फुलबुट्टे सारी बोलको गीत पछि मदनकृष्ण श्रेष्ठको अर्काे धमकेदार गीत सुनको कचौरी सार्वजनिक — OSNepal

फुलबुट्टे सारी बोलको गीत पछि मदनकृष्ण श्रेष्ठको अर्काे धमकेदार गीत सुनको कचौरी सार्वजनिक

LC (KTM) September 18, 2021 0

एक समय मदनकृष्ण श्रेष्ठको स्वरमा सजिएको फुलबुट्टे सारी बोलको गीतले सबैतिर तहल्का नै पिट्यो । तिनै सुमधुर आवाजका धनी मदनकृष्ण श्रेष्ठको स्वरमा सजिएको अर्काे एकदमै मिठो गित सुनको कचौरी सार्वजनिक भएको छ ।

यस गितमा मदनकृष्ण श्रेष्ठलाई मिलन नेवारले साथ दिएकी छिन् । यस गीतको शब्द तथा संगीत दुबै अहिलेका चलेका गायक तथा संगीतकार राजनराज शिवाकोटीले गरेका छन् । यस गीतको म्युजिक संयोजनको काम भने राजन इशानले गरेका छन । यो गीतको म्युजिक भिडियो पनि उत्तिकै दमदार रहेको छ ।

राजेश पुमा राईको निर्देशनमा रहेको यस गीतको म्युजिक भिडियोमा मदनकृष्ण श्रेष्ठ स्यंमले अभिनय गरेका छन् भने उनलाई गौरी मल्लले साथ दिएकी छिन् । उत्सव दाहालको छायांकन रहेको यस गीतको भिडियो सम्पादन बिकास दाहालले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर