प्रमोद खरेल आफ्नो कन्सर्टको भिडमा च्यापिएर घाइते भएका परिवारलाई भेट्न अस्पताल नै पुगे — OSNepal

प्रमोद खरेल आफ्नो कन्सर्टको भिडमा च्यापिएर घाइते भएका परिवारलाई भेट्न अस्पताल नै पुगे

LC (KTM) January 31, 2023 0

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको धनकुटामा आयोजनामा भएको कन्सर्टमा भिडभाडमा च्यापरीएर घाइते भएकाहरुलाई अस्पतालमा पुगेर भेटेका छन् । गायक खरेल च्यापरीर घाइते भएकाहरुलाई भेट्न विराटनगरस्थित गोल्डेन अस्पताल पुगेका हुन्।

घाइतेहरुलाई भेटेपछि घाइते परिवारसंगको तस्विर पोस्ट गर्दै गायक खरेलले फेसबुकमा लेखेका छन् ‘सपरिवार तपाइको कार्यक्रम हेर्न आएका थियौं’ भन्दा झन भावुक बनायो, चिकित्सक साथीहरूको मेहनत, भगवानको आशिर्बाद तथा सबैको शुभेच्छाले बाबु लाइ चॉडै ठिक होस् । उपचार प्रक्रियामा निरन्तर सम्पर्कमा रहेका छु।’

गायक खरेलको कन्सर्ट भएको कार्यक्रमस्थलमा अनियन्त्रित भीडमा च्यापिएर घाइते भएका ३० जनामध्ये १६ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र २ जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार जारी छ ।

घाइतेमध्ये १२ जना भने धनकुटा अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् । कार्यक्रम धनकुटा नगरपालिका ६ स्थित तल्लो टुँडिखेलमा कार्यक्रमको आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर