• २०७७, चैत्र २९ गते आइतवार

ताजा अपडेट

ट्रेन्डिङ

images

फर्निचर उद्योगमा  भीषण आगलागी,सामानहरु जलेर नष्ट 

फर्निचर उद्योगमा  भीषण आगलागी,सामानहरु जलेर नष्ट 

  • ओएसनेपाल
  • फाल्गुण २२, २०७७ शनिवार १७:१५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 342
    SHARES
  • कैलाली, २२ फागुन - धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा  भीषण आगलागी भएको छ ।चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर उद्योगमा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल तथा एउटा स्काभेटरका सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले झण्डै दुई घण्टापछि आगो नियन्त्रणमा  लिएका थिए । 

    आगलागीबाट करोडभन्दा बढीको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् । सञ्चालकका अनुसार उद्योगमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण र कारण खुल्न भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com