनाका साथै महिला तथा किशोरीको आत्मविश्वास बढ्दा उनीहरू समाजका हरेक स्थानमा पहुँच बढाउन सफल हुने भएकाले  तालीम आवश्यक रहेको सक्षम छोरी अभियानका सहजकर्ता शिवराज रिमालले बताउनुभयो । 

    आत्मरक्षा तालीमबाट किशोरीहरू निकै उत्साहित देखिन्छन् । आफूहरूमाथि समाजमा विभिन्न किसिमका हिंसा हुने गरेकामा तालीमबाट त्यस्ता हिंसाको प्रतिकार गर्न सिकेकाले आफूले आफूलाई सुरक्षित महसुस गरेको सहभागी दिलमाया राना मगरले बताउनुभयो । 
     नगरपालिका उपप्रमुख अञ्चला चौधरीले किशोरी तथा महिलामाथि नजीकैको वा आफन्तैबाट नजानिँदो पाराले दुव्र्यवहार तथा हिंसा हुने गरेका कारण आत्मरक्षा तालीमले शुुरुमा उनीहरूलाई गलत छुवाइ र त्यस्ता किसिमका हिंसाबाट बच्न सिकाउने बताउनुभयो । 
    पालिकाले वडा नम्बर ८ स्थित जनप्रिय माध्यमिक, वडा नम्बर ४ स्थित कालिका माध्यमिक र वडा नम्बर १ स्थित मालिका माध्यमिक विद्यालयमा गरी १५० किशोरीलाई सहभागी गराई तालीम शुरु गरिएको हो ।
    (((

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com