प्रियंका कार्की अरु नायिकाभन्दा एक कदम अगाडी ! — OSNepal

प्रियंका कार्की अरु नायिकाभन्दा एक कदम अगाडी !

LC (KTM) February 20, 2023 0

काठमाडौँ । सुन्दरी नायिका प्रियंका कार्की आमा बनेपछि पनि अभिनयमा व्यस्त बन्न थालेकी छिन् । प्रियंकाका दुई फिल्म लक्का जवान र ‘चिँ मुसी चिँ’ फ्ल्प नै भए । अहिले आएर उनलाई फिल्म ‘फूलबारी’ को आशा छ । फागुन ५ मा रिलिज हुँदै छ। यो फिल्ममा प्रियंकालाई दयाहाङ राईले पर्दामा साथ दिएका छन्।

पछिल्लो समय दयाका केही फिल्मलाई दर्शकले माया गरे। दयालाई माया गर्ने दर्शकका कारण पनि आफ्नो करिअर टर्न हुने आश प्रियंकाको छ। हालै सम्पन्न फिल्मको प्रिमियर कार्यक्रममा नायिका प्रियंका कार्कीको पहिरनले भने सबैलाई मोहनी नै लगायो ।

कार्यक्रममा फिल्मका २ नायिका प्रियंका र शिल्पा मास्के मात्र उपस्थित थिए । प्रियंकाले बिहे अगाडि पनि आफूलाई पहिरनको मामालामा सधै एक कदम अगाडि नै राख्दै आएकी सुन्दरी हुन् भने उनले अहिले पनि फरक तरिकाले धेरैको ध्यान खिच्न सफल भइन् ।

प्रिमियरमा उनको भिन्न शैलीको उपस्थितीले अझै पनि आफूमा पहिरनको सेन्स नगएको पुष्टी गरिन् । फिट शरिरमा उनले लगाएको आउटफिटले उनलाई अझै फिल्म क्षेत्रमा राज गर्ने हुटहुटी त छ नै तर उनको आशा गरेको फिल्मले दर्शकको माया पाउन के गर्ला भन्ने कुरा त फागुनको पहिलो हप्ता नै थाहा लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर