कोरोना सङ्क्रमित आउन छाडेपछि खाली भए आइसोलेशन — OSNepal

कोरोना सङ्क्रमित आउन छाडेपछि खाली भए आइसोलेशन

LC (KTM) September 28, 2021 0

चितवन, १२ असोज-जिल्लाका सात पालिकाले सञ्चालन गरेको आइसोलेशनमा कोरोना सङ्क्रमित आउन छाडेपछि खाली भएका छन् । यहाँका पालिकाले गत चैतदेखि सञ्चालनमा ल्याएको आइसोलेशनमा अहिले बिरामीको सङ्ख्या शून्य भएसँगै आइसोलेन खाली भएका हुन् ।कोरोना सङ्क्रमण दर बढ्दै जाँदा गत जेठ र असारमा ती आइसोलेसनमा दैनिक ५० भन्दाबढी बिरामीको उपचार गराइएको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लाका सात पालिकामा १२५ श्ययाको आइसोलेशन स्थापना गरिएको थियो ।

भरतपुर महानगरपाकिलामा ३०, माडी नगरपालिकामा– १०, खैरहनी नगरपालिकामा–२०, राप्ती नगरपालिकामा–२०, कालिका नगरपालिकामा–१२ रत्ननगर नगरपालिकामा–आठ र इच्छाकामना गाउँपालिकामा २५ श्ययाको आइसोलेशन सञ्चालनमा ल्याइएको थियो । विगत केही समयदेखि राप्ती र खैरहनीकोे आइसोलेशनमा बिरामीको सङ्ख्या शून्य हुँदैआएकामा अहिले सबै आइसोलेशनमा बिरामीको सङ्ख्या शून्य भएको हो ।

जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले गत फागुनमा सबै स्थानीय तहलाई आइसोलेशन स्थापनाका लागि अनुरोध गरेकामा सोहीअनुसार सञ्चालनमा आएको आइसोलेशन अहिले बिरामी शून्य भएपछि सञ्चालनमा आउन सकेका छैनन् । “सञ्चालनमा नआए पनि बिरामी बढ्दै गए त्यहाँ राख्न सकिने छ,” उहाँले भन्नुभयो, “आइसोलेशन बन्द गरिएको छैन । अहिले सञ्चालनमा मात्र नल्याइएको हो ।”

कतिपय आइसोलेशन अस्पतालमा नै सञ्चालन भइरहेकाले आवश्यकतानुसार सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५६० रहेकामा ५२१ होम आइसोलेशनमा छन् भने ३९ अस्पतालमा उपचाररत छन् । जिल्लामा हालसम्म २५ हजार ८२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४१२ को मृत्यु भइसकेको छ भने २४ हजार ८५३ निको भएर घर फर्किसकेका छन् । यहाँका अस्पतालमा अहिले ५२ सङ्क्रमितको उपचार भइरहेको छ । यहाँका अस्पतामा ५९२ श्यया कोभिडका बिरामीको लागि छुट्याइएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर