राजेश केसीको 'त्यो पनि थाहा छैन ' मा बिना र सरोज — OSNepal

राजेश केसीको ‘त्यो पनि थाहा छैन ‘ मा बिना र सरोज

LC (KTM) April 26, 2023 0

काठमाडौ । धेरै पहिला देखिनै निरन्तर पृथक स्वादका मिठा मिठा गीतसंगीत मार्फत नेपाली दर्शक स्रोतामाझ लोकप्रिय बन्दै आएका अस्ट्रेलिया निवासी युवा गायक राजेश के सीले आफ्नै शब्द ,संगीत र स्वरमा नयाँ गीत ‘त्यो पनि थाहा छैन ‘ सार्वजनिक गरेका छन्। देबेश राइको संगीत संयोजन रहेको गीतमा राजेशलाइ गायिका शशिका राइले भोकलमा साथमा दिएकी छिन।

पछिल्लो समयका चर्चित मोडेलहरु बिना राउत र सरोज प्रजाको अभिनय रहेको भिडियोमा मिलन शंकरको क्यामेरा, बिभोर पोखरेलको सम्पादन र निर्देशन रहेको छ। भिडियोलाई एसियन म्युजिकले बजारमा ल्याएको हो। लामो समयदेखि अस्ट्रेलियाको सिड्नीमा बस्दै आउनु भएका गायक राजेश के सीको करिब १ दर्जन भन्दा बढी हिट गीतहरु आइसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर