मलिका महत अभिनित फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक — OSNepal

मलिका महत अभिनित फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक

LC (KTM) July 12, 2022 0

काठमाडौं :

फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा बेपत्ता छोराको खोजीमा निस्किएको एक दम्पतीको कथा देखाउन खोजिएको छ । जसमा छोरा खोज्ने दम्पतीको भुमिकामा अनुप र मेनुका रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

ट्रेलरमा अनुप बराल, मेनुका प्रधानको अलवा मलिका महत र खगेन्द्र लामिछाने देखिएका छन् । फिल्मलाई अभिनेता खगेन्द्र लामिछाने ले नै निर्देशन गरेका हुन् । मञ्जुश्री प्रोडक्सनको निर्माण रहेको ‘पानीफोटो’ खगेन्द्रको निर्देशनमा डेब्यु फिल्म हो खगेन्द्रकै कथा रहेको फिल्म नाटक ‘पानीफोटो’ माथि बनेको हो ।

फिल्ममा अनुप, मेनुका, मलिका र खगेन्द्रको अलवा रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपालको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर