• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

प्रमोद खरेलको आवाजमा 'म भन्दा नि २' को अफिसियल भिडियो सार्वजनिक

प्रमोद खरेलको आवाजमा 'म भन्दा नि २' को अफिसियल भिडियो सार्वजनिक

  • ओएसनेपाल
  • फाल्गुण २२, २०७७ शनिवार १३:२९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 396
    SHARES
  • काठमाडौं- चर्चित गीत म भन्दा निको सफलतापछि तिमी बिना बांच्दिन म भन्ने तिमी  (म भन्दा नि २)  केहि समयअघि सार्वजनिक भयो । जसको पहिलो अनि दोश्रो भागलाई नै गाएकी थिइन् अहिलेकी चर्चित अनि सुमधुर स्वरकी धनि मेलिना राईले । अफिसियल भिडियो विनानै सार्वजनिक गरिएको म भन्दा निको पहिलो गीतलाई युट्युबको अफिसियल च्यानलमा एक करोड ४५  लाख भ्युज आईसकेको छ भने दोश्रो भाग पनि ८२  लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् ।

    Sequence 02.00_04_52_10.Still008.jpg

    धेरै श्रोता दर्शकले म भन्दा नि २ लाई तिमी विना बाच्दिँन म भन्ने तिमी बोलबाट पनि चिन्छन् कारण गीत सार्वजनिक भएलगत्तै गीतको तिमी विना बाच्दिँन म भन्ने भाग टिकटकमा भाईरल भयो । नाम चलेका कलाकारदेखि हजारँौले यो गीतमा टिकटक भिडियो बनाए ।

    mabhandani2timibinabachdinaofficialthumbnail.jpg

    भिडियोमा आएका अधिकांश कमेन्टहरु सकारात्मक रहेका छन् । पहिलो भागमा पुरुष भर्जनको गाएकी सविन लिम्बुको रहेको थियो जसको भ्युज पनि ४०  लाख भन्दा बढी रहको छ । दाश्रो भाग तिमी बिना बाच्दिन म भन्ने तिमी   मेलिना राईको स्वरमा सार्वजनिक भएलगत्तै  धेरै श्रोता दर्शकले म भन्दा नि २ पुरुष आवाजमा पनि सुन्न चाहेका थिए ।

    धेरै श्रोता दर्शकले प्रमोद खरेलको आवाजमा सो गीत सुन्न चाहेको कमेन्टमा चाहना राखेको थिए । सोही अनुरुप प्रमोद खरेलको आवाजमा म भन्दा नि २ बजारमा आएको छ । जसमा शव्द, संगीत, एरेञ्ज राज कुमारको रहेका छ भने रेकर्डिङ अजय सिंह कार्की अनि मिक्सिङ चन्द्र चौधरीको रहेको छ ।

    अकष्टिक नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई एक्का कम्पनीको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ । सिआरबिटी , पिआरबिटी राख्न चाहने दर्शक, श्रोताहरुको लागि गीतसँगै एनटिसी, एलसेल र स्मार्ट सेलका नम्बरहरु पनि उपलव्ध गराइएको  छ ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com