अक्षय कुमार अब मलायम फिल्म ‘ड्राइविंग लाइसेन्स’ को हिन्दी रिमेकमा देखिदै — OSNepal

अक्षय कुमार अब मलायम फिल्म ‘ड्राइविंग लाइसेन्स’ को हिन्दी रिमेकमा देखिदै

LC (KTM) September 30, 2021 0

बलिउडका चर्चित नायक अक्षय कुमार हिन्दी रिमेक फिल्म खेल्न र बनाउनमा एकदमै माहिर रहेका छन् । अब यिनै बलिउडका खेलाडी नायकले एक नयाँ फिल्म निर्माण गर्ने भएका छन् । उनले सन् २०२२ मा मलयालम फिल्म ‘ड्राइविंग लाइसेन्स’ को हिन्दी रिमेक बनाउन लागेको बताएका छन् ।

२०२२ मा जनवरीमा फिल्मको सुटिङ युकेबाट हुने निर्माण पक्षले जानकारी दिएको छ । करण जोहरको धर्मा प्रोडक्शनमा बन्ने यो फिल्ममा अक्षय कुमारको साथमा बलिउडका अर्का चलेका नायक इमरान हाशमीको पनि रहने भएका छन् ।

अक्षय कुमार संगै गुड न्युज फिल्म निर्देशन गरेका निर्देशक राज मेहताले यस फिल्मको निर्देशन गर्ने पक्का भएको छ । ड्राइविंग लाइसेन्स’ को मलायम भर्सनमा पृथ्वीराजले अभिनय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर