राजेश हमाल जस्तै देखिने नायक शितल केसी सम्मानित — OSNepal

राजेश हमाल जस्तै देखिने नायक शितल केसी सम्मानित

LC (KTM) September 09, 2021 0

काठमाडौं । राजेश हमाल जस्तै देखिने कलाकार, म्युजिक भिडियो तथा फिल्मका चर्चित नायक शितल केसीलाई कला क्षेत्रमा योगदान दिएको भन्दै सम्मान गरिएको छ ।काठमाडौंमा एक्टिभ इन्टरटेनमेन्ट प्रा.लिले गरेको कार्यक्रममा उनलाई ‘राष्ट्रिय कलाकार तथा सर्जक सम्मान २०७८’ बाट सम्मानित गरिएको हो ।

अर्घाखाँची को घुम्ती नरपानीमा जन्म भइ साधारण गाँउले जीवन बिताएका विद्यार्थी जीवनमै “हिरो” भनेर चिनिन्थे । चलचित्र जाल ,आफन्त को माया ,पापी संसार , मेरो राजेश दाइ लगाएत थुप्रै चलचित्रमा केसी ले दमदार अभिनय गरिसकेका छन । नायक शितल केसीले उक्त सम्मानबाट कलाकारिता संगै सामाजिक कार्यमा पनि थप उर्जा थपिएको बताएका छन ।

कार्यक्रममा केसी संगै गायक शिव परियार, गायिका वर्षा दास, निर्देशक देवेन्द्र पाण्डे लगायतका व्यक्तित्व लाई पूर्वशहरी विकास राज्यमन्त्री माहाविर मानन्धरले सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर